राजनिति

सरकाले निर्वाचनको वातावरण नबनाएकोमा दलहरु चिन्तित

सरकाले निर्वाचनको वातावरण नबनाएकोमा दलहरु चिन्तित

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि राजनीतिक दलहरूसँग छलफल गरेको छ । आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत निर्वाचनका कम्तीमा एक वडा सदस्यसम्म विजय हासिल गर्ने राजनीतिक दललाई आसन्न निर्वाचनको तयारीको छलफलमा आउन पत्राचार गरेको थियो । छलफलका क्रममा नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले शान्ति सुरक्षालाई ध्यानमा राखेर भयमुक्त वातावरणमा निष्पक्ष र स्वतन्त्र तरिकाले निर्वाचन सम्पन्न गराउनको लागि सरकारले भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले भने, ‘निर्वाचन हुनुपर्छ भन्ने हो र त्यसमा हामी सहभागि हुन्छौ । निर्वाचन आयोगले निर्वाचनको व्यवस्थापन गर्ने हो । निर्वाचनको मिति तोकेर आह्वान गर्ने त सरकारले हो…
Read More
जसपा मधेश प्रदेश अधिवेशनमा विवाद उत्पन्न, एक पक्षले गर्यो बहिष्कार

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद उत्पन्न, एक पक्षले गर्यो बहिष्कार

जनकपुर । जनकपुरधाममा जारी जसपा नेपाल मधेस प्रदेशको अधिवेशनमा विवाद उत्पन्न भएको छ । नयाँ नेतृत्वका लागि निर्वाचन प्रकृया जारी रहेको समयमा एक पक्षले निर्वाचन नै बहिष्कार गर्ने घोषणा गरेको छ । जनकपुरधाममा आज पत्रकारसम्मेलन गर्दै नेतृत्व चयनकालागि मतदाता नामावली प्रकाशन गरेर मनोनयन प्रकृया चलिरहेको समयमा अध्यक्ष पदका उम्मेदवार योगेन्द्र यादवले अधिवेशन बहिष्कारको घोषणा गरेका छन् । यादवसँगै उनको प्यानलबाट उम्मेदवार रहेकाहरुले समेत निर्वाचन प्रकृयाको बहिष्कार गरेका छन् । साथै रौतहट, सप्तरी, बारा, धनुषा र सर्लाही जिल्लाका जिल्ला अध्यक्षहरुले समेत अध्यक्ष पदका उम्मेदवार यादवको समर्थन गर्दै अधिवेशन बहिष्कार गर्ने जनाएका छन् । पत्रकार सम्मेलनमा अध्यक्ष पदका उम्मेदवार यादवले जसपा नेपालको…
Read More
मंसिरभित्रै महाधिवेशन गर्न डा. शेखरको माग, निर्वाचनमार्फत जेनजीको भावना सम्बोधन गर्न सुझाव

मंसिरभित्रै महाधिवेशन गर्न डा. शेखरको माग, निर्वाचनमार्फत जेनजीको भावना सम्बोधन गर्न सुझाव

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम केन्द्रीय सदस्य डा. शेखर कोइरालाले मंसिर महिनाभित्रै पार्टीको १५ औं महाधिवेशन गर्नुपर्ने बताएका छन् । अरू दलहरूले महाधिवेशन तयारी गरिसकेको र कांग्रेसले पनि मंसिरभित्रै महाधिवेशन गर्नुपर्नेमा उनको जोड थियो । विहीबारबाट पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको बैठकमा आफ्नो धारणा राख्दै नियमित महाधिवेशनमा जोड दिएका हुन् । उनले विशेष महाधिवेशनका लागि उत्साहपूर्वक हस्ताक्षर अभियान चलेको बताउँदै त्यसले कांग्रेसलाई ऊर्जा दिने पनि बताए । डा.कोइरालाले सभापति शेरबहादुर देउवाको मन्तब्यलाई सारगर्भित, भावनात्मक र भविष्यन्मूख प्रेरणदायी भएको भन्दै तारिफ गरे । उनले जेनजी पुस्ताले उठाएका मागहरुप्रति कांग्रेसले आगामी निर्वाचनमार्फत सम्बोधन गर्नुपर्ने पनि बताए । डा. कोइरालाले कांग्रेस पार्टीभित्र…
Read More
जेनेरेशन जेडको आवाज हाम्रो पनि आवाज हो : प्रचण्ड

