राजनिति

माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दै, संसद अधिवेशनबारे छलफल हुने

माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दै, संसद अधिवेशनबारे छलफल हुने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक आज बस्दैछ । सिंदरबारस्थित संसदीय दल कार्यालयमा दिउँसो १ बजे बैठक बस्न लागेको हो । बैठकमा मुख्यगरी शुक्रबारदेखि सुरू हुने संसद अधिवेशनबारे छलफल हुनेछ । सरकारले ल्याएको अध्यादेश, दर्ता भएका विधेयक लगायतका विभिन्न विषयमा संसदमा प्रभावकारी उपस्थिति र प्रस्तुतिबारे आजको संसदीय दल बैठकमा छलफल हुनेछ । माओवादीले सरकारले संसद छलेर अध्यादेश ल्याउनु गलत भएको निष्कर्ष निकाल्दै संसदमा जोडदार रूपमा कुरा राख्ने तयारी गरेको छ ।
Read More
एमालेको आरोप : प्रचण्डले देशलाई अस्थिर बनाउने प्रयास गरिरहेका छन्

एमालेको आरोप : प्रचण्डले देशलाई अस्थिर बनाउने प्रयास गरिरहेका छन्

काठमाडौं: नेकपा एमालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशलाई अस्थिर बनाउने प्रयास गरिरहेको आरोप लगाएको छ। एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले राजनीतिक स्थायित्वका लागि हानिकारक अभिव्यक्ति दिइरहेको बताएका हुन्। बर्तौलाले प्रचण्डले राजनीतिको कुनै पनि यात्रामा भेट कहिले पनि हुन नसक्नेगरी अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन्। उनले भने, “उहाँ आफैंमा पनि मूलुकलाई एउटा शान्तिपूर्ण ढंगबाट अगाडि बढोस् भन्ने चाहाना गर्ने व्यक्तिभित्र पनि पर्नुहुन्न कि भन्ने अब आशंका लागेको छ।” बर्तौलाले प्रचण्डले तेस्रो दलको रूपमा रहँदा पनि कहिले एमालेको र कहिले कांग्रेसको काँध चडेर १८ महिना देशको नेतृत्व गर्ने कुरामा पाएको सहयोग विर्सेर…
Read More
सत्तारुढ दलहरूको बैठक आज बस्दै

सत्तारुढ दलहरूको बैठक आज बस्दै

काठमाडौं । सत्तारुढ दलहरूको बैठक आज बस्दै छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे सरकारी निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् । बैठकमा माघ १८ गते सुरु हुने हिउँदे अधिवेशन, संसदमा पेस गरिने विधेयक र सरकारका काम कारबाहीका बारमो छलफल हुने बताइएको छ । सत्तापक्षमा नेकपा एमाले, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टी रहेका छन् ।
Read More
रास्वपाको सचिवालय बैठक: के हुनेछन् महत्वपूर्ण निर्णयहरू?

रास्वपाको सचिवालय बैठक: के हुनेछन् महत्वपूर्ण निर्णयहरू?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दै छ । बैठक सोमबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने छ । बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधि, विभिन्न नियमावलीहरू (विभाग सञ्चालन नियमावली २०८१ संशोधन प्रस्ताव) र नयाँ नियमावलीहरू प्रस्तावमा छलफल गर्ने कार्यसूची रहेको छ । रास्वपाका अनुसार सातै प्रदेशमा विशेष भेटघाट कार्यक्रम , स्वतन्त्र जनप्रतिनिधिहरूको रास्वपा आवद्धता हुने सम्बन्ध, संसद अधिवेशन तथा सल्लाहकार परिषद र केन्द्रीय सङ्गठन विभागमा मनोनयन लगायत विषयमा छलफल हुने छ ।
Read More
सुप्रिम सहकारी ठगीमा रवि लामिछानेमाथि आजदेखि थुनछेक बहस

सुप्रिम सहकारी ठगीमा रवि लामिछानेमाथि आजदेखि थुनछेक बहस

काठमाडौं । रूपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन सम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि आजदेखि थुनछेक बहस हुँदैछ । सुप्रिम सहकारी ठगी प्रकरणमा बयान दिन उनी हिजो अदालतमा उपस्थित भएका थिए । हिजो रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलास लामिछानेको बयान सकिएको थियो । इजलासले बिहीवार बिहान १० बजे अदालतमा उपस्थित हुने सर्तमा हाजिरी जमानीमा पत्नी निकिता पौडेल र कानून व्यवसायीको जिम्मामा छाडेको थियो । लामिछाने आज थुनछेक बहसका लागि अदालतमा उपस्थित हुनेछन् । कास्की प्रहरी हिरासतमै रहेका बेला पक्राउ पुर्जी पाएपछि यसअघि उनलाई कात्तिक २७ गते बुटवल लगेर बयान गराइएको थियो…
Read More
रवि लामिछाने आज जिल्ला अदालत रूपन्देहीमा उपस्थित  हुँदै

रवि लामिछाने आज जिल्ला अदालत रूपन्देहीमा उपस्थित  हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज जिल्ला अदालत रूपन्देहीमा उपस्थित हुँदैछन् । उनीमाथि बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र सङ्गठित अपराध प्रकरणमा १० करोड ९९ लाख बिगोसहित मुद्दा दायर भएको थियो । सोही मुद्दाको प्रतिवादका लागि लामिछाने भैरहवा गएका हुन् । रवि बुधवार अदालत उपस्थित भएपछि बयान तथा थुनछेक बहस हुनसक्नेछ । यसका लागी उनी आफ्ना तर्फबाट सकेसम्म कम वकिल राखेर एक दुई दिनमै बहस सिध्याउने योजनामा छन् । कास्की प्रहरी हिरासतमै रहेका बेला पक्राउ पुर्जी पाएपछि यसअघि उनलाई कात्तिक २७ गते बुटवल लगेर बयान गराइएको थियो ।
Read More
रवि लामिछानेलगायत सात जनालाई धरौटीमा छाड्नुको आधार र कारण माग

