स्वास्थ्य र समाज

आजको मौसम : पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

आजको मौसम : पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ र बाँकी भूभागमा आंशिक बादल लागेको छ । आज दिउँसो देशको पहाडी र हिमाली भूभागमा भूभागमा साधारणतया बादल लाग्नेछ । देशको बाँकी भूभागमा आंशिक बादल लाग्ने छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र…
Read More
मुगुमा भाइरल ज्वरोका कारण सयौं विरामी, एक जनाको मृत्यु

मुगुमा भाइरल ज्वरोका कारण सयौं विरामी, एक जनाको मृत्यु

मुगुमा भाइरल ज्वरोका कारण सयौं विरामी, एक जनाको मृत्यु मुगुको पश्चिम क्षेत्रमा पर्ने खत्याड गाउँपालिका–९ नर्खजी गाउँमा केही दिनदेखि फैलिएको भाइरल ज्वरोको कारण एक जनाको मृत्यु भएको छ भने सयौं जना बिरामी परेका छन् ।मृत्यु हुनेमा नर्खजी गाँउकी अन्दाजी बर्ष ५० की पन्चकली बिटालु रहेकी छन् । बिटालुलाई एक हप्ता पहिलेदेखि भाइरल ज्वरोले थला पारेको थियो । गाँउ घर र नजिकको स्वास्थ्य संस्थामा उपचार गर्दा पनि उपचार नभएपछि आइतबार मृत्यु भएको हो ।बिरामीहरुलाई ज्वरो आउने, खोकी लाग्ने ,टाउको दुख्ने ,रिंगटा लाग्ने, खकारमा रगत देखापर्ने लक्षण देखिदा सबैभन्दा बढी बालबालिका, महिलादेखि वृद्धवृद्धासम्म बिरामी परेको स्थानीय पहलमान रोकायाले बताए ।रोकायाका अनुसार फागुन…
Read More
आज स्वस्थानी व्रत समापन, देशभर विधिपूर्वक पूजा–आराधना

आज स्वस्थानी व्रत समापन, देशभर विधिपूर्वक पूजा–आराधना

काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दु धर्मावलम्बीले घरघरमा सुरु गरेको स्वस्थानी व्रत आज मध्याह्नकालपछि पूजा गरी समाप्त गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गर्दै आएका देशभरका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन्।सोही अवधिदेखि स्कन्द पुराणअन्तर्गत केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रूपमा वाचन तथा श्रवण गर्ने परम्परा पनि आज अन्त्य हुँदै छ। विधिपूर्वक एक महिने व्रत बसेका बर्तालुले आज १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता, विभिन्न…
Read More
४ वर्षदेखि अलपत्र पारिएको कन्काई पुलको निरीक्षणमा पुगे कुलमान

४ वर्षदेखि अलपत्र पारिएको कन्काई पुलको निरीक्षणमा पुगे कुलमान

झापा । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार १४ वर्षदेखि अलपत्र पारिएको झापाको कन्काई पुलको निरीक्षण गरेका छन् ।हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने कन्काई पुलको स्थलगत निरीक्षण गरी मन्त्री घिसिङले निर्माण प्रगतिबारे जानकारी लिनुकासाथै स्थानीयसँग छलफल गरेका थिए ।करिब ७२३ मिटर लम्बाइ भएको पक्की पुल डिजाइन एण्ड विल्ड ढाँचामा निर्माणका लागि आर्थिक वर्ष २०६७÷६८मा पप्पु महादेवखिम्ती संयूक्त उपक्रम (जेभी)सँग करिब ५१ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । पुल निर्माणको भौतिक र वित्तीय प्रगति करिब ५५ प्रतिशत मात्र छ ।लामो समयदेखि पुल अलपत्र पारिएको जानकारी आफूले पाएको उल्लेख…
Read More
आज गाईजात्रा, देशभर विभिन्न कार्यक्रको आयोजनागरी मनाइँदै

आज गाईजात्रा, देशभर विभिन्न कार्यक्रको आयोजनागरी मनाइँदै

काठमाडौँ। आज गाईजात्रा पर्व । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत पर्व ‘गाईजात्रा’ आज देशभर विभिन्न कार्यक्रको आयोजनागरी मनाइँदैछ। गाईजात्रा खासगरी एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा मनाइने गरिन्छ । गाई र जात्रा अर्थात् यस दिन माता र पृथ्वीको रूपमा हिन्दु संस्कारमा पूजनीय गाई को जात्रा पनि हो । इतिहासका पन्नाहरुमा लेखिएका र किंवदन्तिहरुका अनुसार यस दिन काठमाडौँ उपत्यका वासीहरूले यम अर्थात् मृत्युका देवता यमराजलाई पूजा गर्ने गर्दछन् । आजको दिन दिवंगत आफन्तको सम्झनामा गाई वा गाईको भेषमा सजिएका मानिसलाई आ–आफ्नो क्षेत्रमा परिक्रमा गराउने गरिन्छ। धार्मिक विश्वास अनुसार, यसरी नगरपरिक्रमा गर्दा मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर…
Read More
आज साउन १५ : खीर खाएर मनाइँदै

