राजनिति

ओलीसहित ५ जनाको विदेश भ्रमण रोक लगाउन सम्बन्धित निकायमा सिफारिस गर्ने जाँचबुझ आयोगको निर्णय

ओलीसहित ५ जनाको विदेश भ्रमण रोक लगाउन सम्बन्धित निकायमा सिफारिस गर्ने जाँचबुझ आयोगको निर्णय

काठमाडौं । भाद्र २३ र २४ को घटना सम्बन्धी जाँचबुझ गर्न गठन भएको आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसहित ५ जनाको विदेश भ्रमण रोक लगाउन सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरको छ । आयोगको आज बसेको बैठकले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक, पूर्व गृह सचिव गोकर्णमणि दुवाडी, पूर्व राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल अनुसन्धानको दायरामा रहेको भन्दै उक्त निर्णय गरेको हो । बैठकपछि प्रेस विज्ञप्ती जारी गर्दै आयोगले भनेको छ, ‘घटनाहरुको छानविन तथा जाँचबुझको सिलसिलामा उक्त व्यक्तिहरु अनुसन्धानको दायरामा रहेको हुँदा निजहरुको विदेश भ्रमण रोक लगाउन आवश्यक कारवाही गर्नहुन…
Read More
कांग्रेसभित्र एकता र संगठन सुदृढीकरणतर्फ नयाँ मोड

कांग्रेसभित्र एकता र संगठन सुदृढीकरणतर्फ नयाँ मोड

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महत पछिल्ला दिनमा पार्टीभित्र बढ्दो असन्तुष्टि र गुटगत गतिविधिहरुलाई चिर्दै संगठनलाई बलियो बनाउन सक्रिय भएका छन् । यही क्रममा उनले काठमाडौं उपत्यका भित्र रहेका पार्टीका बहुसंख्यक केन्द्रीय सदस्यहरूसँग विशेष छलफल गरेका छन् । यसअघि नेपाल विद्यार्थी संघका पूर्व पदाधिकारी, कांग्रेस निकट बुद्धिजीवी र विभिन्न तहका नेताहरुसँग पनि निरन्तर संवादमा रहँदै आएका डा. महतले हालैको जेनेरेसन जी आन्दोलन, हस्ताक्षर अभियान र युवापुस्तामा देखिएको असन्तोषलाई सम्बोधन गर्ने उदेश्यले छलफललाई अघि बढाएको बताइएको छ । छलफलमा सहभागी केन्द्रीय सदस्यहरूले घाइते पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको स्वास्थ्य लाभको कामना गर्दै पार्टीलाई अनुशासन,…
Read More
अमेरिका–चीन सम्बन्ध विश्व शान्ति र समृद्धिका लागि महत्वपूर्ण: राष्ट्रपति सी

अमेरिका–चीन सम्बन्ध विश्व शान्ति र समृद्धिका लागि महत्वपूर्ण: राष्ट्रपति सी

काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङले चीन र अमेरिका मिलेर अघि बढे दुवै देश मात्र होइन, विश्व नै लाभान्वित हुने बताएका छन् । उनले आपसी सम्मान, शान्तिपूर्ण सहअस्तित्व र पारस्परिक फाइदामा आधारित सहकार्यमार्फत साझा समृद्धि हासिल गर्न सकिने उल्लेख गरेका हुन् ।शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फोन वार्ताका क्रममा राष्ट्रपति सीले द्विपक्षीय सम्बन्ध र साझा चासोका विषयमा खुला र गहिरो छलफल भएको जानकारी दिए । उनले विश्वयुद्धताका चीन र अमेरिका सहयात्री रहेको स्मरण गर्दै इतिहासलाई सम्झन, शान्तिलाई कदर गर्न र भविष्यतर्फ अघि बढ्न दुवै पक्षले मिलेर काम गर्नुपर्नेमा जोड दिए ।वार्तामा राष्ट्रपति सीले अमेरिका–चीन सम्बन्धको रणनीतिक महत्व औंल्याउँदै, हालै सम्पन्न…
Read More
आन्दोलनपछि मुख्यमन्त्री बानियाँ पहिलो पटक सार्वजनिक, क्षतिग्रस्त संरचनाको निरीक्षण

आन्दोलनपछि मुख्यमन्त्री बानियाँ पहिलो पटक सार्वजनिक, क्षतिग्रस्त संरचनाको निरीक्षण

