असहज आर्थिक परिस्थितिमा आएको बजेट सन्तुलित ः अध्यक्ष केसी
काठमाडौं । बैर्कस संघका अध्यक्ष सुनिल केसीले असहज आर्थिक परिस्थितिबाट देश गुज्रिएको समयमा सरकारले ल्याएको बजेट सन्तुलित भएको धारणा राखेका छन् । आज काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बजेटमा समावेश भएका विषयहरुमा निजी क्षेत्र र सरोकारवालासँग गरेको अन्र्तक्रियामा अध्यक्ष केसीले नेपालको असहज आर्थिक अवस्थाको समयमा आएको बजेटले साबै क्षेत्रलाई सन्तुलित रुपमा समेटेको टिप्पणी गरेका हुन् । उनले भने, ‘अत्यन्त विषम परिस्थितिमा र अन्तर्राष्ट्रिय रुपमा पनि अप्ठेरो भैरहेको परिस्थितिमा यो बजेट आएको छ। बजेटबाट धेरैले विभिन्न क्षेत्रबाट आशा राखेका थिए । विशेषगरी वर्षमान पुन अर्थनमन्त्री भैसकेपछि ठूलो आशा थियो । यो बीचमा जुन किसिमले बजेट आयो त्यसलाई अहिलेको समय अनुसार…
