राजनिति

प्रदेश र स्थानीय तहको अनुदान कटौती भएकोप्रति ध्यानाकर्षण

प्रदेश र स्थानीय तहको अनुदान कटौती भएकोप्रति ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले प्रदेश र स्थानीय तहमा वित्तीय समानिकरण अनुदान कटौती गरिएको विषयमा सरकारको ध्यानाकर्षण गराएकी छन् । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रदेश तथा स्थानीय तहमा पठाइने अनुदान रकममा निरन्तर कटौती भइरहेको भन्दै सरकारको आलोचना गरिन् । उनले भनिन्, ‘यो सदनमार्फत प्रदेश र स्थानीय तहमा वित्तीय समानिकरण अनुदान काटिएको विषयमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । पूराना सरकारले त गरे होलान तर यो सरकारले पनि त्यही थितिलाई निरन्तरता दिँदा अचम्मित परेकी छु ।’ उनले नेपालको संविधानको धारा २५१ ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको भूमिका र अधिकार स्पष्ट रूपमा परिभाषित गरेको उल्लेख…
Read More
संसदमा हराएका प्रधानमन्त्री

संसदमा हराएका प्रधानमन्त्री

काठमाडौं । नयाँ सरकार गठन भएको डेढ महिना पनि पूरा नहुँदै प्रधानमन्त्री बालेन्द्र साहका विषयमा विभिन्न टिकाटिप्पणीहरु भइरहेका छन् । सामाजिक सञ्जालमा ‘सिस्टम तोड्ने’ नेताको छवि बनाएका उनी अहिले स्वयं राज्य सञ्चालनको मूल संस्थामाथि असहज प्रश्नको घेरामा उभिएका छन् । देशले नयाँ प्रधानमन्त्री पाएको डेढ महिना भयो । तर अहिले जनताले सरकारभन्दा बढी एउटा प्रश्न खोजिरहेका छन् ‘प्रधानमन्त्री आखिर कहाँ छन् ?’ सिंहदरबारमा उनको नामको नेमप्लेट छ । सरकारी निर्णयमा हस्ताक्षर पनि भइरहेकै छन् । सामाजिक सञ्जालमा समर्थकहरू अझै ‘देश बदलिँदैछ’ लेखिरहेका छन् । तर संसदले भने प्रधानमन्त्रीलाई खोजिदैंछ । प्रधानमन्त्री साह चुनावअघि ‘सिस्टम फोड्ने’ नेताको रूपमा प्रस्तुत भए ।…
Read More
मेडिकल व्यवसायी दुर्गा प्रसाईँ वीरगन्जबाट पुन: पक्राउ परेपछि समर्थकहरूद्वारा टायर बालेर प्रदर्शन

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ वीरगन्जबाट पुन: पक्राउ परेपछि समर्थकहरूद्वारा टायर बालेर प्रदर्शन

रौतहट ।‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ का संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ वीरगन्जबाट पक्राउ परेका छन्। उनलाई सोमबार बेलुका वीरगन्जको आदर्शनगरस्थित दियोले होटेलबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।प्रहरी स्रोतका अनुसार प्रसाईँलाई ‘माथिको आदेश’ भन्दै नियन्त्रणमा लिइएको हो। उनी पक्राउ परेको पुष्टि भए पनि प्रहरीले हालसम्म कुन कसुर वा अभियोगमा पक्राउ गरिएको हो भन्नेबारे आधिकारिक रूपमा केही खुलाएको छैन । महाअभियानको कार्यक्रमका लागि प्रसाईँ सोमबार दिउँसो सिमरा विमानस्थल हुँदै वीरगन्ज आइपुगेका थिए। जिल्ला प्रशासन कार्यालय पर्साले उनलाई वीरगन्जमा सभा तथा कार्यक्रम गर्न स्वीकृति दिइसकेको पत्र समेत सार्वजनिक भएको थियो। प्रशासन आफैँले लिखित अनुमति दिएर पनि होटेलबाटै…
Read More
जननेता मदन भण्डारी नेता मात्र होइन, जीवराज आश्रित कुशल संगठक र सहयोद्धा हुनुहुन्थ्यो : अध्यक्ष ओली

