सुनचाँदीको मूल्य हालसम्मकै उच्च
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ तोलामा २३ सय रुपैयाँ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघलका अनुसार आज सुन प्रतितोला २ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन २ लाख ३३ हजार १ सय रुपैयाँ थियो । सुनको मूल्यले दिनकै नयाँ मूल्य कायम गरिरहेको छ ।आज चाँदी भने अघिल्लो दिनकै मूल्यमा कारोबार भएको छ । प्रतितोला २ हजार ९ सय ६० रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो ।
प्रधानमन्त्री कार्कीले बडादसैंको टीका नलगाउने
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपालीको महान् चाड बडादसैंका अवसरमा यसवर्ष टीका नलगाउने बताएकी छन् । प्रधानमन्त्री कार्कीको सचिवालयले पीडाको यस अवस्थामा टीका नलगाउने र सर्वसाधारणलाई पनि टीका नलगाउने स्पष्ट गरेको छ । बडादसैं हर्सोल्लासका साथ मनाउने पर्व भए पनि जेनजी पुस्ताको आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाउनु परेको दुःखद क्षण तथा धेरै घाइते भएको पीडा अझै ताजै भएकाले यस वर्ष टीका लगाउने कार्यक्रम नरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
पाकिस्तानमा गरिबी दर २५.३ प्रतिशत : विश्व बैंक
काठमाडौं । पाकिस्तानमा गरिबी दर तीव्र गतिमा बढ्दै गएको विश्व बैंकको ताजा प्रतिवेदनले देखाएको छ । ‘रि–क्लेमिङ मोमेन्टम टुवाड्र्स प्रोसपेरिटी : पाकिस्तान’स पभर्टी, इक्विटी एन्ड रेजिलियन्स असेस्मेन्ट’ शीर्षकको प्रतिवेदनमा देशका कमजोर समुदायलाई जोगाउन दीर्घकालीन र समावेशी सुधारको आवश्यकता तत्काल देखिएको जनाइएको छ । ताजा प्रतिवेदनअनुसार पाकिस्तानको गरिबी दर पछिल्ला तीन वर्षमा ७ प्रतिशतले बढ्दै सन् २०२४–२५ मा २५.३ प्रतिशत पुगेको छ । यो दुई दशकयताकै पहिलो गहिरो अध्ययन हो । जसमा २५ वर्षभन्दा बढी समयावधिको घरायसी सर्वेक्षण, भौगोलिक विश्लेषण, प्रक्षेपण र विभिन्न प्रशासनिक तथ्यांकहरू प्रयोग गरिएको छ । पाकिस्तानबाट प्रकाशित हुने अंग्रेजी पत्रिका डॉनका अनुसार पाकिस्तानमा सन् २००१–०२ मा ६४.३…
आज मन्त्रिपरिषद् विस्तार हुँदै
काठमाडौं । अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज (आइतबार) मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन् । शुक्रबार शपथ लिएकी कार्कीले आवश्यक छलफलपछि आज सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी हुन् । जेनजी पुस्ताको भोटिङबाटै कार्कीलाई प्रधानमन्त्री बनाउने निर्णय भएको थियो । प्रधानमन्त्री जस्तै मन्त्री चयन पनि भोटिङकै आधारमा गर्ने तयारीमा जेन्जीहरू छन् । राजनीतिक दलमा संलग्न भएको भन्दा बाहिरैबाट मन्त्री चयन गर्ने तयारी उनीहरूको छ ।
लिपुलेकमा व्यापारमार्ग खोल्ने निर्णय राष्ट्रहितमा घातक : राप्रपा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद अनिशा नेपालीले भारत र चीनबीच लिपुलेक हुँदै व्यापार मार्ग खोल्ने सहमतिप्रति गम्भीर आपत्ति जनाएकी छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद नेपालीले नेपाल सरकारलाई बेवास्ता गर्दै एकतर्फी रूपमा गरिएको उक्त सहमतिले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय हितमा प्रत्यक्ष–अप्रत्यक्ष असर पार्ने चेतावनी दिइन् । उनले भनिन्, ‘भारत र चीनबीच हालै भएको सहमति अनुसार लिपुलेक हुँदै व्यापार मार्ग खोल्ने निर्णयबारे राष्ट्रिय प्रजातन्त्र पार्टी गम्भीर आपत्ति प्रकट गर्दछ । नेपालको सार्वभौमिकता र स्वाधीनतामा यस्तो एकतर्फी निर्णय गम्भीर प्रहार हो ।’ सांसद नेपालीले लिपुलेक, कालापानी र लिम्पियाँधुरा क्षेत्रहरू नेपालका अभिन्न अंग भएको बताइन् । उनले…
पूर्व राष्ट्रपति भण्डारीले नयाँ सदस्यताका लागि निवेदन नदिएको ओलीको दाबी
काठमाडौं । प्रधानमन्त्री केपी शर्माले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भएपछि पार्टी सदस्य त्यागेको र नवीकरण तथा नयाँ सदस्यताका लागि निवेदन नदिएको बताएका छन् ।पार्टी केन्द्रीय कार्यालय, ललितपुरको च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले पूर्व राष्ट्रपति भण्डारीले पार्टीमा आएर सदस्यता नवीकरण र नयाँ सदस्यताका लागि निवेदन नदिएको बताएका हुन् ।उनले भने, ‘पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता कायम हुन नहुनेबारे एमाले केन्द्रीय कमिटीको निर्णयका सम्बन्धमा स्पष्ट हुन आग्रह गर्दै अध्यक्ष ओलीले भने, ‘अहिले पूर्व राष्ट्रपतिको सदस्यता खोसिएको भन्ने आरोपका कुराहरु आएको छ । खासमा उहाँले राष्ट्रपति भएपछि पार्टी सदस्य त्याग्नुभएको हो ।’ प्रधानमन्त्री ओलीले भने, ‘हुँदै नभएको सदस्यता कर्मचारीलाई झुक्याएर रसिद…
ट्रम्प र जेलेन्स्की बिच ह्वाइट हाउसमा द्विपक्षीय भेटवार्ता
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार ह्वाइट हाउसमा द्विपक्षीय भेटवार्ता गरेका छन् ।जेलेन्स्कीसँगको बन्द कोठाको बैठक अघि ट्रम्पले पत्रकारहरूलाई भने कि उनी विश्वास गर्छन् कि राष्ट्रपति भ्लादिमिर पुटिन रुस–युक्रेन द्वन्द्वको अन्त्य चाहन्छन् र शान्ति कायम राख्न युक्रेन र सबै पक्षहरूसँग मिलेर काम गर्नेछन् ।ट्रम्पले युक्रेन संकट समाधान गर्न प्रगति भइरहेको र युक्रेनले माग गरेको सुरक्षा ग्यारेन्टी हुने बताएका छन् । ट्रम्पले ह्वाइट हाउसमा भएको आफ्नो वार्तापछि पुटिनलाई फोन गर्ने योजना बनाएको पनि बताए, यदि सबै कुरा राम्रो भयो भने अमेरिका, रुस र युक्रेन बीच त्रिपक्षीय बैठक हुनेछ ।ट्रम्पसँगै पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले भने कि…
