व्यवस्था बदलिए पनि जनताको अवस्था बदल्न सकेका छैनौँ : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीले २०५२ सालमा सुरु गरेको सङ्घर्षले व्यवस्था बदलिए पनि जनताको अवस्था बदल्ने कार्यभार अझै पूरा भइनसकेको बताएका छन् । माओवादीले सङ्घर्ष सुरु गरेको ३०औँ वर्षगाँठको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले दलितका अधिकारहरू संविधानतः सुनिश्चित भए पनि व्यवहारमा अझै विभेद र उत्पीडन कायमै रहेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘आजको दिन हामीले के हासिल ग¥यौँ र के गर्न बाँकी छ भन्ने समीक्षाको दिन पनि हो । इतिहासमै पहिलोपटक युगौँदेखि दबाइएका दलित, जनजाति, मधेसी, थारु, महिला, मुस्लिम, सुदूरपश्चिम र कर्णालीवासी लगायत उत्पीडित समुदाय र क्षेत्रसहित आम जनता…
