इटहरी गोल्डकपको उपाधिको लागि गछिया युवा समाजलाई
विराटनगर । १६ औँ संस्करणको अन्तराष्टिय आमन्त्रण इटहरी गोल्ड कपको उपाधि गछिया युवा समाजले जितेको छ । इटहरी रंगशालामा सोमबार भएको रात्रीकालीन खेलमा बुढासुब्बा गोल्डकप च्याम्पियन प्लानिङ ब्वाइज युनाईटेडलाई १–० गोल अन्तरले पराजित गर्दै गछियाले उपाधि जितेको हो । गछियालाई उपाधि जिताउन दोर्जे तामाङले निर्णायक गोल गरे । उनले खेलको ८७औँ मिनेटमा गरेको गोलनै निर्णायक बन्यो । रामबाजीले प्रहार गरेको कर्णर बल प्लानिङका डिफेन्डरबाट रिफ्लेक्ट भएर आएको थियो । उक्त बललाई दार्जेले उत्कृष्ट गोल गरे । उनी फाइनल खेलको म्यानअफद म्याच घोषित हुँदै नगद १० हजार हात पार्न सफल भए । प्रतियोगिताको विजेता टिम गछियाले नगद १० लाख रुपैयाँ र…
