खेलकुद

टी–२० विश्वकपमा पाकिस्तानको लगातार दोस्रो जित

काठमाडौं । पाकिस्तानले आईसीसी टी–२० विश्वकपमा अमेरिकालाई ३२ रनले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ । कोलोम्बोस्थित सिन्हालेस स्पोट्र्स क्लब (एसएससी) ग्राउण्डमा भएको खेलमा पाकिस्तानले दिएको १९१ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५८ रन मात्र बनाउन सक्यो । शुभम रन्जानेको अर्धशतक तथा शायन जहागिरको ४९ रन बनाएपनि अमेरिकाले जितसम्म पुग्न सकेन ।अमेरिका लागि रन्जानले ३० बलमा ३ चौका र३ छक्का प्रहार गर्दै सर्वाधिक ५१ रन बनाए । ओपनर जहांगिरले ३४ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ४९ रन बनाएर आउट भए ।मिलिन्द कुमारले २२ बलमा २९ तथा ओपनर विकेटकिपर आन्द्रेस गौसले…
Read More
मुम्बईपछि चेन्नई पुगेको नेपाली टोली आज यूएईसँग अभ्यास खेल खेल्दै

मुम्बईपछि चेन्नई पुगेको नेपाली टोली आज यूएईसँग अभ्यास खेल खेल्दै

काठमाडौं । आईसीसी विश्वकपको तयारीलाई तीव्र बनाउँदै नेपाली राष्ट्रिय क्रिकेट टोली मुम्बईमा दुई अभ्यास खेल सकेर चेन्नई पुगेको छ। नेपालले विश्वकपअघि चेन्नईमा दुई वटा ‘वाम–अप’ खेल खेल्दै अन्तिम तयारी गर्नेछ। नेपालले पहिलो अभ्यास खेलमा आज संयुक्त अरब इमिरेट्स (यूएई)सँग प्रतिस्पर्धा गर्नेछ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार खेल साँझ ५ः१५ बजे चेन्नईस्थित एमए चिदम्बरम रङ्गशालामा हुनेछ। नेपाल र यूएईबीच लामो समयदेखि प्रतिस्पर्धात्मक खेल हुँदै आएका छन्। यस्तै, नेपालले दोस्रो अभ्यास खेल बिहीबार क्यानडासँग खेल्नेछ। दुवै अभ्यास खेल विश्वकप खेलिने एमए चिदम्बरम मैदानमै आयोजना हुँदैछन्, जसले टोलीलाई मैदान र परिस्थितिसँग अभ्यस्त हुन सहयोग गर्ने अपेक्षा गरिएको छ। नेपालले फेब्रुअरी ८ मा इङ्ल्यान्डसँग…
Read More
काठमाडौंमा आजदेखि आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट

काठमाडौंमा आजदेखि आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट

काठमाडौं । नेपालले महिला क्रिकेटतर्फ अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना गर्दै आजदेखि आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिता सुरु गर्दैछ। नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुन लागेको यो प्रतियोगिताको उद्घाटन खेलमा नेपाली महिला क्रिकेट टोलीले आइतबार घरेलु मैदानमा थाइल्याण्डको सामना गर्नेछ। नेपाल–थाइल्याण्डबीचको खेल बिहान ९ बजेदेखि त्रिवि क्रिकेट मैदानमा हुनेछ । प्रतियोगिताको पूर्वसन्ध्यामा शनिबार साँझ क्यानले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली टोलीले यसपटक अघिल्लो संस्करणभन्दा सुधारिएको प्रदर्शन गर्ने विश्वास व्यक्त गरिएको छ। टोलीकी कप्तान इन्दु वर्माले घरेलु मैदानको फाइदा उठाउँदै सुधारिएको ब्याटिङ, फिल्डिङ र टोली समन्वयका आधारमा कम्तीमा सुपर सिक्स चरणसम्म पुग्ने लक्ष्य रहेको बताइन्। १० देशको सहभागिताप्रतियोगितामा…
Read More
एनपीएल :लिग चरणको अन्तिम खेलमा आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदै

एनपीएल :लिग चरणको अन्तिम खेलमा आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुँदैछ । लिग चरणको अन्तिम खेलमा आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी खेलमा आइतबार अपराह्न ३ः३० बजे कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्ने भएका हुन् । छ खेलबाट समान दुई अङ्क जोडेका यी दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् भने आज प्रतिष्ठाका लागि मात्र खेल्दैछन्। कर्णालीका कप्तान सोमपाल कामी हुन् भने जनकपुरका आशिफ शेख छन् । जनकपुरले अधिकांश खेलमा कप्तान परिवर्तन गर्दै आएको छ । प्रतियोगितामा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स क्वालिफायरका लागि छनोट भएका छन् भने…
Read More
एनपीएलमा आज दुई खेल हुँदै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० अन्तर्गत शनिबार समूह चरणका दुई खेल हुँदैछन् ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज हुने पहिलो खेल सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबिच बिहान ११ बजे हुनेछ ।यी दुवै टोली प्लेअफमा पुगिसकेका छन् । लगातार ६ खेल जितेको सुदूरपश्चिम १२ अंकसहित तालिकाको शिर्ष स्थानमा छ । सुदूरपश्चिम एनपीएल क्रिकेटको दोस्रो संस्करणमा एक मात्र अपराजित टोली हो ।यस्तै ६ खेलमा विराटनगरको ४ मा जित र २ खेलमा हार रहेको छ । विराटनगर ८ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । तालिकाको दोस्रो स्थानमा १० अंकसहित काठमान्डु गोर्खाज रहेको छ ।यस्तै दोस्रो खेलमा चितवन राईनोज र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्…
Read More
टी–२० विश्वकप छनोट : उपाधिका लागि आज नेपाल सामोआसँग भिड्दै