जेनेरेशन जेडको आवाज हाम्रो पनि आवाज हो : प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र) का महाधिवेसन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हालैको जेनेरेशन जेड आन्दोलन, सरकारको लापरवाही, राजनीतिक दलहरूको भूमिका, आगामी निर्वाचन, वामपन्थी एकता लगायतका विषयमा स्पष्ट धारणा राखेका छन् । बिहीबार बिहान चितवनको भरतपुर कृष्णपुरस्थित जिल्ला पार्टी कार्यालय प्राङ्गणमा पार्टीका नेता तथा कार्यकर्तालाई भेटघाट तथा सम्बोधन गर्दै उनले पछिल्लो समय सामाजिक सञ्जालमार्फत संगठित भएको युवाको आन्दोलनलाई ‘नयाँ राजनीतिक चेतना’ को संकेतको रूपमा लिँदै यसले विगतदेखि उठाउँदै आएका माओवादीका मागहरूसँग मेल खाने बताए । उनले भने, ‘युवाहरुले उठाएका मागहरू हाम्रो आन्दोलनसँग अभिन्न छन् । हाम्रो पार्टीले आरम्भदेखि उठाउँदै आएको भ्रष्टाचारविरोधी अभियान अहिलेको जेनेरेसन जेडको स्वर बनेर प्रस्तुत…
Read More
कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो बस्दैछ । मंगलबारबाट सुरु भएको बैठक आज दिउँसो १ बजे पुनः केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । केन्द्रीय समिति बैठकअघि बिहान कार्यसम्पादन समितिको बैठक बस्ने कांग्रेसले जनाएको छ । बुधबार कार्यसम्पादन समितिको बैठक बसेर एजेन्डाहरू तय गरिने भनेपनि कार्यबाहक सभापति पूर्णबहादुर खड्काले आफ्ना समूहका नेताहरुसँग मात्र परामर्श गरेका थिए । सभापति निर्वाचित भएपछि देउवाले गुटगत बैठक राखेका थिएनन् । बुधबारको बैठकमा संस्थापन पक्षका नेताहरूसँग अगाडि बढ्नेबारे छलफल गरेका हुन् । एजेन्डा तय गर्न बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले महाधिवेशनसम्बन्धी तालिकामा सहमति नजुट्दा पटक–पटक बैठक स्थगित हुँदै आएको छ । सभापति…
Read More
मधेशका मुख्यमन्त्री सोनलले आज पद तथा गोपनियताको सपथ लिँदै

मधेशका मुख्यमन्त्री सोनलले आज पद तथा गोपनियताको सपथ लिँदै

सर्लाही । मधेश प्रदेशमा नयाँ सरकार गठनसँगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र प्रसाद सोनल आज मुख्यमन्त्रीको रूपमा पद तथा गोपनियताको सपथ ग्रहण गर्दै छन् । बुधबार साँझ प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई मुख्यमन्त्री पदमा नियुक्त गरेकी थिइन् । सोनलले बुधबार बिहान दाबी पेश गरेका थिए। जसमा जसपा नेपालका १९, जनमतका १३, माओवादी केन्द्रका ९, लोसपाका ८ र नेकपा (एकीकृत समाजवादी) का ७ जना गरी ५६ सांसदको समर्थन रहेको उल्लेख छ । बहुमतका लागि आवश्यक ५४ भन्दा दुई बढी समर्थन प्राप्त भएपछि उनलाई सरकार गठनको जिम्मेवारी दिइएको हो । बारा–४ (ख) बाट निर्वाचित सोनल यसअघि मधेश प्रदेशका भौतिक…
Read More
प्रचण्ड र परिवारका सदस्यहरुप्रतिको प्रचार :  ‘तथ्यहीन र नियोजित चरित्र हत्या’

प्रचण्ड र परिवारका सदस्यहरुप्रतिको प्रचार :  ‘तथ्यहीन र नियोजित चरित्र हत्या’

