राजनिति

निजामती विधेयकभित्र ट्रेड युनियनको विषय सामान्य हो: बर्तौला

निजामती विधेयकभित्र ट्रेड युनियनको विषय सामान्य हो: बर्तौला

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संघीय निजामती विधेयकमा ट्रेड युनियनको विषय ठूलो विषय नभएको बताएका छन् ।आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यति सानो विषयलाई ठूलो बनाएर अन्य विषयलाई ओझेलमा पार्ने प्रयास ट्रेड युनियनका नेताहरुबाट भएको भन्दै आक्रोश व्यक्त गरे ।उनले भने, ‘संघीय निजामती विधेयकभित्रको ट्रेड युनियनको विषय भनेको निकै सानो विषय हो । तर यसलाई सबैभन्दा ठूलो विषय बनाएर अन्य विषयलाई ओझेलमा पार्ने प्रयास अहिलेका ट्रेड युनियनका साथीहरुले गरिरहनु भएको छ । यो ठिक भएन् । ट्रेड युनियनको कानून र अधिकारको कुरालाई यति धेरै बलशाली तरिकाले उठाउनुपर्ने अवस्था थिएन । यो विषय सांसदहरुको तर्फबाट उठेको होईन, ट्रेड…
Read More
एमाले केन्द्रीय समिति बैठक बिहान ११ बजे बस्दैँ

एमाले केन्द्रीय समिति बैठक बिहान ११ बजे बस्दैँ

काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठक बिहान ११ बजेबाट सुरु हुँदैछ ।बैठकमा पुस १८ गते बसेको सचिवालय बैठकले पारित गरेको पार्टी अध्यक्ष केपी शर्मा ओलीले पेस गर्ने राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ ।साथै, सरकार गठनपछि ६ महिनाको समीक्षा प्रतिवेदन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिमा पार्टीलाई कसरी अघि बढाउने विषयमा केन्द्रीय सदस्यले आ–आफनो धारणा राख्ने छन् ।बैठकको प्रारम्भमा अध्यक्ष ओलीले पछिल्लो राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा मन्तव्य दिनेछन् । अध्यक्ष ओली नेतृत्वमा सरकार गठन भएपछि पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो ।संसद्को हिउँदे अधिवेशनको पूर्व सन्ध्यामा बस्न लागेको बैठकले संविधान संशोधनलगायतका ‘एजेण्डा’ मा ठोस धारणा तय गर्ने छ ।
Read More
पूर्व आइजीपी सर्बेन्द्र खनालले एकाबिहानै ‘एमाले’ छाडेको गरे घोषणा

पूर्व आइजीपी सर्बेन्द्र खनालले एकाबिहानै ‘एमाले’ छाडेको गरे घोषणा

पोखरा । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरिक्षक एवम् एमाले नेता सर्बेन्द्र खनालले आज एकाबिहानै आफु स्वतन्त्र भएको घोषणा गरेका छन् ।सामाजिक संजाल फेसबुकमा एक स्टाटस राख्दै पूर्व आइजीपी खनालले आफु स्वतन्त्र भएको घोषणा गरेका हुन् ।आफ्ना आफन्त एवम् शुभचिन्तकहरु आफ्नो राजनीतिक स्थिति बारे अन्योलमा परेको उल्लेख गर्दै एमाले नेता समेत रहेका खनालले आफ्नो स्टाटसमा लेखेका छन्, “म यसै माध्यमबाट यसलाई स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आवद्ध छैन । म स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु ।”खनालले आफू राष्ट्रघाती दोषीहरुलाई कानूनी कठघरामा पु¥याउन र राष्ट्रलाई महान बनाउन आफु र आफ्नो सम्पूर्ण…
Read More
सूर्यदर्शन सहकारी ठगी प्रकरण: प्रतिबादीका कानून ब्यबसायीहरुले देखाए सरकारी अभियोजनका कमजोरीहरु

सूर्यदर्शन सहकारी ठगी प्रकरण: प्रतिबादीका कानून ब्यबसायीहरुले देखाए सरकारी अभियोजनका कमजोरीहरु

पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा प्रतिबादीहरुको तर्फबाट बहस गरेका कानून ब्यबसायीहरुले मुद्दा दर्ता हुनुपर्ने हदम्याद नाघेर अदालतमा मुद्दा दर्ता भएको जिकिर मात्र गरेनन,अबैध तरीकाले सहकारीको रकम गएको भनिएको गोर्खा मिडिया प्रालिलाई प्रतिवादी बनाउनु पर्नेमा संचालकहरुलाई प्रतिवादी बनाएर सरकारी पक्षले त्रुटि गरेको दाबी गरेका छन् ।जिल्ला न्यायाधीस नीतिज राईको इजलाशमा प्रतिवादी रहेका गोर्खा मिडिया प्रालिका पूर्व संचालक छबिराज जोशीका तर्फबाट शुक्रबार बहस गरेका बरिष्ठ अधिवक्ता जगन्नाथ ढकाल र अधिवक्ता अपूर्व खतिवडाले त्यस्तो दाबी गरेका हुन् ।प्रतिवादीका तर्फबाट बहस गर्ने कानुन व्यवसायीहरूले रकम गएको गोर्खा मिडिया नेटवर्क प्रालिलाई सहकारी ठगीमा किन प्रतिवादी नबनाइएको भन्दै प्रश्न उठाए । यसले…
Read More
सुशासनका लागि राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्छ- प्रचण्ड

सुशासनका लागि राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्छ- प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा सुशासन स्थापित गर्न राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुशासनका लागि आदर्शका कुरा गरेर नहुने बरु नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताए ।उनले भने, ‘हामीले आदर्शका कुरा त धेरैले गर्छौं तर व्यवहारमा कसले के गर्छ भन्ने महत्वपूर्ण हुन्छ । यसमा नियत र निष्ठा बढी महत्वपूर्ण हुने रहेछ । के हामी भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा निष्ठापूर्वक जसरी जानुपर्ने हो गएका छौं त ? नेपाली समाजले राजनीतिक दलहरु र सरकारबाट त्यो महसुस गरेको छ त ?…
Read More
आवश्यक्ताको सिद्धान्त अनुसार नै कांग्रेस–एमाले सरकार बनेको हो – प्रकाशमान सिंह

आवश्यक्ताको सिद्धान्त अनुसार नै कांग्रेस–एमाले सरकार बनेको हो – प्रकाशमान सिंह

सप्तरी । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था बलियो बनाउन नेपाली कांग्रेसलाई बलियो बनाउनुपर्ने बताएका छन् ।शुक्रबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति सप्तरीले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् ।उनले ठुलो संघर्ष र बलिदानबाट अहिलेको लोकतान्त्रिक व्यवस्था प्राप्त भएको भन्दै यसलाई बलियो बनाउन कांग्रेस बलियो हुनुपर्नेमा जोड दिए । कांग्रेस पूर्वमहामन्त्रीसमेत रहिसक्नुभएका सिंहले पार्टी संगठन महत्त्वपूर्ण हुने भन्दै कांग्रेसको संगठन सुदृढीकरणमा लाग्न नेता कार्यकर्तालाई आग्रह पनि गरे ।उनले कांग्रेसकै नेतृत्वमा भएको आन्दोलनले रैतीका रूपमा रहेका जनतालाई नागरिक बनाएको स्मरण गर्दै संविधानसभाबाट कांग्रेस नेतृत्वमै संविधान बनेको बताए ।उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री…
Read More
संसदीय सुनुवाइ समितिको बैठक बस्दै

