नेपाल सिमेन्ट उत्पादक संघको विद्युत आपूर्ति कटौतीप्रति गम्भीर आपत्ति


काठमाडौं । नेपाल विद्युत प्राधिकरणबाट सिमेन्ट उद्योगहरुलाई उपलब्ध गराउदै आएको विद्युत आपूर्ति कटौती (लोडसेडिङ्ग) भएको विषय प्रति नेपाल सिमेन्ट उत्पादक संघको गम्भिर ध्यानाकर्षण भएको छ ।
बुधवार एक विज्ञप्ती जारी गर्दै विद्युत कटौती हुँदा उद्योगले थप आर्थिक व्ययभार व्यहोर्नु पर्ने र आम उपभोक्ता मार्कामा पर्ने नेपाल सिमेन्ट उत्पादक संघले जनाएको हो ।
विज्ञप्तीमा लेखिएको छ,‘ सिमेन्ट उद्योग जस्तो अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगका लागि निरन्तर २४ सै घण्टा विद्युत आपूर्ति नहुँदा उद्योगले थप आर्थिक व्ययभार व्यहोर्नु पर्ने र यसको फलस्वरुप आम उपभोक्ता लगायत सर्व साधारण जनता मार्कामा पर्न जाने छन् ।’
सिमेन्टमा मुलुकलाई आत्मनिर्भर बनाई आयात प्रतिस्थापन गरी छिमेकी मूलुकमा निर्यात समेत गर्न थालेको समयमा विद्युत कटौतीले मुलुकको राजस्व वृद्धिमा समेत नकरात्मक असर पर्ने विज्ञप्तीमा भनिएको छ ।
सिमेन्ट उद्योगहरुमा नेपाल विद्युत प्राधिकरणबाट दैनिक १२ देखि १४ घण्टा सम्म अघोषित लोडसेडिङ्ग गरेको हुँदा यस संघको गम्भीर रुपमा ध्यानाकर्षण हुन गएको हो ।
नेपाल सिमेन्ट उत्पादक संघले २४ सै घण्टा विद्युत उपलब्ध गराउनको लागि नेपाल विद्युत प्राधिकरण, उर्जा जलश्रोत तथा सिचाई मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, विभिन्न संसदीय समितिहरु लगायतका सरोकारवाला संस्था र अधिकारीहरुलाई हार्दिक अनुरोध समेत गरेको छ ।
हालको लोडसेडिङ्गका कारण उत्पादन लागत वृद्धि हुने भएकोले लागत अनुसारको विक्री मूल्य निर्धारण गर्नु पर्ने वाध्यात्मक परिस्थिती सिर्जना भएको पनि संघले जानकारी दिएको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.