विद्युत् व्यापारमा दोहोरो भ्याट नलाग्ने, ईभीमा मूल्यका आधारमा भन्सार लाग्ने : अर्थमन्त्री वाग्ले
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युत् शक्तिको कारोबार गर्ने एक व्यवसायीले अर्को व्यवसायीलाई विद्युत् बिक्री गर्दा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने व्यवस्था गरिएको बताएका छन् । अन्तिम उपभोक्तालाई मात्र प्रभाव पर्ने गरी भ्याट प्रणाली लागू गरिने उनले स्पष्ट पारे । बुधबार प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको बैठकमा बोल्दै मन्त्री वाग्लेले कर प्रणालीलाई सरल, वैज्ञानिक र लगानीमैत्री बनाउन विभिन्न नीतिगत सुधार गरिएको जानकारी दिए । उनका अनुसार अब वार्षिक १० लाख रुपैयाँसम्म आय हुने करदाताले १ प्रतिशत मात्र आयकर तिरे पुग्नेछ । साथै, आयकरको माथिल्लो दर (मार्जिनल कर दर) ३९ प्रतिशतबाट घटाएर २९ प्रतिशत कायम गरिएको छ । मन्त्री वाग्लेले आफ्ना छोराछोरीको…
