देश बहुआयामिक संकटको जोखिममा पर्यो ः प्रचण्ड काठमाडौं । संसदमा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश बहुआयामिक संकटको जोखिममा रहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनले विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला जनतासँग गरिएको सपना र प्रतिबद्धता आजको अवस्थासँग मेल नखाने बताउँदै वर्तमान सत्ताको कार्यशैलीले ती सबै सपना र प्रतिवद्धतालाई अपमानित बनाएको टिप्पणी गरे । संसद र संसदीय समितिमा भइरहेका भूमिकाप्रति समेत असन्तुष्टि जनाउँदै उनले विधेयकहरू सर्वसम्मत पारित भएपनि प्रतिनिधिसभामा पुग्दा भएका चलखेल र हस्तक्षेपका कारण अगाडि बढ्न नसकेको भन्दै चर्को आलोचना गरे । अध्यक्ष प्रचण्डले…
कोशीका मुख्यमन्त्री र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनका प्रतिनिधिबीच भेटवार्ता विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्की र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनका नेपाल तथा भुटान हेर्ने प्रतिनिधि केन सिमिजुबीच सोमबार भेटवार्ता भएको छ । मुख्यमन्त्री कार्यालयमा भएको उक्त भेटमा मुख्यमन्त्री कार्कीले सो संस्थाले कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत संचालन गरेका परियोजनाहरूमा आभार व्यक्त गरे । उनले विशेषगरी मध्यपहाडी जिल्लाहरूमा वातावरणीय प्रभाव न्यूनीकरण, उच्च मूल्यका फलफूलको उत्पादन तथा बजारीकरण र व्यवस्थापनमा थप सहयोगको अपेक्षा समेत राखेका छन् । ‘कोशी प्रदेशको कृषि, जलवायु र विपद् व्यवस्थापनमा सहकार्य गरेर अघि बढ्न सके ठूला उपलब्धि…
स्पेन भ्रमणमा सरकारी प्रतिनिधी मण्डल बाहेकको विषयमा छानविन हुने
काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधी मण्डल बाहेक गएको भन्ने विषयमा निष्पक्ष छानविन गर्न निर्देशन दिएका छन् । मन्त्री लेखकले सोमबार बिहान स्पेन भ्रमणबारे छानबिन गर्न गृह सचिब गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिएका हुन् । ‘प्रधानमन्त्री ज्यूको प्रतिनिधी मण्डल बाहेक स्पेन को को गए ? कुन विधिप्रक्रिया र कुन संस्थामार्फत स्पेन भ्रमण गए भन्ने विषय छानविन गर्न निर्देश गरेको छु’ मन्त्री लेखकले भने,‘जानका लागि भिजिट भिषाको प्रवन्ध कसले ग¥यो ? लगायतका विषयमा अनुसन्धान हुनेछ ।’ उक्त विषयको गहन छानविनका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र मानब बेचबिखन अनुसन्धान ब्यूरो…
आजको प्रतिनिधिसभा बैठकमा सात विधेयक र दुई प्रतिवेदन पेस हुँदै
काठमाडौं । सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले प्रतिनिधिसभामा उत्पत्ति भएको ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक– २०८०’ र ‘भन्सार विधेयक– २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूची रहेको छ । यसैगरी ‘विनियोजन विधेयक– २०८२’, ‘आर्थिक विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक– २०८२’ लाई पनि राष्ट्रियसभाको सन्देशसहित टेबुल गर्ने कार्यसूची छ । बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक– २०८२’ प्रस्तुत गर्ने छन् । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक– २०८२’ प्रस्तुत गर्ने…
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी छ । गत असार १६ देखि शुरू भएको बैठक आज पनि दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्नेछ । हिजोको बैठकमा सह महामन्त्रीहरू फरमूल्लाह मंसुर, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, ब्रदीप्रसाद पाण्डे र जीवन परियार, कोषाध्यक्ष उमेश श्रेष्ठ, केन्द्रीय सदस्यहरू— गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, प्रवक्ता डा. प्रकाशशरण महत, बलबहादुर के.सी., डा. मिनेन्द्र रिजाल, एन.पी. साउद, आनन्दप्रसाद ढुंगाना, डा. चन्द्रकान्त भण्डारी, अजयकुमार चौरसिया, अम्बिका बस्नेत, शंकर भण्डारी, धु्रव वाग्ले, मधु आचार्य, प्रकाश रसाइली स्नेही, नानु वास्तोला, भीम…
लागुऔषध ट्रामाडोलसहित तीन जना पक्राउ
