पोखराले अपराजित जनकपुरलाई दियो १३९ रनको लक्ष्य
पोखराले अपराजित जनकपुरलाई दियो १३९ रनको लक्ष्य काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आजको खेलमा पोखरा एभेन्जर्सले अपराजित जनकपुर बोल्ट्सलाई १३९ रनको लक्ष्य दिएको छ । पहिलो जितको खोजीमा रहेको पोखराले जनकपुरलाई १ सय ३९ रनको मध्यम लक्ष्य दिएको हो । टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३८ रनको मध्यम योगफल तयार गरेको हो । पोखराका लागि म्याट क्रिचलेले सर्वाधिक ३५ रन जोडे । उनले ३० बलमा ३ चौका र १ छक्का प्रहार गरेका थिए । ३५ रन बनाउँदै क्रिचले ललित नारायण राजवंशीको बलमा कप्तान अनिल शाहबाट क्याच…
