खेलकुद

विश्वकप लिग २ : अमेरिकासँगको पहिलो खेलमा नेपाल पराजित

विश्वकप लिग २ : अमेरिकासँगको पहिलो खेलमा नेपाल पराजित

विश्वकप लिग २ : अमेरिकासँगको पहिलो खेलमा नेपाल पराजित काठमाडौं । आईसीसी विश्वकप लिग–२ मा नेपाल अमेरिकाविरुद्ध ३ विकेटले पराजित भएको छ । २८७ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९.४ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो । अमेरिकालाई जिताउन ओपनर शयान जहाजिंगरले ९७ बलमा १२ चौका र ४ छक्कासहित १०४ रनको शतकीय पारी खेले। उनको नेपालविरुद्ध दोस्रो शतक हो । यसअघि विश्वकप छनोट २०२३ मा पनि नेपालविरुद्ध शतक बनाएका थिए । कप्तान मोनांक पटेलले ७६ बलमा ५ चौका प्रहार गर्दै ६२ रन बनाए । नेपालका लागि कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गर्दै ६ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए। सोमपाल…
Read More
साफ वुमेन्स च्याम्पियनसिप ः आज भारतसँग सेमिफाइनल खेल्दै नेपाल

साफ वुमेन्स च्याम्पियनसिप ः आज भारतसँग सेमिफाइनल खेल्दै नेपाल

साफ वुमेन्स च्याम्पियनसिप ः आज भारतसँग सेमिफाइनल खेल्दै नेपाल काठमाडौं । काठमाडौंमा जारी साफ वुमेन्स च्याम्पियनसिप अन्तर्गत आजदेखि सेमिफाइनल चरणका खेलहरु हुँदैछन् । सेमिफाइनलमा आइतबार बंगलादेश र भुटान तथा नेपाल र भारतबीच प्रतिस्पर्धा हुने भएको छ । दशरथ रंगशालामा नेपाल र भारतबीचको खेल साँझ साढे ६ बजे हुनेछ । महिला साफमा भारत पाँच पटकसम्मको च्याम्पियन हो भने नेपालसँगको पाँचौं भेट हो । अघिल्लो संस्करणहरूमा चारपटकसम्मको भेटमा नेपालले एकपटक मात्रै भारतलाई हराएको छ । सन् २०२२ मा  भएको खेलमा नेपालले भारतलाई १–० गोलले पराजित गरेको थियो । त्यसअघि सन् २०१९, २०१७ र २०१४ मा नेपाल पराजित भएको थियो । नेपालले समूह…
Read More
युनाइडेट र फेनरबाचे बराबरीमा रोकिए

युनाइडेट र फेनरबाचे बराबरीमा रोकिए

युनाइडेट र फेनरबाचे बराबरीमा रोकिए काठमाडौं । प्रशिक्षक जोसे मोउरिन्होको भावनात्मक प्रतिक्रिया र रातो कार्डको साथ, फेनरबाचेले युरोपा लिगको खेलमा म्यानचेस्टर युनाइटेडविरुद्ध १–१ को बराबरीको नतिजा निकाल्न सफल भएको छ । म्यानचेस्टर युनाइटेडको अग्रता ख्रिस्टियन एरिक्सनको गोलले सुरुवातमा भए पनि युसेफ एन–नेसिरिको गोलले फेनरबाचेलाई खेलमा फर्काइदिएको थियो । खेलको पहिलो हाफमा युनाइटेडले खेलको नियन्त्रण राख्दै एरिक्सनको गोलमार्फत अग्रता लिएको थियो । १५ औं मिनेटमा एरिक्सनले गोल गर्दै अग्रता दिलाएका थिए । एरिक टेन हागको टोली युनाइटेडले विशेषगरी आक्रमणमा नुसेयर माजराउईलाई प्रयोग गरेर केही अनौठो रणनीति अपनाएको थियो । जसले माजराउईलाई एक असामान्य आक्रामक भूमिकामा राख्यो । माजराउई एरिक्सनको गोलको निर्माणमा…
Read More
वीर गणेशमान सिंह राष्ट्रिय टेनिस ः कायन र निम्ती च्याम्पियन