आज साउन १५ : खीर खाएर मनाइँदै

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदैछ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खीरलगायत मिठाई विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हो । वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रूपमा गाईको दूधमा पायस अर्थात् खीर बनाएर खुवाउने चलन अझै कायमै छ  । चामल, सावधाना, सेवई, मकै, गाजरलगायतको खीर बनाउने गरिन्छ । सावधानलाई फलफूलकै वर्गमा राखिन्छ । यसैगरी, साउन महिनामा हरियो मकै धेरै…
Read More
पशुपति क्षेत्रमा ऐतिहासिक लाखे झ्यालिन्छ नाच सुरू

पशुपति क्षेत्रमा ऐतिहासिक लाखे झ्यालिन्छ नाच सुरू

काठमाडौं । पशुपति क्षेत्रमा विगत लामो समयदेखी रोकिएको ऐतिहासिक लाखे झ्यालिन्छ नाच श्रावण शुक्ल पञ्चमीदेखि सुरू भएको छ । जयवागेश्वरी, देवपत्तनमा ऐतिहासिक लाखे झ्यालिन्छ नाचको पुनःरुत्थान गरिएको भण्डार तहविलका द्वारे रामकृष्ण डंगोलले बताए । उनले लामो समयदेखी रोकिएको नाचको स्थानीय संस्कृति तथा सम्पदाप्रेमीहरूको सक्रियताबाट पौराणिक र नेवारी संस्कृति झल्काउने नाचलाई पुनर्जीवन दिइएको बताए । श्रावण शुक्ल पञ्चमीदेखि भाद्र कृष्ण सप्तमीसम्म १७ दिन यो नाच सञ्चालन हुनेछ ।  पशुपति क्षेत्रमा प्रस्तुत गरिने लाखे नाचले भूतप्रेत नलागोस्, मरेका आत्माले दुःख नदिऊन् र मृतकको आत्माले चिरशान्ति पाओस् भन्ने कामनाका साथ स्थानीयहरूको अनुरोधमा घर–घरमा समेत प्रदर्शन गरिने प्रचलन रही आएको छ । विगतमा लामो…
Read More
मुगुमा ‘महिला नै पहिला’ अनुपम अभियान

मुगुमा ‘महिला नै पहिला’ अनुपम अभियान

मुगुमा ‘महिला नै पहिला’ अनुपम अभियान मुगु । महिला अधिकार कृन्दको नेतृत्व तथा अनुपम अभियानले मुगुमा ‘महिला नै पहिला’ अभियान आयोजना गरेको छ । आइतवार सदरमुकाम गमगढी बजारमा रहेको जिल्ला समन्वय समितिको कार्यालयबाट निकालिएको पेलेकाटमा ‘०८४ मा हुनुपर्ने पहिला, घर चलाउने महिलाले देश चलाउन सक्छन’ भने नारासहित र्याली आयोजना गरेको हो । र्याली कृष्ण चोक, मिलनचोक हँुदै बखत पुगेर कोणसभामा परिणत भएको थियो । राज्यका हरेक निर्णायक तहमा ‘महिला नै पहिला’ हुनुपर्ने आवाज उठाउँदै महिलाले देशव्यापी रुपमा अभियान चलिरहेको अवस्थामा मुगुमा अगुवा क्रियाशील राजनीति दलमा अगुवा महिलाहरु एक आवाजका साथ कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रममा मुगुमा रहेका चार स्थानीय…
Read More
जुम्लामा यान्त्रिक कार्यालय स्थापना हुने

जुम्लामा यान्त्रिक कार्यालय स्थापना हुने

जुम्लामा यान्त्रिक कार्यालय स्थापना हुने मुगु । कर्णाली प्रदेशको जुम्लामा रहेको हिमा गाउँपालिकामा यान्त्रिक कार्यालय स्थापना हुने भएको छ । तीन जिल्लाको केन्द्र बिन्दु मानिएको हिमा गाँउपालिकामामा जुम्ला कालिकोट र मुगु तीनवटै जिल्लालाई सेवा प्रवाहमा सजिलो हुनेगरि हिमामा यान्त्रिक कार्यालय स्थापना हुने भएको हो । हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले सडक विभागका महानिर्देशक तथा यान्त्रिक महाशाखा उप–महानिर्देशकसंग हिमामा यान्त्रिक कार्यालय स्थापनाका लागि माग गरेको मागलाई सरोकारवाला निकायले सम्बोधन गरेका थिए । यान्त्रिक कार्यालयलाई आवश्यक पर्ने आठ रोपनी जग्गा गाउँपालिकाले उपलब्ध गराउन सकेमा छिटै यान्त्रिक कार्यालय स्थापना गर्न सकिने सडक विभागले जानकारी दिएको छ  । यान्त्रिक कार्यालयले आइतबार हिमा गाउँपालिकालाई…
Read More
आज शेर्पा समुदायको ग्याल्पो ल्होसार, विविध कार्यक्रमहरु गरेर मनाईँदै

आज शेर्पा समुदायको ग्याल्पो ल्होसार, विविध कार्यक्रमहरु गरेर मनाईँदै

आज शेर्पा समुदायको ग्याल्पो ल्होसार, विविध कार्यक्रमहरु गरेर मनाईँदै काठमाडौँ । आज ग्याल्पो ल्होसार । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रमहरु आयोजना गरी आज मनाइँदै छ । शेर्पा समुदायले नयाँ वर्षका रूपमा २१५२औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । ल्होसार मनाउने समुदायमा ‘ल्होसार’ अर्थात् वर्षहरू बाह्र वटा हुन्छन् । ती वर्षका नामहरूलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर जस्ता पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको पाइन्छ । ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइन्छ । ग्याल्पो ल्होसार भोटका नवौँ…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.