हेटौंडा । प्रहरीले लागुऔषध १ हजार ७ सय ७० क्याप्सुल ट्रामाडोलसहित ३ जनालाई पक्राउ गरेको छ । हेटौंडा – ८ औधौगिक क्षेत्र भित्र पानी ट्याङ्की नजिक सडकमा शंकास्पद रुपमा बसीरहेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ पर्नेमा हेटौंडा – १५ शिखरपानी बस्ने वर्ष २४ को महेश तामाङ,भिमफेदी गाउँपालिका घर भई हाल हेटौंडा – ९ डेराकोठामा बस्ने वर्ष २६ को कैलाश थापा मगर र हेटौंडा – १३ बस्ने वर्ष ४० को सोम स्याङतान रहेको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । प्रहरीका अनुसार बुधबार ३ बजेको समयमा इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको गस्ती टोली प्रहरीले औधौगिक क्षेत्र भित्र पानी ट्याङ्की…
इरानले भन्यो : ‘परमाणु वार्ता अघि अमेरिकाले आक्रमण नगर्ने ग्यारेन्टी दिनुपर्छ’
काठमाडौं । इरानले अमेरिकासँगको परमाणु वार्ता पुनः सुरु हुनुअघि वाशिङ्टनले थप सैन्य कारबाही नगर्ने स्पष्ट प्रतिबद्धता जनाउनुपर्ने चेतावनी दिएको छ । इरानी उपविदेशमन्त्री मजिद तख्त–रवान्छीले दिएको एक अन्तर्वार्तामा अमेरिकी ट्रम्प प्रशासनले विभिन्न माध्यमबाट वार्तामा फर्कन संकेत गरे पनि, सैन्य हमलाबारे ठोस आश्वासन नदिएको बताएका हुन् । जुन १३ मा इजरायलले इरानविरुद्ध सैनिक कारबाही थालेपछि मस्कटमा तय गरिएको छैटौँ चरणको अप्रत्यक्ष परमाणु वार्ता स्थगित भएको थियो । दुई दिनपछि हुने भनिएको वार्ता विफल हुनुको कारण यही सैन्य तनाव भएको इरानी पक्षको दाबी छ । त्यसयता, इजरायल र इरानबीच झण्डै दुई हप्ता लामो द्वन्द्व चल्यो। यस अवधिमा इरानले मिसाइल आक्रमण गरेर जवाफ…
कर्णालीलाई राज्यले अन्याय होइन, अपराध गरिरहेको छ : सांसद ज्ञानेन्द्र शाही
काठमाडौं, नेपाल — राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले कर्णाली प्रदेशमाथि राज्यले निरन्तर अन्यायमात्र होइन, सीधा अपराध गरिरहेको आरोप लगाएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले हालै हुम्ला जिल्लामा गएको हिमपहिरोबाट जनधनको क्षति हुँदा पनि सरकारले उद्धारका लागि हेलिकप्टरसमेत पठाउन नसकेकोप्रति आक्रोश व्यक्त गरे। “हुम्लामा हिमपहिरो गइरहेको छ, जनता रोइरहेका छन्, तर सरकार चुपचाप छ,” शाहीले भने, “सरकारको दिमागमा जाम लागेको हो कि, आँखामा रतन्धो लागेको हो कि, हेलिकप्टरमै खिया लागेको हो?” शाहीले सरकारले कर्णालीलाई हेपेको आरोप मात्र लगाएनन्, यदि राज्यले अलग गर्ने हो भने कर्णाली आफैंले व्यवस्थापन गरेर देखाउने चुनौती पनि दिए। उनले भने, “मन्त्री जाँदा हेलिकप्टर सहजै…
आयोगमाथि आयोग थपियो, मिटरब्याजी पीडितले अझै न्याय पाएनन्’ — सांसद सुमना श्रेष्ठको आरोप
काठमाडौं, नेपाल — राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले मिटरब्याजी पीडितहरुको समस्या समाधानमा सरकार गम्भीर नदेखिएको आरोप लगाएकी छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै श्रेष्ठले आयोग गठन मात्र गरेर न्याय दिने प्रक्रिया लम्ब्याइएको र पीडितको दुःख अझै बेवास्ता गरिएको बताइन्। “अघिल्लो आयोगलाई असहयोग गरियो, असफल बनाइयो,” उनले भनिन्, “अहिले कामचलाउ प्रतिवेदन लेख्न अर्को आयोग गठन हुँदैछ। यसरी आयोग थपेर मात्र पीडितलाई न्याय मिल्दैन।” श्रेष्ठले पीडितहरु सिंहदरबार प्रवेशमै रोकिएको भन्दै गुनासो गरिन् र राज्यको नीति नै पीडितलाई थिच्ने जस्तो देखिएको टिप्पणी गरिन्। उनले मिटरब्याज प्रकरणमा सरकारका उच्चपदस्थ व्यक्तिहरुको संलग्नतामाथि आशंका उत्पन्न हुनेगरी काम नगर्न चेतावनी दिइन्। “गृहमन्त्री, मन्त्री, सांसद र नेताहरूको…
प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने दाबी
प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी २०८४ सालको निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने दाबी गरेका छन्। नेपाल उत्पीडित जातीय मुक्ति समाजको सातौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले “मिसन ०८४” अन्तर्गत एमालेको लक्ष्य एकल बहुमत भएको स्पष्ट पारे। प्रधानमन्त्री ओलीले भने, “एकल बहुमत ल्याउने उद्देश्य लिएका छौं, यो असम्भव होइन। हामीसँग त्यस्तो प्रणाली छ, जसले कसैलाई पनि सजिलै बहुमत ल्याउन दिँदैन, तर एमालेका लागि यो चुनौती पार गर्न सम्भव छ।” उनका अनुसार वर्तमान प्रणाली—जसमा समानुपातिक प्रणाली पनि समावेश छ—बाट एकल बहुमत ल्याउनु कठिन भए पनि एमाले त्यसका लागि रणनीतिक रूपमा तयारी गरिरहेको छ। प्रधानमन्त्री ओलीले व्यक्तिगत…
