लागूऔषध सहित ६ जना पक्राउ
काठमाडौं । प्रहरीले लागूऔषध सहित ६ जना पक्राउ गरेको छ । कैलारी गाउँपालिका-५ बड्कीपलियाबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १८० मिलिग्राम र चरेस जस्तो देखिने पदार्थ ५ ग्राम ९९० मिलिग्राम सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय आशाराम चौधरी र २५ वर्षीय अरमान चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । झापाको बिर्तामोड नगरपालिका-५ पुरानो भद्रपुर रोडबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६२० मिलिग्राम सहित सोही नगरपालिका-६ बस्ने ५० वर्षीय तमिज आलमलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी…