रवि लामिछानेलगायत सात जनालाई धरौटीमा छाड्नुको आधार र कारण माग

पोखरा । उच्च अदालत पोखराले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित सातै जनालाई धरौटीमा छाड्नुको आधार र कारण मागेको छ । न्यायाधीश राजकुमार खतिवडाको इजलाशले सूर्यदर्शन सहकारी ठगी मुद्दामा प्रतिवादी बनाइएका लामिछानेसहित सातै जनालाई छाड्नुको आधार र कारण मागेको हो । उक्त इजलाशले लामिछाने लगायतका प्रतिबादीहरुलाई छाड्नुको ‘कैफियत प्रतिवेदन’ पेश गर्न पनि जिल्ला अदालत कास्कीलाई आदेश दिएको छ । जिल्ला अदालत कास्कीले लामिछानेसहित सात जनालाई धरौटीमा छाड्ने आदेश गरेपछि त्यो आदेश बदर हुनुपर्ने माग राखेर जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले उच्च अदालत पोखरामा निवेदन दिएको थियो । सरकारी वकिल कार्यालय कास्कीले जिल्ला अदालतको आदेश बदर गरी लामिछाने…
Read More
सत्ता स्वार्थका लागि घुँडा टेक्नु राष्ट्रिय हित विपरित : प्रधानमन्त्री

सत्ता स्वार्थका लागि घुँडा टेक्नु राष्ट्रिय हित विपरित : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल न्यायोचित र अन्तराष्ट्रिय हितसहितको राष्ट्रिय हितका पक्षमा रहेको बताएका छन् । सोमबार नेकपा (एमाले) को परराष्ट्र मामिला विभागद्वारा आयोजित ‘नेपालको परराष्ट्र नीतिबारे सांसद संवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले साना र ठुला राष्ट्रको हित समान हित हो भन्ने मान्यताका साथ नेपालको सार्वभौमिकता, स्वाभीमान र भौगोलिक अखण्डताका पक्षमा नेपाल सदैव कटिबद्ध रहने जनाए । ‘हामी हाम्रो राष्ट्रिय हितका कुरा गरिहँदा विश्व शान्ति र मानवीय हितलाई पनि सँगै राखेर हेर्ने गर्छाैँ । संयुक्त राष्ट्रसङ्घको वडापत्र, पञ्चशील र असम्लग्नताका सिद्धान्तबाट हामी निर्देशित छौँ । हामी पारस्परिक लाभ र सहअस्तित्वमा विश्वास गर्छाैँ । हाम्रा कोही शत्रु छैनन्, सबै…
Read More
सुर्यदर्शन सहकारी ठगी प्रकरणः रविसहित सातै जनालाई थुनामा राख्न माग गर्दै निवेदन दर्ता

सुर्यदर्शन सहकारी ठगी प्रकरणः रविसहित सातै जनालाई थुनामा राख्न माग गर्दै निवेदन दर्ता

पोखरा । सुर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायत सातै जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सोमबार उच्च अदालत पोखरामा निवेदन दर्ता गरेको हो। जिल्ला अदालत कास्कीको आदेशको बदर माग गर्दै निवेदन आएको उच्च अदालत पोखराका नायव सुब्बा राजेन्द्र अर्यालले जानकारी दिए । सरकारी वकिलको कार्यालयले दर्ता गराएको निवेदनको पेशी मंगलबारलाई तोकिएको छ। जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज रार्ईको इजालसले सूर्यदर्शन सहकारी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सातै जनालाई धरौटीमा छोड्ने थुनछेक आदेश जारी गरेको थियो। पुस २५…
Read More
एमालेमा भूकम्प! रावल पक्षमा ५९ नेता

एमालेमा भूकम्प! रावल पक्षमा ५९ नेता

काठमाडौं, ७ माघ: नेकपा एमालेमा विभाजनको संकेत देखिएको छ। पार्टीबाट निष्कासित नेता डा. भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई ५९ जना नेता–कार्यकर्ताले समर्थन जनाएका छन्। आज सार्वजनिक गरिएको संयुक्त विज्ञप्तिमा एमाले केन्द्रीय पर्यटन विभाग सदस्य रमेश बहादुर कुँवर, सुदूरपश्चिम प्रदेश कमिटी सदस्यहरु चक्र रावल, जंग विक, केशर मियाँ, निर्मला रावललगायतको नाम समावेश छ। विज्ञप्तिमा यी नेता–कार्यकर्ताले पार्टी अध्यक्ष केपी शर्मा ओलीको ‘सत्ता उन्मादी’ र ‘स्वेच्छाचारी’ निर्णयको विरोध गर्दै रावलको साथ रोजेको उल्लेख गरेका छन्। उनीहरूले एमालेले सिद्धान्त र आदर्शबाट विचलित भएर कम्युनिष्ट र समाजवादका विरोधीहरुसँग हात मिलाएको आरोप लगाएका छन्। किन खुले रावलको पक्षमा? रावललाई २०८१ पुस १० गतेको सचिवालय…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.