संसदीय सुनुवाइ समितिको बैठक बस्दै

संसदीय सुनुवाइ समितिको बैठक बस्दै काठमाडौं । संघीय संसद् अन्तर्गत संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठक सिंहदरबारस्थित विकास आर्थिक मामिला तथा सुशासन समितिको हलमा बस्नेछ । बैठकमा प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरूको सुनुवाइका विषयमा छलफल हुनेछ । समितिले आज सर्वोच्च अदालतमा प्रधानन्यायाधीशका लागि सिफारिस प्रकाशमानसिंह राउतको सुनुवाइ गर्नेछ । जसका लागि राउतलाई समितिको बैठकमा बोलाइएको छ । संवैधानिक परिषदको गत भदौ ३१ गतेको बैठकले राउतलाई प्रधानन्यायाधीश तथा सेवा लम्साल र चित्रलेखा यादवलाई क्रमशः बेल्जियम र अष्ट्रेलियाको राजदूतका लागि सिफारिस गरेको थियो । समितिले हिजो प्रस्तावित न्यायाधीश र राजदूतद्वयविरुद्ध उजुरी दिएका उजुरीकर्तासँग छलफल गरेको छ ।…
Read More
आज दुईवटा संसदीय समितिको बैठक बस्दै

आज दुईवटा संसदीय समितिको बैठक बस्दै

आज दुईवटा संसदीय समितिको बैठक बस्दै काठमाडौं । संघीय संसद्अन्तर्गत दुई वटा संसदीय समितिको बैठक आज  बस्दै छ । संसद् सचिवालयका अनुसार आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । बिहान ११ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक सिंहदरबारमा बस्दै छ । बैठकमा लाङटाङ राष्ट्रिय निकुञ्जको अनुगमन कार्यक्रमको समीक्षा, शुक्ला फाँटा, बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकन सम्बन्धमा छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल संघीय संसद् सचिवालयले जनाएको छ ।
Read More
व्यक्तिगत स्वार्थको लागि नियम मिच्ने प्रवृत्ति हावी ः ओली

व्यक्तिगत स्वार्थको लागि नियम मिच्ने प्रवृत्ति हावी ः ओली

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यक्तिगत स्वार्थको लागि प्रकृति र जीवनका नियमहरुलाई पनि मिच्ने प्रवृत्ति देखिएको बताएका छन् । काठमाडौंमा आइतबार आयोजित स्वयंसेवक, स्वास्थ्यकर्मी तथा कलाकारलाई धन्यवाद तथा सम्मान कार्यक्रममा उनले आज मानिसहरु अझ विद्वान र चलाख हुँदै गइरहेको अवस्थामा त्यो सँगै स्वार्थका लागि प्रकृति र जीवनका नियमहरुलाई पनि मिच्ने प्रवृत्ति देखिएको बताएका हुन् । उनले भने, ‘आज मानिस अझ विद्वान र चलाख हुँदै गइैरहेका छन् । र, त्यो सँगै स्वार्थी पनि भईरहेका छन् । त्यो स्वार्थले प्रकृतिका नियमहरु त्यो स्वार्थले कहिँ कहिँ स्वार्थवस् जीवनका नियमहरुलाई पनि मिच्न खोजेको होकी जस्तो लाग्छ । त्यसैले पनि…
Read More
‘सिरोहियामाथि छानबिन हुनै हुन्न भनेका छैनौं, पक्राउ गर्ने तरिका गलत भयो’

‘सिरोहियामाथि छानबिन हुनै हुन्न भनेका छैनौं, पक्राउ गर्ने तरिका गलत भयो’

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई छानबिन हुनै हुन्न भनेको नभएर पक्राउ गर्ने तरिका मात्र गलत भएको प्रष्टिकरण दिएका छन् ।पार्टी केन्द्रीय समितिको निर्णय सोमबार सार्वजनिक गर्दै उनले सिरोहियालाई पक्राउ गर्न राज्यसत्ताको दुरुपयोग हुनु उचित नभएको भन्दै कानुन सबैलाई बराबर हुनुपर्ने बताए ।‘कैलाश सिरोहियालाई जुन समयमा, जुन ढंगबाट पक्राउ गरियो त्यो ठिक भएन भन्ने हाम्रो धारणा छ । एउटा व्यक्तिलाई पुर्जी काटेर बोलाउँदा पनि हुन्थ्यो तथा थोरै प्रहरी पठाएर लाँदा पनि हुन्थ्यो भनेको हो । तर, जुन आतंक सिर्जना गरियो त्यो उचित छैन मात्र भनेका हौं,’ उनले भने, ‘हामीले सिरोहियामाथि छानबिन हुनुहुन्न भनेका छैनौं…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.