Uncategorized

आज तीनवटा संसदीय समितिको बैठक बस्दै

आज तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दै छ । जसअनुसार आज राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बिहान  १०ः३० बजे सिंहदरबारमा बस्ने छ । बैठकमा नेपालको संविधानको धारा ५३ बमोजिम संघीय संसदमा प्रस्तुत भएको नेपाल सरकारको वार्षिक प्रतिवेदन (आव २०७९–०८०) का सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११ः३० बजे सिंहदरबारमा बस्ने छ । बैठकमा त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को प्रत्यायोजित विधायन सम्बन्धमा छलफल गर्ने कार्यसूचि छ । त्यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा तिलगङ्गा नेत्र…
Read More
४० जना फरार प्रतिवादी पक्राउ

४० जना फरार प्रतिवादी पक्राउ

रौतहट । रौतहट प्रहरीले विभिन्न मुद्दामा फरार रहेका ४० जना प्रतिवादीहरूलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलिले विभिन्न स्थानबाट उनीहरुलाई  पक्राउ गरेको हो । अदालतको फैसला कार्यन्वयन अनर्तगत कैद तथा जरिवाना तोकिएका व्यक्तिहरूलाई खोजी गरी कारबाही अघि बढाइएको रौतहट प्रहरी निरीक्षक उमाशंकर प्रसादले बताए । उनका अनुसार पक्राउ परेका प्रतिवादीहरूमध्ये कतिपयले कर्तव्य ज्यान ,डाँका चोरी, कुटपिट, गाली बेइज्जती, किर्ते जालसाजी,अपराधिक जस्ता अपराध गरेका छन् । कर्तव्य ज्यानमा ४, डाँका चोरीमा १, कुटपिट मुद्दामा ४, गाली गलैंज मुद्दामा १, गाली बेइज्जेतीमा ९, कुटपिटमा ८ , किर्ते जालसाजीमा ६, बिगो १, नकबजनी चोरी १ र अपराधिक…
Read More
पिकअप गाडी र ट्रयाकटर सहित दुइ चालक पक्राउ

पिकअप गाडी र ट्रयाकटर सहित दुइ चालक पक्राउ

रौतहट । रौतहट प्रहरीले किटानाशक  औषधि बोकेको पिकअप गाडी  र गहुँ बोकेको ट्रयाकटरसहित दुइ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यलय गौरबाट खटिएको गस्ती टोलिले गौर नगरपालिका वडा नं.५ सिया होटल नजिकबाट पिकअप र ट्रयाकटर नियन्त्रणमा लिएको हो । रौतहट प्रहरी निरीक्षक उमा शंकर प्रसादका अनुसार किटानाशक  औषधि लोड गरेको ना.२च.७७६१ र गहुँ बोकेको ना.२ त १६५० को ट्रयाकटरलाइ नियन्त्रणमा लिएको छ । ट्रयाकटर चालक ४५ बर्षका सन्जिप यादव र पिकअप गाडीका चालक ३० बर्षको सुनिल यादवलाई पक्राउ गरिएको उनले जानकारी दिए । गाडीहरुमा लोड सामनहरु र गाडीमा रहेको बिल बिजकहरु फरक देखिएको हुँदा नियन्त्रणमा लिएको उनले बताए ।…
Read More
पर्यटक बस राख्नका लागि अलग्गै बसपार्क आवश्यक

पर्यटक बस राख्नका लागि अलग्गै बसपार्क आवश्यक

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटक बस राख्नका लागि अलग्गै ‘पर्यटक बसपार्क’ आवश्यक रहेकोमा जोड दिएका छन् । काठमाडौंस्थित स्थायी बसपार्कको निरीक्षण गर्दै उनले सङ्घीय राजधानी काठमाडौंलगायत देशका विभिन्न स्थानमा पर्यटक बसपार्कको आवश्यकतामा जोड दिएका हुन् । उनले भने, ‘नेपाल पर्यटकीय दृष्टिकोणले धनी देश हो, पर्यटकीय गन्तव्य सबै ठाउँमा पर्यटक बसपार्क आवश्यक छ, यसका निर्माणका लागि पहल गर्छु ।’ टुरिष्ट बस एशोसिएसन अफ नेपालले काठमाडौँको गौशालास्थित पशुपति क्षेत्र विकास कोषमा बसपार्क निर्माणका लागि गरेको पहलबारे आफू छलफल गरेर अगाडि बढ्ने मन्त्री पाण्डेले बताए । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले पर्यटन प्रवद्र्धनका लागि…
Read More
निषेधित क्षेत्र तोडेर रास्वपा कार्यकर्ताद्वारा अदालत अगाडी प्रम ओलीबिरुद्ध नाराबाजी: सुर्यदर्शन सहकारी पिडितहरुले गरे बिरोध

निषेधित क्षेत्र तोडेर रास्वपा कार्यकर्ताद्वारा अदालत अगाडी प्रम ओलीबिरुद्ध नाराबाजी: सुर्यदर्शन सहकारी पिडितहरुले गरे बिरोध

