काठमाण्डौ । जोशी हाईड्रोपावर लिमिटेडको हकप्रद शेयर खरिदका लागि आवेदन पेश गर्ने समयावधि थप गरिएको छ । सुरुमा आवेदन दिने म्याद भदौ ४ गतेसम्म तोकिएको भए पनि माग अनुसार पर्याप्त आवेदन नपरेको भन्दै कम्पनीले भदौ १९ गते सम्मका लागि समयावधि थप गरेको हो । हाल कायम चुक्तापूँजी ३७ करोड १४ लाख रुपैयाँको ६५ प्रतिशत अर्थात २४ लाख १४ हजार १ सय कित्ता हकप्रद सेयर (१ः०.६५ अनुपातमा) १०० रुपैयाँ अंकित दरमा जारी गरेको छ । कम्पनीले हकप्रद निष्कासनका लागि असार ८ गते बुक क्लोज गरेको थियो, जसअनुसार असार ७ गतेसम्म नेप्सेमा शेयर किनेकाले मात्र हकप्रद सेयरमा आवेदन दिन योग्य हुनेछन् । यस हकप्रद सेयरको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको । लगानीकर्ताले क्यापिटलको काठमाडौं कार्यालय, जोशी हाईड्रोको कार्यालय, लक्ष्मी सनराइज बैंकको इलाम शाखा, सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा ’मेरो सेयर’ प्रणालीबाट आवेदन दिन सक्नेछन ।
जोशी हाईड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने म्याद थप
थप समाचार
-
डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्यमा वृद्धि : पेट्रोलको मूल्य यथावत्
adminबैशाख ३, २०८३काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्यमा वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले बैशाख ३ गते बिहानदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको ह... -
आज दुई वटा समितिको बैठक बस्दै
adminचैत्र ३०, २०८२काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको दुई वटा संसदीय समितिको बैठक बस्दै छ । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्दै छ । बैठकमा विविध विषयमा छलफ... -
सार्वजनिक खरिद ऐन संशोधनको तयारीः मस्यौदामाथि राय सुझाव संकलन गरिँदै
adminचैत्र २९, २०८२काठमाडौं । नेपाल सरकारले सार्वजनिक खरिद प्रक्रियालाई समयसापेक्ष र प्रभावकारी बनाउनका लागि सार्वजनिक खरिद ऐन, २०६३ लाई संशोधन गर्ने प्रक्रिया तीव्र रूपमा अघि बढाएको छ । यसै सिलस... -
भृकुटी स्टक ब्रोकिङ निलम्बनमा
adminचैत्र २४, २०८२काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ब्रोकर नम्बर ५५ अन्तर्गतको भृकुटी स्टक ब्रोकिङ कम्पनीलाई निलम्बन गरेको छ । सोमबार बसेको बोर्ड बैठकले अर्को निर्णय नभएसम्म कम्पनीलाई निलम... -
अबदेखि शुक्रबार पनि शेयर कारोबार हुने, आइतबार बन्द रहने
adminचैत्र २३, २०८२काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अबदेखि शुक्रबार पनि शेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको छ । सरकारले पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यले आइतबार सार्वजनिक बिदा...