टी–२० विश्वकप छनोट : उपाधिका लागि आज नेपाल सामोआसँग भिड्दै

काठमाडौं । टी–२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि आज नेपाल सामोआसँग भिड्दैछ । शुक्रबार ओमानमा जारी टी–२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि अपराह्न सवा ४ बजे नेपाल र सामोआबीच खेल हुन लागेको हो । दुवै टिमले प्रतियोगिताको आफ्नो अन्तिम खेल खेल्दैछ भने नेपाल अहिलेसम्म अपराजित छ । समूह चरणमा जापान र कतारलाई पराजित गर्दै शीर्ष ६ मा पुगेको नेपाल अंक तालिकामा ८ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको युएईको ६ अंक छ । यस्तै ओमानको पनि ६ अंकसहित तेस्रो स्थानमा छ । उसले आज अन्तिम खेल जापानसँग बिहान ११ बजे खेल्दैछ । आज नेपालले…
Read More
कुलमानले गरे टियू क्रिकेट मैदानको अनुगमन, चाँडो काम सक्न निर्देशन

कुलमानले गरे टियू क्रिकेट मैदानको अनुगमन, चाँडो काम सक्न निर्देशन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास र ऊर्जा मन्त्री कुलमान घिसिङले टियु क्रिकेट मैदानको अनुगमन गरेका छन् ।  बिहीबार मन्त्री घिसिङले किर्तिपुरस्थित टियू क्रिकेट मैदानको अनुगमन गरेका हुन् । उक्त मैदानको अनुगमन गर्दै उनले टियु क्रिकेट मैदान राष्ट्रिय महत्वको कुरा भएको बताए । उनले यो नेपालको आवश्यकता भएकाले जुनसुकै सरकार आए पनि टियु क्रिकेट मैदानलाई प्राथमिकता दिएरै अगाडि लानुपर्ने बताए । उनले  भने, ‘धेरै खेलको पूर्वाधारहरु बनाउनुपर्ने छ । अरुपनि पूर्वाधारहरुलाई हामीले प्राथमिकतामा राखेर काम गरिरहेका छौं । टियू क्रिकेट मैदान राष्ट्रिय महत्वको कुरा हो । यो नेपालको आवश्यकता हो । आम नेपाली जनताको वा खेलाडीहरुको चाहना हो…
Read More
टी–२० विश्वकप छनोट : कुवेतसँग ५८ रनले विजयी हासिल

टी–२० विश्वकप छनोट : कुवेतसँग ५८ रनले विजयी हासिल

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटमा नेपालले पहिलो खेलमा विजयी हासिल गरेको छ । छनोटअन्तर्गत बुधबार भएको आफ्नो पहिलो खेलमा नेपालले कुवेतसँग ५८ रनले विजयी हासिल गरेको हो । नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको कुवेत १८ ओभर १ बलमा ८३ रन मात्र बनाउन सक्यो । बलिङमा नेपालका कप्तान रोहित पौडेल, सन्दीप लामिछाने र ललित राजवंशीले २–२, नन्दन यादव, कुशल भुर्तेल र सोमपाल कामीले एकएक विकेट लिए । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १४१ रन बनाएको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ५६ बलमा ६६ रनको योगदान गरेका दिए ।…
Read More
नेपाली राष्ट्रिय फुटबल टोली आज भियतनाम जाँदै

नेपाली राष्ट्रिय फुटबल टोली आज भियतनाम जाँदै

काठमाडौं । भियतनाम विरुद्धको एएफसी एसियन कप छनोट खेल्न नेपाली राष्ट्रिय फुटबल टोली आज त्यसतर्फ जाने भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी एवम् सदस्यले नेपाली टोलीलाई सोमबार बिदाइ गरेका थिए । नेपालले भियतनामसँग होम र अवे दुवै खेल खेल्नेछ भने दुवै खेल नेपालले भियतनाममा नै खेल्नेछ । खेल असोज २३ र २८ गते (अक्टोबर ९ र १४ ) हुनेछ । समूह ‘एफ’ मा रहेको नेपालले यसअघि लाओससँग २–१ र मलेसियासँग २–० को हार बेहोरेको थियो । यही कारण छनोटको लागि भियतनाम विरूद्धको खेल निकै महत्वपूर्ण रहनेछ । नेपालले…
Read More
विश्वकपको छनोटको तयारी ः आज नेपाल कतारसँग भिड्दै

विश्वकपको छनोटको तयारी ः आज नेपाल कतारसँग भिड्दै

काठमाडौं  । आईसीसी टी–२० विश्वकपको छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम आज कतारसँग भिड्दै छ। विश्वकप छनोट अघि अभ्यास खेल खेलिरहेको नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्न लागेको हो। नेपाल र कतारको अभ्यास खेल सोमबार दिउँसो ४ः१५ बजे सुरु हुनेछ। यसअघि शनिबार भएको ओमानविरुद्धको वार्मअप म्याचमा नेपाल ६ विकेटले विजयी भएको थियो। शनिबारको पहिलो वार्मअप म्याचमा ओमानले प्रस्तुत गरेको १ सय ११ रनको लक्ष्य नेपालले १७ ओभरको समाप्तिमा चार विकेटको क्षतिमा पूरा गरेको हो।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.