राजनिति

सरकार जति टिक्छ, उति माओवादीलाई फाइदा हुन्छ ः प्रचण्ड

सरकार जति टिक्छ, उति माओवादीलाई फाइदा हुन्छ ः प्रचण्ड

सरकार जति टिक्छ, उति माओवादीलाई फाइदा हुन्छ ः प्रचण्ड नेपालगञ्ज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार जति टिक्छ, त्यति नै आफ्नो पार्टीलाई फाइदा पुग्ने बताएका छन् । कैलालीको टिकापुरमा हुने थारु राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न जाने क्रममा आज विहान नेपालगञ्ज विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले अहिलेको सरकार जति टिक्छ, त्यति नै आफ्नो पार्टीलाई फाइदा पुग्ने भएकाले आफूहरु सरकार बदल्ने कुनै खेलमा नरहेको स्पष्ट पारे । उनले भने,‘अहिलेको सरकार अपारदर्शी, असंवैधानिक र अलोकतान्त्रिक तरिकाले बनेको हो भन्ने हामीले सुरुदेखि नै भन्दै आएको हौं । सरकारले अहिलेसम्म जे जस्ता क्रियाकलाप गर्दै आएको छ, उसको उद्देश्य…
Read More
पार्टी अभियानले दक्षिण नेपालका समस्यालाई राष्ट्रिय मुद्दाको रुपमा स्थापित गर्नेछ : प्रचण्ड

पार्टी अभियानले दक्षिण नेपालका समस्यालाई राष्ट्रिय मुद्दाको रुपमा स्थापित गर्नेछ : प्रचण्ड

बर्जु (सुनसरी) । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीले अघि बढाएको जनतासँग माओवादी, तराई मधेस जागरण अभियानले देशको दक्षिण क्षेत्रमा बस्ने जनताका समस्यालाई राष्ट्रिय मुद्दाको रुपमा स्थापित गर्ने बताएका छन् । जनतासँग माओवादी, हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियानअन्तर्गत आज सुनसरीको बर्जुमा आयोजित स्वागत तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । राज्यले दक्षिण भेगमा बस्दै आएका नागरिकमाथि वर्षौंदेखि विभेद गरिरहेकाले यसको विरुद्ध संघर्षको झण्डा उठाउन अभियान थालिएको उनले बताए । जति दक्षिणतिर पुग्यो उति नै विभेद र अभाव धेरै पाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भौतिक पूर्वाधारको विकासका लागि राज्यको ध्यानाकर्षण गराउन, पार्टीको तर्फबाट…
Read More
माओवादी निकट मजदुर संघद्वारा श्रमिक अधिकारको लागि पुन: संघर्षको आह्वान

माओवादी निकट मजदुर संघद्वारा श्रमिक अधिकारको लागि पुन: संघर्षको आह्वान

काठमाडौं । मजदुरहरुको हक–अधिकारका लागि आन्दोलनको तयारी गर्न नेकपा माओवादी केन्द्रका युवा नेता रामदिप आचार्यले निर्देशन् दिएका छन् । बुधबार काठमाडौंमा अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुराँ मजदुर संघ केन्द्रीय समतिको चौथो पूर्ण बैठकमा आचार्यले अन्य क्षेत्र जस्तै होटल क्षेत्रमा पनि निर्णायक आन्दोलन जरुरी रहेकोसमेत बताएका हुन् । माओवादी केन्द्रको अखिल नेपाल ट्रेड युनियन महासंघका फ्याक्सन इन्चार्जसमेत रहेका आचार्यले आफ्नो पार्टीले व्यवस्था परिवर्तनको लडाईँ जिते पनि अवस्था परिवर्तनको लडाई जित्न बाँकी रहेकाले अब पुनः घनिभूतरुपमा त्यसतर्फ लगिरहेको बताए । पछिल्लो समय मजदुरहरुमाथि एकपछि अर्को पीडा तथा मर्काहरु थोपरिएकोले आफूहरु पुनः संघर्षको मैदानलाई बलियो बनाउन लागेको बताउँदै उनले भने,‘साथिहरु  नआत्तिनुस् हामीले…
Read More
फोहोरी राजनीतिबाट युवाहरू टाढा हुनुपर्छ : नेता सिंह

