खेलकुद

अर्जेन्टिना फिफाको कारबाहीमा पर्न सक्ने जोखिम

अर्जेन्टिना फिफाको कारबाहीमा पर्न सक्ने जोखिम

काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इंग्ल्यान्डलाई पराजित गरेपछि राजनीतिक सन्देश बोकेको ब्यानर प्रदर्शन गरेका कारण अर्जेन्टिनाका मिडफिल्डर जियोभानी लो सेल्सो र टोलीमाथि फिफाले कारबाही गर्न सक्ने सम्भावना देखिएको छ । द एथलेटिक का अनुसार अमेरिकाको एटलान्टामा भएको खेलपछि लो सेल्सोले ‘माल्भिनास अर्थात फकल्याण्ड अर्जेन्टिनाकै हो’ लेखिएको ब्यानर प्रदर्शन गरेका थिए । फकल्याण्ड टापुलाई अर्जेन्टिनाले माल्भिनास भन्ने गरेको छ । जुन दक्षिण–पश्चिम एटलान्टिक महासागरमा रहेको बेलायतको विदेशी भूभाग हो । लो सेल्सोले उक्त ब्यानर डिफेन्डर निकोलास ओटामेन्डीसँग मिलेर केहीबेर समातेका थिए भने पछि मैदानमै राखेका थिए । उक्त टापुमाथिको सार्वभौमिकताको विषयमा अर्जेन्टिना र बेलायतबीच दशकौँदेखि विवाद रहँदै आएको छ…
Read More
फिफा विश्वकप : क्रोएसियासँग पानामा १-० ले पराजित 

फिफा विश्वकप : क्रोएसियासँग पानामा १-० ले पराजित 

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा क्रोएसियाले जित हात पारेको छ ।  क्यानडाको टोरन्टो स्टेडियममा सम्पन्न खेलमा क्रोएसियाले पानामालाई १-० ले पराजित गरेको छ । दोस्रो हाफ सुरु भएपछि मैदान प्रवेश गरेका आन्ते बुडिमिरले गोल गर्दै अग्रता दिलाए । बुडिमिरले खेलको ५४औं मिनेटमा गोल गर्दै क्रोएसियालाई १-० अग्रता बनाए ।  पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा पानामाले दोस्रो हाफमा केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन । 
Read More
फिफा विश्वकप २०२६ : विश्वकपमा घानाको रोमाञ्चक जित, पानामा १–० ले पराजित

फिफा विश्वकप २०२६ : विश्वकपमा घानाको रोमाञ्चक जित, पानामा १–० ले पराजित

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १–० ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ। क्यानडाको टोरन्टोस्थित बीएमओ फिल्डमा बिहीबार बिहान सम्पन्न खेलमा घानाले अन्तिम क्षणमा गोल गर्दै महत्वपूर्ण तीन अंक हासिल गरेको हो। खेलको पहिलो हाफमा पानामाले प्रभावशाली प्रदर्शन गर्दै अधिकांश समय बल नियन्त्रणमा राखेको थियो। थोमस क्रिस्टियान्सेनको प्रशिक्षणमा रहेको टोलीले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि घानाको रक्षापंक्तिलाई भेद्न सकेन। दोस्रो हाफमा भने घानाले खेलमा सुधार गर्दै आक्रामक शैली अपनायो। निर्धारित ९० मिनेटसम्म दुवै टोली गोलरहित बराबरीमा रहे पनि इन्जुरी समयको पाँचौँ मिनेटमा क्यालेब यिरेन्की नायक बने। ब्रान्डन थॉमस–असान्टे र एन्टोइन सेमेन्योको…
Read More
रुग्वेलाई साउदीको कडा चुनौती, खेल १–१ को बराबरीमा टुंगियो

रुग्वेलाई साउदीको कडा चुनौती, खेल १–१ को बराबरीमा टुंगियो

काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा उरुग्वे र साउदी अरबले अंक बाँडेका छन् ।  अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा मंगलबार बिहान सम्पन्न भएको खेल १–१ को बराबरीमा सकिएको हो । खेलको पहिलो हाफमा साउदी अरबले प्रभावशाली प्रदर्शन गर्दै अग्रता बनाएको थियो । ४१औं मिनेटमा अब्दुल्लाह अलाम्रीले गोल गर्दै साउदीलाई १–० को अवस्थामा पु¥याएका थिए । खेलको ८०औं मिनेटमा म्याक्सी अराजोले गोल गरे । अराजोको गोलसँगै खेल १–१ को बराबरीमा पुगेको छ । बाँकी समयमा दुवै टोलीले निर्णायक गोलका लागि प्रयास गरे पनि सफल हुन सकेनन् ।  मंगलबार भएको पहिलो खेलमा बेल्जियम र इजिप्टले पनि १–१ को बराबरी खेलेका…
Read More
महिला टी–२० क्रिकेट : नेपाल र मलेसिया भिड्दै

महिला टी–२० क्रिकेट : नेपाल र मलेसिया भिड्दै

काठमाडौं । एसियन गेम्स महिला टि:२० क्रिकेट छनोटअन्तर्गत खेलमा नेपालले आज (शनिबार) मलेसियासँग भिड्दैछ । मलेसियाको क्वालालम्पुरस्थित वायोमास ओभलमा हुने खेल नेपाली समयअनुसार बिहान पौने १२ बजेबाट सुरु हुनेछ । समूह चरणको पहिलो खेलमा नेपालले चीलाई १९ रन र इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको थियो । नेपाल समूह बीको विजेता हुँदै सेमिफाइनलमा पुगेको हो । नेपाली टोली आजको खेलमा विजयी भए फाइनलमा पुग्ने छ ।
Read More
विश्वकप लिग–२ : आज नेपाल र अमेरिका भिड्दै