मकवानपुर । जेनजी आन्दोलनको नौ दिनपछि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ पहिलोपटक सार्वजनिक रुपमा देखिएका छन् । गत भदौ २३ र २४ गतेको आन्दोलनपछि सुरक्षा कारण घरभित्र सीमित रहेका मुख्यमन्त्री बानियाँ बिहीबार तोडफोड र आगजनीबाट क्षतिग्रस्त प्रदेशका सरकारी तथा निजी संरचनाको निरीक्षणका लागि हेटौँडामा देखा परेका हुन् । मुख्यमन्त्री बानियाँले प्रदेशसभा सचिवालय, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, भाटभटेनी सुपर स्टोर लगायतका सरकारी तथा निजी निकायको अवलोकन गरेका थिए । आन्दोलनका क्रममा उनका निजी चार वटा घर र व्यवसाय प्रतिष्ठानमा क्षति पुगेपछि केही समय आन्तरिक व्यवस्थापनमा समय दिएका मुख्यमन्त्री बानियाँ मंगलबारदेखि…
Read More
पार्टी कार्यालयमै संविधान दिवस मनाउँदै एमाले

पार्टी कार्यालयमै संविधान दिवस मनाउँदै एमाले

काठमाडौं । नेकपा एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासलमा संविधान दिवस मनाउने भएको छ । कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरू सहभागी हुनेछन् । जेनजीको आन्दोलनपछि उनी पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिन लागेका हुन् । ओली बिहीबार मात्र सेनाको शिवपुरी ब्यारेकबाट भक्तपुर स्थित डेराको घरमा सरेका थिए । त्यसैले उनको सुरक्षालाई ध्यानमा राख्दै बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । जेनजी प्रदर्शनपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको हो । एमाले पार्टी कार्यालयमा ठूलो संख्यामा प्रहरी तैनाथ छ । कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरू सहभागी हुनेछन् ।
Read More
हाम्रो मूल कार्यभार निष्पक्ष निर्वाचन हो ः मन्त्री अर्याल

हाम्रो मूल कार्यभार निष्पक्ष निर्वाचन हो ः मन्त्री अर्याल

काठमाडौं । गृह एंव कानूनमन्त्री ओमप्रकाश अर्यालले निष्पक्ष निर्वाचनको लागि काम गर्ने मूल कार्यभार लिएर सरकार गठन भएको बताएका छन् । सोमबार सपथ ग्रहणपछि उनले तत्कालको अवस्थालाई सामान्यकरण गर्न प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषद्मा स्वतन्त्र पृष्ठभूमि रहेका सदस्यहरु राखेको भन्दै सबैको मूल कार्यभार निष्पक्ष निर्वाचन नै रहेको बताए । उनले भने, ‘प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषद्मा पनि स्वतन्त्र पृष्ठभूमि रहेका सदस्यहरु रहेर निष्पक्ष निर्वाचनको लागि काम गर्नुपर्ने मूल कार्यभार छ । यहीसँग सम्बन्धित रहेर सरकार गठन भएको हो । तत्कालको अवस्थालाई हेर्दा स्थिति सामान्यकरण गर्नुपर्ने छ । आन्दोलनमा सरिक भएर ज्यान गुमाउने पीडितहरु जो हुनुहुन्छ उहाँहरुलाई सहिद पनि घोषणा गरिएको छ ।’…
Read More
कांग्रेस सांसदहरूलाई आकस्मिक रूपमा संसदीय दलको कार्यालयमा बोलाईयो

