आजको मौसमः यी स्थानमा हुस्सु, हिमपात र वर्षाको सम्भावना

आजको मौसमः यी स्थानमा हुस्सु, हिमपात र वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशीक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ भने तराईका भूभाग तथा उपत्यकाका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

यस्तै,आज दिउँसे कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागको एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, आज राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भूभागमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी भू‍भागमा आंशिकदेखि साधारणतया बदली रहने छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा, गण्डकी प्रदेशका थोरै स्थान तथा बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थान, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी  था हिमाली भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.