फोहोरी राजनीतिबाट युवाहरू टाढा हुनुपर्छ : नेता सिंह

हेटौंडा । राप्रपा केन्द्रीय शिक्षा विभागले ‘शिक्षा र राप्रपा’ विषयक अनुशिक्षण तथा सुझाव संकलन कार्यक्रम हेटौंडामा सम्पन्न गरेको छ । मंगलबार पार्टीका नेता, कार्यकर्ता, तथा शिक्षा क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रममा शिक्षा विभाग प्रमुख डा. राजेश गिरि र डा. बसन्त अधिकारीले प्रशिक्षण दिएका थिए । प्रतिनिधिसभा सांसद दीपक बहादुर सिंह प्रमुख अतिथिको रूपमा कार्यक्रममा सहभागी थिए भने सभाध्यक्षका रूपमा शिक्षा विभाग प्रमुख डा. राजेश गिरिले कार्यक्रमको नेतृत्व गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै सांसद सिंहले राप्रपाको सांगठनिक सुदृढीकरण र अनुशासित तथा सक्षम नेतृत्व निर्माणलाई प्राथमिकता दिने बताए । उनले युवाहरूलाई फोहोरी राजनीति परित्याग गरी स्वच्छ राजनीतिक संस्कारलाई अँगाल्न…
Read More
एमाले महासचिव र रुसी कुटनैतिक अधिकारीबीच  भेटवार्ता

एमाले महासचिव र रुसी कुटनैतिक अधिकारीबीच  भेटवार्ता

काठमाडौं  । नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेपालस्थित रुसी दूतावासका डिसीएम, मिनिस्टर–काउन्सिलर आन्द्रे किसेलेन्को बीच भेटवार्ता भएको छ ।  सोमवार भेटवार्ताको क्रममा  द्विपक्षीय सम्बन्धको विकासका समसामयिक मुद्दाहरूमा छलफल भएको बताइएको छ । यसैबीच दुतावासका प्रतिनिधिले महासचिव पोखरेलसँग विश्व राजनीति र रुसका प्राथमिक एजेन्डा बारे पनि छलफल गरेको बताइएको छ । भेट पछि दुतावासले विज्ञप्ति जारि गर्दै द्विपक्षीय  संवादले एकअर्काको अडान र सम्भावित सहयोगका क्षेत्रहरूको पहिचान गर्न समान बुझाई भएको उल्लेख गरेको छ । नेपाल र रुस बीचको सम्बन्ध औपचारिकतामा मात्र रहेको बेला यो भेटलाई महत्वको साथ् हेरिएको छ ।  नेपाली युवालाई अवैध रुपमा रुस लगि सेनामा भर्ति गरेको विषयमा…
Read More
प्रकृती लम्सालको न्यायको माग गर्दै भारतीय दूतावास अगाडि अनेरास्ववियू प्रदर्शन

प्रकृती लम्सालको न्यायको माग गर्दै भारतीय दूतावास अगाडि अनेरास्ववियू प्रदर्शन

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले भारतमा नेपाली छात्राको मृत्युपछि नेपालस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरेको छ । सोमबार भारतीय विश्वविद्यालयमा नेपाली विद्यार्थीमाथि ज्यादती भएको भन्दै लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरिएको हो । भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को होस्टलमा एक नेपाली छात्राले आत्महत्या गरेकी छन् । मृतक छात्रा रुपन्देहीको प्रकृती लम्साल रहेको बताइएको छ ।   सोही क्रममा अनेरास्ववियूका अध्यक्ष समिक बडालले प्रकृती लम्सालको हत्या भएको भनेर हत्यारालाई कारबाहीको अपिल गर्दै आन्दोलनमा रहेका नेपाली विद्यार्थीहरुलाई कलेज प्रशासनले निकाला गरेको भन्दै यस्तो कार्यको विरुद्ध आन्दोलनमा उत्रिएको बताए । उनले भने, ‘नेपाली विद्यार्थीले…
Read More
प्रतिनिधि सभाको बैठक आज