वीर गणेशमान सिंह राष्ट्रिय टेनिस ः कायन र निम्ती च्याम्पियन

वीर गणेशमान सिंह राष्ट्रिय टेनिस ः कायन र निम्ती च्याम्पियन काठमाडौं । कायन चालिसे र निम्ती कुवँर चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा यु–८ उमेरसमूहका सिंगल्समा बुधबार च्याम्पियन भएका छन् । सातदोबाटोस्थित नेपाल टेनिस संघको कोर्टमा भएको प्रतियोगिताको यु–८ उमेरसमूहमा कायन ब्वाइज र निम्ती गल्र्सतर्पm च्याम्पियन भएका हुन् । कायनले फाइलनमा टोनिस श्रेष्ठलाई १०–७ र १०–३ ले हराए । निम्तीले भने अमिरा गुप्तालाई १०–५,७–१० र १२–१० को सेटमा हराइन् । पुरुष सिंगल्समा राजवीर प्रधानले नेपाल नम्बर एक खेलाडी प्रदीप खड्कालाई हराउँदै सेमिफाइनलमा स्थान बनाएका छन् । उनले प्रदीपमाथि ६–४ र ६–३ ले हराएका हुन् । राजवीरसँगै प्रणव मानन्धर, आयुष्मान…
Read More
साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र माल्दिभ्स खेल्दै

साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र माल्दिभ्स खेल्दै

साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र माल्दिभ्स खेल्दै काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई टोलीबीचको खेल साँझ साढे ५ बजे हुनेछ । माल्दिभ्सविरुद्धको खेलमा नेपालकी स्टार फरवार्ड सावित्रा भण्डारी साम्बा टोलीमा हुनेछिन् । व्यवसायिक लिगका लागि फ्रान्समा रहेकी साम्बा साफका लागि आइतबार राति नेपाल आइपुगेकी हुन् । समूह ‘बी’ मा रहेका दुबै टोलीले आ–आफ्ना एक–एक खेल खेलिसकेका छन् । नेपालले पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिँदा माल्दिभ्स श्रीलंकासँग १–० ले पराजित भएको छ । समूहमा नेपालको १ अंक छ भने माल्दिभ्स अंकविहीन छ । नेपालका लागि सेमिफाइनल पुग्नका लागि आजको…
Read More
नेदरल्यान्ड्सका बास डि लिडेले पोखरा एभेन्जर्सबाट खेल्ने

नेदरल्यान्ड्सका बास डि लिडेले पोखरा एभेन्जर्सबाट खेल्ने

नेदरल्यान्ड्सका बास डि लिडेले पोखरा एभेन्जर्सबाट खेल्ने पोखरा । पोखरा एभेन्जर्सले नेदरल्यान्ड्सका क्रिकेटर बास डि लिडेलाई टोलीमा अनुबन्ध गरेको छ । नेपाल प्रिमियर लिग (एनपिएल) को लागि पोखरा एभेन्जर्सले दोस्रो विदेशी खेलाडी भित्राएको हो । यसअघि अमेरिकाका आन्द्रेस गौसलाई टोलीमा अनुबन्ध गरेको थियो । नेपाल राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्की रहेको पोखरा एभेन्जर्समा अनुबन्ध भएका २४ वर्षीय बास डि लिडे नेदरल्यान्ड्सका लागि ३८ टि २० आईमा खेलेका छन् । जसमा ६९७ रन बनाएका छन् । बास डि लिडेलाई अनुबन्ध गरेपछि पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले टोली बलियो हुने विश्वास गरेका छन् । टिमका म्यानेजिङ डिरेक्टर मनोबल श्रेष्ठले विदेशी खेलाडीलाई…
Read More
महिला विश्वकपको उपाधि न्युजिल्यान्डलाई

