इरानलाई ट्रम्पको ४८ घण्टाको अल्टिमेटमः हर्मुज जलमार्ग नखोले विद्युत केन्द्र ध्वस्त पार्ने धम्की
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिँदै ४८ घण्टाभित्र हर्मुज जलमार्ग पूर्ण रूपमा र विना कुनै अवरोध नखोले इरानका विद्युत केन्द्रहरू ध्वस्त पारिदिने धम्की दिएका छन् । सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा आइतबार पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले भनेकाछन, ‘यदि इरानले अहिलेको समयबाट ठीक ४८ घण्टाभित्र हर्मुज जलमार्ग पूर्ण रूपमा खोल्दैन भने, संयुक्त राज्य अमेरिकाले इरानका विभिन्न विद्युत केन्द्रहरूमा आक्रमण गरी तिनलाई नामेट पारिदिनेछ, जसको सुरुवात सबैभन्दा ठूलो विद्युत केन्द्रबाट हुनेछ ।’ यता अमेरिकी सेन्ट्रल कमाण्डले पनि अमेरिकी नागरिक र छिमेकी राष्ट्रहरूविरुद्ध शक्ति प्रदर्शन गर्ने इरानको क्षमतालाई निस्तेज पार्नु नै आफूहरूको स्पष्ट सैन्य उद्देश्य रहेको बताएको छ ।…