कांग्रेस सांसदहरूलाई आकस्मिक रूपमा संसदीय दलको कार्यालयमा बोलाईयो

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना सांसदहरू आकस्मिक रूपमा संसदीय दलको कार्यालय सिंहदरबार बोलाएको छ । मंगलबार सांसदहरूलाई आकस्मिक रूपमा संसदीय दलको कार्यालयमा बोलाईएको काङ्ग्रेस सांसद सीता मिजारले जानकारी दिएकी छन् । उनले बैठकको विषय नखुलाइए पनि उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाअभियोग लगाउन हस्ताक्षरका लागि सांसदहरूलाई बोलाएको हुन सक्ने बताएकी छन् । सांसदहरूलाई १२ बजेभित्र दलको कार्यालयमा उपस्थित भइसक्नुपर्ने गरि बोलाइएको छ । उपसभामुख रानामगरले संसद सचिवालयको लेटरप्याडमा विभिन्न व्यक्तिलाई अमेरिकाको भिसाका लागि पत्र लेखेको आरोपमा उनीमाथि छानबिनको माग भइरहेको थियो । उपसभामुख संवैधानिक परिषद्को सदस्य हुने भएकाले हाल संवैधानिक परिषदमा कांग्रेसको प्रतिनिधित्व नहुँदा रानामगरलाई हटाउने प्रयास यसअघि पनि भएको थियो ।
Read More
मोर्चाको जनजागरण अभियान आइतबार कैलालीमा हुने

मोर्चाको जनजागरण अभियान आइतबार कैलालीमा हुने

काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाको वर्तमान राजनीतिक अवस्थाबारे जनजागरण अभियान भोली (आइतबार)कैलालीमा हुने भएको छ  । तराई मधेशकेन्द्रित ७ दलिय मोर्चाले देशका विभिन्न ८ स्थानमा गर्ने भनि निर्धारण गरेको जनजागरण अभियान आइतबार कैलालीमा गर्न लागेको जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । मोर्चाको जनजागरण अभियानले समसामयिक राजनीतिक अवस्था, मोर्चा गठनको आवश्यक्ता र औचित्यबारे प्रकाश पार्ने उद्देश्य लिएको छ । कैलालीको कार्यक्रमको समन्वयको जिम्मेवारी नागरिक उन्मुक्ति पार्टीले लिएको छ । मोर्चाको आगामी कार्यक्रम भदौ १६ गते विराटनगरमा जसपा नेपालको समन्वयमा हुने तय भएको छ ।
Read More
सबै नेपालीले खुसीका साथ खीर खान पाउने वातावरण बनाउन लागौं : प्रधानमन्त्री

सबै नेपालीले खुसीका साथ खीर खान पाउने वातावरण बनाउन लागौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाललीले खुसीका साथ हरेक साउन १५ मा खीर खाने वातावरण निर्माण गर्नुपर्ने बताएका छन् । बिहीबार नेकपा (एमाले) को साहित्य, कला तथा संस्कृति विभागद्वारा आयोजित स्रष्टा भेटघाट तथा खीर खाने कार्यक्रममा बोल्दै उनले हरेक नेपालीले खुसीका साथ खीर खाने वातावरण निर्माण गर्नुपर्ने बताएका हुन् । उनले यस वर्ष तराई मधेसमा सुख्खा लागेकोले राम्रो खेती हुन नसकेको अवस्थामा सिचाइको उचित प्रबन्ध गर्न सरकार लागिपरेको बताए । उनले सुनकोसी मरिन डाइभर्सन, रानी जमरा कुलरिया, तमोरलगायत आयोजना छिटो सक्न पनि निर्देशन दिएको बताए । प्रधानमन्त्री ओलीले सबै नेपालीले हरेक साउन १५ मा खुसीका साथ खीर खाने…
Read More
निजामती कर्मचारी विधेयक आउने कुरा निश्चित भईसकेको छ: महासचिव पोखरेल

निजामती कर्मचारी विधेयक आउने कुरा निश्चित भईसकेको छ: महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंखर पोखरेलले निजामती कर्मचारी विधेयक आउछ कि आउदैँन् भन्ने अन्यौलताको अन्त्य भएको बताएका छन् ।  बिहिबार काठमाडौंमा आयोजित सहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवस २०८२ को सन्दर्भमा आयोजित सहिद स्मृति मूल समारोहमा उनले निजामती कर्मचारी विधेयक प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा प्रवेश गरिसकेको भन्दै अब विधेयक आउछ कि आउदैँन् भन्ने कुराको अन्त्य भएको बताए । उनले भने, ‘निजामती विधेयक प्राप्त नहुदा एक प्रकारको तनावबाट निजामती क्षेत्र गुज्रियो र धेरै मेहेनत पश्चात प्रतिनिधि सभाबाट त्यो विषय अगाडि बढेको छ । राष्ट्रिय सभामा त्यो विषय प्रवेश गरेको छ । प्रतिनिधि सभाबाट विधेयक पारित भईसकेपछि राष्ट्रिय सभामा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.