प्रचण्ड र परिवारका सदस्यहरुप्रतिको प्रचार :  ‘तथ्यहीन र नियोजित चरित्र हत्या’ काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उनका परिवारका सदस्यहरूप्रति लक्षित गरी विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा फैलाइएका समाचार तथा सामग्रीप्रति माओवादी केन्द्रको सचिवालयले आपत्ति जनाएको छ । प्रेस विज्ञप्ति जारी गर्दै सचिवालयले हालै केही सञ्चारमाध्यम र डिजिटल प्लेटफर्महरूमा प्रचण्ड र उनको परिवारविरुद्ध आएको सूचनालाई ‘तथ्यहीन, चरित्रहत्या गर्ने र पूर्वाग्रही’ भन्दै खण्डन गरेको हो । ‘संकटको आजको संवेदनशील घडीमा पार्टी नेतृत्वविरुद्ध नियोजित ढङ्गले गरिएका यस्ता तथ्यहीन र चरित्रहत्या गर्ने सामग्रीको प्रवाहप्रति हामी खेद प्रकट गर्दै कडा शब्दमा भत्र्सना गर्दछौं,’ प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।…
Read More
वर्तमान सरकार बाह्य प्रभावमा बनेको हो, नेपालीको प्रतिनिधित्वमा होइनः केपी शर्मा ओली

वर्तमान सरकार बाह्य प्रभावमा बनेको हो, नेपालीको प्रतिनिधित्वमा होइनः केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीप्रति कडा आलोचना गरेका छन् । बिहीबार भक्तपुरमा एमालेले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले पूर्वप्रधानन्यायाधीस भइसकेको व्यक्ति कुनैपनि सरकारी पदमा बस्न नमिल्ने भएतापनि प्रधानमन्त्री बन्नकै लागि जेनजी आन्दोलनमा सहभागी हुन पुगेको आरोप लगाए । अहिले आफूलाई पक्राउ गर्नको लागि प्रधानमन्त्री कार्कीले रातभरी मिटिङ गरिरहेको उनको आरोप छ । उनले भने,‘उहाँलाई राम्रोसँग थाहा छ । नेपालको संविधानको व्याख्या गरेर आएको मान्छे हो । के के व्याख्या गर्नुभयो त्यो छाडौं । नेपालको संविधानले भन्छ,पूर्वप्रधानन्यायाधिस भइसकेको व्यक्ति कुनै पनि सरकारी पदमा बस्नै सक्दैन् तर उहाँ सुरीनु भयो । त्यो सुरीन २३ गते…
Read More
नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पदाधिकारी बैठक बोलाएका छन् । बैठक बिहीबार दिउँसो १ बजे हिमालय होटल कुपण्डोलमा बस्न लागेको हो । बैठकमा २६ असोजमा बस्ने केन्द्रीय समितिका एजेण्डा, महाधिवेशन, निर्वाचन लगायतबारे छलफल हुने बताइएको छ । बैठकसँगै देउवा जेनजी आन्दोलनपछि पहिलो पटक औपचारिक कार्यक्रममा देखिन लागेका हुन्। जेनजी आन्दोलनको क्रममा भदौ २४ गते देउवा र उनकी पत्नी आरजु राणा माथि आक्रमण गरिएको थियो ।
Read More
दुर्गा प्रसाईको दाबीः “पश्चिमाको डिजाइनमा भएको जेनजी आन्दोलनपछि अब संबैधानिक राजसंस्था अनिवार्य”

दुर्गा प्रसाईको दाबीः “पश्चिमाको डिजाइनमा भएको जेनजी आन्दोलनपछि अब संबैधानिक राजसंस्था अनिवार्य”

जेनजी आन्दोलन पनि पश्चिमाहरुको डिजाइमा भयो, अब राजसंस्था आवश्यक भइसक्यो ः दुर्गा प्रसाईंकाठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले चाडै देशमा नेपाल र नेपाली नागरिकहरुले चाहेको संबैधानिक राजसंस्था सहितको व्यवस्था आउने दाबी गरेका छन् ।मंगलबार सामाजिक संजालमा आफ्नो धारणा राख्दै उनले काठमाडौँ केन्द्रित भई देशभरी हुने आन्दोलनका लागि तयार रहन अनुरोध पनि अनुरोध गरेका छन् ।जेनजी आन्दोलन समेत पश्चिमाहरुको डिजाइनमा भएको भन्दै उनले ०४७ सालको संबिधान पुनः स्थापना गर्नु आवश्यक रहेको औल्याएका छन् ।उनले संबैधानिक राजसंस्था सहितको व्यवस्था आउने भएकाले हातमा दियो बोकेर दिपावली गर्नको लागि तयार रहन अनुरोध समेत गरेका छन् ।नेपाली जनताले अहिले पनि नचेते कहिले चेत्ने ?हिजोको राजाको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.