४७.९३ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट
काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसुचक ४७.९३ अंकले घटेको छ । यससँगै कारोबार रकममा समेत गिरावट आएको छ ।नेप्सेमा आएको गिरावट सँगै आज परिसुचक २९५४.१४ बिन्दुमा झरेर रोकिएको छ । अघिल्लो दिन नेप्से तीन हजार बिन्दु माथि उक्लीएको थियो । यस दिन कुल ३२७ स्टकको १६ अर्ब ४४ करोड १३ लाख ५४ हजार ४०८ रुपैयाँको ३ करोड ६४ लाख १७ हजार ७४२ कित्ता शेयर कारोबार भएको छ । १ लाख ४१ हजार ५२० पटकको कारोबारमा उक्त कारोबार भएको हो । अघिल्लो कारोबार दिन मंगलबार १८ अर्ब ५२ करोड ९३ लाख २२ हजार ८८५ रुपैयाँ बराबरको ४ करोड…