प्रतिनिधि सभाको बैठक आज

काठमाडौं । संघीय संसद् अन्तर्गत् प्रतिनिधि सभाको बैठक आज बस्दै छ । मंगलवार दिउँसो १ बजे संसद् भवनमा बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९÷०८० पेश गर्ने छन् । यस्तै आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।यसैगरी उनले विद्युतीय व्यापार (इ–कमर्श) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
Read More
प्रतिनिधिसभा बैठक आज बस्दै, प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर हुने

प्रतिनिधिसभा बैठक आज बस्दै, प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर हुने

काठमाडौं – सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे संसद भवन, नयाँ बानेश्वरमा बस्ने भएको छ। बैठकमा विभिन्न महत्वपूर्ण एजेन्डाहरू प्रस्तुत गरिने कार्यसूची रहेको छ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद– ९ अनुसार सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिनेछन्। संसदमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर सत्रलाई विशेष चासोका साथ हेरिएको छ। साथै, सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र संसदमा पढेर सुनाउने कार्यक्रम रहेको छ। त्यसैगरी, गृह मन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ माथि सामान्य छलफल गर्न प्रस्ताव पेश गर्नेछन्। यो विधेयक नागरिकता सम्बन्धी व्यवस्थाहरूमा परिवर्तन ल्याउने प्रस्ताव गरिएको कानूनी…
Read More
विद्यार्थीले सुरु देखिनै राजनीतिमा लाग्नुपर्छ : अध्यक्ष राउत

विद्यार्थीले सुरु देखिनै राजनीतिमा लाग्नुपर्छ : अध्यक्ष राउत

जनकपुर । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले विद्यार्थीहरुलाई विद्यार्थीकाल देखिनै राजनीतिमा लाग्न आग्रह गरेका छन् । उनले राजनीतिप्रतिको चासोविहीनता र नियन्त्रण अभावमा शासित हुनुपर्ने अवस्था आएको भन्दै विद्यार्थीलाई राजनीतिमा कुनै न कुनै तवरले आवद्ध हुन सुझाव दिएका हुन् । विद्यार्थी जनमत संघ धनुषाद्वरा जनकपुरधाममा आयोजित स्ववियु निर्वाचन प्रशिक्षण कार्यक्रममा अध्यक्ष राउतले राजनीतिप्रति चासो लिने, राजनीतिलाई नियन्त्रित र निर्धारण गर्ने व्यक्तिले शासन गरिरहने भएकाले राजनीतिलाई समय बिताउने तथा अंशकालीन बनाउने रुचिबाट उब्रिन विद्यार्थीहरूलाई आग्रह गरे। उनले राजनीतिमा चासो लिनैपर्ने र नलिई बस्न नसकिने हुँदा राजनीतिमाथि नियन्त्रण गरी जित हासिल गर्नेतर्फ लाग्नुपर्ने बताए । उनले भने, ‘यो मस्तिष्कबाट हटाउनुस् कि राजनीति भनेको…
Read More
प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता पक्षीय दलको बैठक बस्ने

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता पक्षीय दलको बैठक बस्ने

काठमाडौं । आज (शनिवार) प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता पक्षीय दलको बैठक बस्दै छ ।  आज बिहान ११ बजे बैठकमा अध्यादेशलगायतको विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको  छ । गत शुक्रबार बालुवाटारमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र संयन्त्रमा सम्लग्न दुवै दलका नेताहरुको सहभागीतामा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको थियो । उक्त बैठकमा सरकार सञ्चालनका विषय, अत्यावश्यक कानुन निर्माणमा तीब्रतालगायत अन्य समसामयिक विषयमा छलफल भएका] थियो ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.