समाजवादी आन्दोलनलाई एकतावद्ध र सुदृढ गरौं : पूर्ण बस्नेत

समाजवादी आन्दोलनलाई एकतावद्ध र सुदृढ गरौं : पूर्ण बस्नेत

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले समाजवादी आन्दोलनलाई एकतावद्ध र सुदृढ गर्नुपर्ने बताएका छन् । समाजवादी आन्दोलनको आजको अवस्था र काङ्ग्रेस कम्युनिष्टको चरित्रबारे टिप्पणी गर्दै बस्नेतले सो कुरा बताएका हुन् ।

‘नेपालमा समाजवादी आन्दोलनको क्षयीकरण र काङ्ग्रेस कम्युनिष्टको भ्रष्टीकरण तीव्र गतीमा भइरहेको छ । समाजवादी आन्दोलनलाई व्यवस्थित नगर्ने हो भने मुलुकमा सङ्कट झन गहिरिने पक्का छ,’ बस्नेतले भने ।

काङ्ग्रेस कम्युनिष्टको विकल्पमा समाजवादी आन्दोलनलाई अगाडि बढाउने सङ्कल्प गरेका समाजवादीहरु नै आज काङ्ग्रेस कम्युनिष्टको टेको बन्ने होडबाजीमा लागेको उनको आरोप छ ।

‘समाजवादी आन्दोलनलाई काङ्ग्रेस कम्युनिष्टकै कठपुतली बनाइन लागेको छ । समाजवादी आन्दोलनलाई तितरबितर पार्ने कोसिस भइरहेको छ, बेलैमा सजग र सचेत भई अगाडि बढ्नुपर्ने भएको छ,’ बस्नेतले भने ।

बस्नेतले समाजवादी आन्दोलनको रुपमा १२ वर्ष अघि आजको दिन अशोक राई नेतृत्वको तत्कालिन संघीय समाजवादी पार्टी, नेपाल गठन भएको स्मरण गरेका छन्।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.