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरुले मंगलबार दिउसो स्थानीय प्रशासनद्वारा घोषित निषेधित क्षेत्र तोडेर कास्की जिल्ला अदालत अगाडी वर्तमान सरकार र प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध नाराबाजी गरेका छन् । सुर्यदर्शन सहकारी ठगी मुद्दामा कास्की जिल्ला अदालतमा रबि लामिछानेको थुनछेक बहस सकिएर लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्की फिर्ता लैजाने क्रममा रस्वपाका नेता तथा कार्यकर्ताहरुले स्थानीय प्रशासनद्वारा घोषित निषेधित क्षेत्र तोडेर अदालत अगाडी वर्तमान सरकार र प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध नाराबाजी गरेका हुन् । कडा सुरक्षा व्यवस्थाका बीच प्रहरीले घेरा हालेर प्रत्रकारहरुलाई समेत अलमलमा पारेर रबि लामिछानेलाई प्रहरी भ्यानमा लैजाने क्रममा स्थानीय प्रशासनले घोषणा गरेको निषेधित क्षेत्र कास्की…
Read More
कलाकारहरुको योगदानप्रति सम्मान आवश्यक

कलाकारहरुको योगदानप्रति सम्मान आवश्यक

काठमाडौं । नेपाल व्यावसायिक कलाकार संघले पुरस्कार वितरण तथा अग्रज कलाकार सम्मान गरेको छ । मंगलबार काठमाडौमा ३० औं स्थापना दिवस तथा राष्ट्रिय विभूति कलाकार अरनिको स्मृति दिवसको अवसरमा संघले उक्त कार्यक्रम सम्पन्न गरेको हो । सोही क्रममा उपप्रधान एंव सहरी विकासमन्त्री प्रकाशमान सिंहले पुरस्कृत हुने सबैलाई बधाई दिदैँ नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउनको लागि कलाकारहरुको महत्वपूर्ण योगदान रहने बताए । उनले भने, ‘नेपालको परिवेशमा कलाकारहरुले चित्र, मूर्तीलगायत विभिन्न माध्यमबाट तपाईहरुले उत्पादन गर्ने सामग्रहरुले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने भएको हुनाले यो योगदान एकदमै महत्वपूर्ण छ । कलाकारहरुको योगदानका लागि सम्मान गर्नुपर्छ ।’
Read More
एमाले बैठकबाट पारित १४ विशेष प्रस्ताव के के ?

एमाले बैठकबाट पारित १४ विशेष प्रस्ताव के के ?

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलको सांगठानिक प्रतिवेदन पारित गरेको छ । आइतबारदेखि सुरु भएको बैठक उक्त प्रतिवेदन पारित गर्दै मंगलबार सकिएको पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् । उनले भने, ‘तीन दिनसम्म चलेको लगातारको बैठकमा पार्टीका अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्नु भएको राजनीतिक प्रतिवेदन र महासचिव शंखर पोखरेलले प्रस्तुत गर्नु भएको संगठन सम्बन्धी जानकारी पारित भएको छ ।’ बैठकमा महत्वपूर्ण १४ वटा विशेष प्रस्तावहरु पारित गर्दै  बैठक समापन भएको छ । बैठका प्रस्तुत समसामयिक प्रस्तावहरू ः १. राष्ट्रिय हितको रक्षा, राजनीतिक स्थायित्व,…
Read More
एमाले केन्द्रीय समितिको बैठक सुरु, ओलीको प्रतिवेदनमाथि छलफल हुँदै

एमाले केन्द्रीय समितिको बैठक सुरु, ओलीको प्रतिवेदनमाथि छलफल हुँदै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय समितिको बैठक सुरु भएको छ ।आइतबार पार्टी कार्यलय च्यासलमा सुरु भएको बैठकमा पुस १८ गते बसेको सचिवालय बैठकले पारित गरेको पार्टी अध्यक्ष केपी शर्मा ओलीले पेस गर्ने राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ ।साथै, सरकार गठनपछि ६ महिनाको समीक्षा प्रतिवेदन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिमा पार्टीलाई कसरी अघि बढाउने विषयमा केन्द्रीय सदस्यले आ–आफनो धारणा राख्ने छन् ।बैठकको प्रारम्भमा अध्यक्ष ओलीले पछिल्लो राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा मन्तव्य दिनेछन् । अध्यक्ष ओली नेतृत्वमा सरकार गठन भएपछि पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो ।संसद्को हिउँदे अधिवेशनको पूर्व सन्ध्यामा बस्न लागेको बैठकले संविधान संशोधनलगायतका ‘एजेण्डा’ मा ठोस धारणा तय गर्ने…
Read More

जापानमा मंसिर १५ र १६ गते नेपाल फेस्टिवल’ , तयारी अन्तिम चरणमा

जापानमा मंसिर १५ र १६ गते नेपाल फेस्टिवल’ , तयारी अन्तिम चरणमा टोकियो । जापान हुन लागेको १४ औं नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमा पुगेको छ ।‘नेपाल र नेपालीको जापानमा पहिचान, १४औं नेपाल फेस्टिवलमार्फत नेपालमा पर्यटन प्रवद्र्धन’ भन्ने मूल नाराका मंसिर १५ र १६ गते (तदनुसार नोभेम्बर ३० र डिसेम्बर १ ) टोकियोको नाकानो सिकिनोमोरी पार्कमा फेस्टिवल हुन लागेको हो । विशेषगरी जापानमा ‘नेपाली हाउस’ निर्माणका लागि सहयोग जुटाउन यो फेस्टिवलको आयोजना गरिएको जनाइएको छ । जापानमा नेपाल र नेपालीको पहिचान झल्कने नेपाली हाउस नामक बहु सांस्कृतिक केन्द्रको निर्माण समेत यस फेस्टिवलको उद्देश्य रहेको आयोजक गैरआवसीय नेपाली संघ (एनआरएनए) जापानले…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.