विश्वकप लिग–२ : आज नेपाल र अमेरिका भिड्दै

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानको अन्तिम खेलमा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ः३० बजे सुरु हुनेछ । घरेलु मैदानमा जारी लिग–२ शृङ्खलाको अन्तिम खेललाई नेपालले सुखद् बनाउने लक्ष्य राखेको छ । अघिल्लो खेलमा अमेरिकामाथि शानदार जित निकालेको नेपाल उच्च मनोबलका साथ मैदान उत्रिँदैछ । अमेरिका भने उक्त हारको बदला लिने योजनामा छ । समान २७ खेल खेले पनि अंक तालिकामा नेपाल पाँचौँ स्थानमा छ भने अमेरिका शीर्ष स्थानमा रहेको छ । अमेरिकाले २७ खेलमा १९ जितसहित ३८ अंक जोडेको छ । नेपालले भने १० खेल जित्दा १५ खेलमा हार…
Read More
आइसिसी विश्व कप लिग २ : कुशलको शतकमा अमेरिकामाथि नेपालको सानदार जित

आइसिसी विश्व कप लिग २ : कुशलको शतकमा अमेरिकामाथि नेपालको सानदार जित

काठमाडौं । आइसिसी विश्व कप लिग २ मा नेपालले अमेरिकालाई ९ विकेटको फराकिलो अन्तरमा हराएको छ ।कुशल भुर्तेलको सानदार शतकमा नेपालले अमेरिकालाई हराएको हो । जितका लागि १ सय ९६ रनको सामान्य लक्ष्य नेपालले ३६.४ ओभरमा १ विकेटको नोक्सानीमा पूरा गरेको हो ।नेपालको जितमा कुशलको शतकमा आशिफको साझेदारी र दीपेन्द्र सिंह ऐरीको बलिङ प्रमुख रह्यो ।ओपनरद्वय कुशल र आशिफले उत्कृष्ट सुरूवात दिलाए । अमेरिकन बलरहरूलाई निरिह बनाउँदे नेपालले पहिलो विकेटका लागि १ सय ४५ रनको साझेदारी गरे ।२६.३ ओभरमा अमेरिकाका मोहम्मद मोहसिनले यो ठुलो साझेदारी तोडे । आशिफ ७२ बल खेल्दै ५८ रन बनाएर आउट भए । यो क्रममा आशिफले…
Read More
आईपीएल : बैंगलुरुसँग मुम्बई २ विकेटले पराजित

आईपीएल : बैंगलुरुसँग मुम्बई २ विकेटले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यलोन्जर्स बैंगलुरुले रोमाञ्चक जित हात पारेको छ । गए राति राजपुरमा सम्पन्न खेलमा मुम्बई इन्डियन्सलाई २ विकेटले हराउँदै बैंगलुरु विजयी भएको हो । १६७ रनको लक्ष्य पछ्याएको बैंगलुरुले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा पूरा ग¥यो । बैंगलुरुका क्रुणाल पाण्ड्याले ७३ रनको अर्धशतकीय पारी खेले । जकोब बेथेलले २७ रन बनाए । जितेश शर्माले १८ तथा देवदत्त पडिक्कलले १२ रन बनाए । मुम्बईका कोर्बिन बोशले सर्वाधिक ४ विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १६६ रन बनाएको थियो । मुम्बईका तिलक वर्माले ५७…
Read More
आईपीएल क्रिकेटमा दिल्लीविरुद्ध कोलकाताको जित

आईपीएल क्रिकेटमा दिल्लीविरुद्ध कोलकाताको जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले सहज जित निकालेको छ ।शुक्रबार राति दिल्लीमा सम्पन्न खेलमा दिल्ली क्यापिटल्सलाई ८ विकेटले हराउँदै कोलकाता विजयी भएको हो ।दिल्लीले दिएको १ सय ४३ रनको लक्ष्य कोलकाताले १४ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गरेको थियो ।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४२ रन बनाएको थियो ।कोलकाताका फिन एलेनले सर्वाधिक एक सय रनको शतकीय पारी खेले । यस्तै, क्यामरुन ग्रीनले ३३, अजिन्क्या रहाणेले १३ रन जोडे । दिल्लीका अक्षर पटेले १ विकेट लिए ।दिल्लीका पथुम निसान्काले ५० रनको अर्धशतकीय इनिङ खेले…
Read More
विश्वकप लिग–२ :नेपाल आज ओमानसँग प्रतिस्पर्धा गर्दै

विश्वकप लिग–२ :नेपाल आज ओमानसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, युएई र ओमानबीच जारी ओडीआई शृंखलामा नेपालले आज आफ्नो दोस्रो खेल खेल्दै छ ।नेपालले आजको खेलमा ओमानसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल बिहान साढे ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । घरेलु मैदानमा हुने यस खेललाई लिएर नेपाली समर्थकहरू उत्साहित छन् ।यसअघि आफ्नो पहिलो खेलमा नेपालले युएईलाई पराजित गर्दै शृंखलामा सुखद सुरुवात गरेको थियो । नेपालले उत्कृष्ट प्रदर्शन गर्दै महत्वपूर्ण दुई अंक हात पारेको थियो ।यता ओमानले भने आफ्नो पहिलो खेलमा युएईसँग हार बेहोरेको थियो । त्यसैले आजको खेल ओमानका लागि पुनरागमनको अवसरका रूपमा रहेको छ भने नेपाल लगातार…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.