केएमसीमा नेपालमै पहिलो पटक ‘बिना चिरफार’ नसाको जटिल उपचार
काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) ले नेपालमै पहिलो पटक ‘अर्बिटल एथेरेक्टोमी’ प्रविधिको प्रयोग गरी जटिल नसाको बिनाचिरफार सफल उपचार गर्दै स्वास्थ्य क्षेत्रमा नयाँ उपलब्धि हासिल गरेको छ । खुट्टाको नसा पूर्ण रूपमा अवरुद्ध भएर अंग नै गुमाउनुपर्ने जोखिममा रहेका बिरामीका लागि यो अत्याधुनिक प्रविधिले नयाँ आशाको ढोका खोलेको छ । पोखराकी ७१ वर्षीया हीरामाया राम्जाली लामो समयदेखि खुट्टाको नसा कडा भएर रक्तसञ्चार अवरुद्ध हुँदा असह्य पीडामा थिइन् । उनको खुट्टा नीलो हुने, घाउ निको नहुने तथा अत्यधिक चिसो हुने समस्या देखिएको थियो। केएमसीको मुटु, छाती तथा रक्तनली शल्यक्रिया (सीटीभीएस) विभागका डा. कृष्ण बस्यालको नेतृत्वमा रहेको चिकित्सकीय टोलीले उनको सफल उपचार…