महिला विश्वकपको उपाधि न्युजिल्यान्डलाई

महिला विश्वकपको उपाधि न्युजिल्यान्डलाई काठमाडौं । न्युजिल्यान्डले पहिलो पटक टी–२० महिला विश्वकपको उपाधि उचालेको छ । आइतबार राति यूएईमा भएको फाइनल भिडन्तमा दक्षिण अफ्रिकालाई ३२ रनले हराउँदै गर्दै न्युजिल्यान्डले ऐतिहासिक उपाधि हात पारेको हो । यूएईमा भएको फाइनल प्रतिस्पर्धामा दक्षिण अफ्रिकाले टस जितेर सुरुमा न्युजिल्यान्डलाई ब्याटिङको निम्तो दिएको थियो । सुरुमा ब्याटिङ गरेको न्युजिल्यान्डले ५ विकेटको क्षतिमा दिएको १५८ रन बनाएको थियो । १५९ रनको लक्ष्य भेट्न नसक्दा दक्षिण अफ्रिका उपविजेतामा सीमित बनेको हो । जवाफी ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिका पूरै २० ओभर खेल्दा ९ विकेटको क्षतिमा १२६ रनमा समेटिएको हो । 
Read More
चेल्सीलाई हराउँदै लिभरपुल शीर्ष स्थानमा

चेल्सीलाई हराउँदै लिभरपुल शीर्ष स्थानमा

चेल्सीलाई हराउँदै लिभरपुल शीर्ष स्थानमा काठमाडौं । लिभरपुलले प्रिमियर लिगमा आइतबार राति चेल्सीलाई २–१ ले पराजित गरेको छ । यो जितपछि लिभरपुल केही घण्टापछि नै म्यानचेष्टर सिटीलाई पछि पार्दै शीर्ष स्थानमा फर्किएको छ । घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन मोहमद सालाह र कर्टिस जोन्सले गोल गरे । एनपिल्डमा सालाहले २९औं मिनेटमा पेनाल्टीमा गोल गर्द लिभरपुललाई अग्रता दिलाएका थिए । ४८औं मिनेटमा निकोलस ज्याक्सनले चेल्सीका लागि बराबरी गोल गरे । तर ५१औं मिनेटमा जोन्सले सालाहकै पासमा गोल गर्दै लिभरपुललाई २–१ को अग्रता दिलाए । जितपछि लिभरपुलले ८ खेलबाट २१ अंक जोडेको छ र सिटीमाथि १ अंकको अग्रता कायम राख्दै…
Read More
नेपालद्वारा अमेरिकाविरुद्धको टी–२० सिरिज क्लिनस्वीप

नेपालद्वारा अमेरिकाविरुद्धको टी–२० सिरिज क्लिनस्वीप

नेपालद्वारा अमेरिकाविरुद्धको टी–२० सिरिज क्लिनस्वीप काठमाडौं । अमेरिकाविरुद्धको टी–२० आई सिरिजमा नेपालले क्लिनस्वीप गरेको छ । आज भएको तेस्रो तथा अन्तिम खेलमा ८ विकेटको जित निकालेसँगै नेपालले सिरिज क्लिनस्वीप गरेको हो । आजको खेलमा टस हारेर पहिले बलिङ गरेको नेपालले जितका लागि १५७ रनको लक्ष्य पाएको थियो । नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए । यस्तै रिजन ढकाल र ललित राजवंशीले १–१ विकेट लिए । अन्तिम खेलमा नेपालका ओपनर आशिफ शेखले अमेरिकाविरुद्ध अर्धशतक बनाए । ३९ बलको सामना गरेका उनले ५ चौका र दुई छक्काको मद्दतमा ५० रन बनाएका हुन्। कुशल मल्ल र कुशल भुर्तेलको महत्त्वपूर्ण साँझेदारीमा अमेरिकाविरुद्ध नेपालले…
Read More
सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले जित्यो श्रृंखला

सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले जित्यो श्रृंखला

सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले जित्यो श्रृंखला काठमाडौं । अमेरिकामा जारी नेपाल र अमेरिकाबीचको तीन खेलको टी–२० आई श्रृंखलाको खोस्रो खेलमा अमेरिकालाई सुपर ओभरमा पराजित गर्दै नेपालले एक खेल अगावै श्रृंखला जितेको छ । निर्धारित २० ओभरको रोमाञ्चक खेलमा समान १ सय ७० रन भएपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा सोमपाल कामीले अमेरिकाका दुई ब्याटरलाइ आउट गर्दा केवल ३ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य नेपालले सहज रुपमा ४ बलमै लक्ष्य पुरा गर्दै सिरिजमा २–० को अग्रता बनाएर अन्तिम खेल अघि जित्न सफल भयो । अब नेपालले अन्तिम खेलमा भोली प्रतिस्पर्धा गर्ने छ । यसअघि नेपालले…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.