जननेता मदन भण्डारी नेता मात्र होइन, जीवराज आश्रित कुशल संगठक र सहयोद्धा हुनुहुन्थ्यो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३३ वर्ष अगाडि दासढुंगामा भएको रहस्यमय घटनामा श्रद्धेय जननेता मदन भण्डारी र जीवराज आश्रितलाई गुमाएको बताएका छन् । आज मदन-आश्रितको ३३औँ स्मृति दिवसमा शुभकामना व्यक्त गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले घाउहरू पुराना भए पनि समय बित्दै जाँदा तिनको दुखाइका स्मृति झन् गाढा हुँदा रहेछन् भदै स्मरण गरे, ‘अभावहरू झन् गहिरिँदा रहेछन् । जननेता मदन भण्डारी मेरो नेता, साथी, सहयोद्धा-सबै हुनुहुन्थ्यो । जीवराज आश्रित कुशल संगठक हुनुहुन्थ्यो ।’ मदन भण्डारी कम्युनिष्ट आन्दोलनलाई नयाँ वैचारिक भाष्य दिने जनताको बहुदलीय जनवाद निर्माणका अगुवा भएको बताउँदै ओलीले त्यस दौरानमा उनको विश्वास र अभिन्न…
Read More
सरकारले छानबिन समिति बनायो, सत्य तथ्य बाहिर ल्याउनेमा ढुक्क छु : सुधन गुरुङ

सरकारले छानबिन समिति बनायो, सत्य तथ्य बाहिर ल्याउनेमा ढुक्क छु : सुधन गुरुङ

काठमाडौं । तत्कालीन गृहमन्त्री तथा सांसद सुधन गुरुङले आफूविरुद्ध छानबिन समिति बनेको र सरकारले सत्य तथ्य बाहिर ल्याउनेमा आफू ढुक्क रहेको बताएका छन् । यदि आफूबाट गल्ती भएको प्रमाणित भए वर्तमान सरकारले कुनै हालतमा नजोगाउने र कारबाही गर्ने भन्दै उनले आफूले कुनै पनि गलत काम नगरेको दाबी गरे । गुरुङले भने, “हाम्रो सरकारले कसैलाई पनि छाड्दैन। हाम्रै श्रम मन्त्रीलाई समेत सरकारले छाडेन भने मलाई त झन् कुनै हालतमा छाड्दैन । पहिलेका दलहरूजस्तो यताउति म्यानिपुलेट गरेर ‘वासिङ मेसिनमा धोएर ल्यायो’ भन्ने हाम्रोमा हुँदैन ।” गुरुङले समिति गठन हुनुअघि नै दलका प्रमुख नेताहरूले आफूलाई “कुनै गलत काम त छैन नि ?” भनेर…
Read More
संविधान संशोधन अग्रगमनका लागि हुनुपर्नेमा सांसद नेम्वाङको जोड

संविधान संशोधन अग्रगमनका लागि हुनुपर्नेमा सांसद नेम्वाङको जोड

काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले संविधान संशोधन केवल संशोधनका लागि मात्र नभई जनताको अधिकारलाई थप सुदृढ गर्दै अग्रगमनतर्फ उन्मुख हुनुपर्ने बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संविधान संशोधनको प्रक्रिया जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्दै देशलाई प्रगतितर्फ लैजाने उद्देश्यका साथ अघि बढ्नुपर्ने धारणा राखे । उनले भने, ‘संविधान संशोधन केबल संशोधनको लागी मात्र होइन । जनताले प्राप्त गरेको अधिकारको कसिमा राखेर अग्र गमनको लागी होइन । अग्रगमनको लागी हुनु पर्छ । न कि पश्चगमनको लागी ।’ उनले संविधानलाई केवल अक्षरहरूको संग्रह नभई नेपाली जनताको रगत र पसिनाले लेखिएको साझा सहमतिको दस्तावेज भएको उल्लेख गरे। ‘संविधान…
Read More
प्रधानमन्त्रीलाई हर्क साम्पाङको प्रश्न : आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुन्छ ?

प्रधानमन्त्रीलाई हर्क साम्पाङको प्रश्न : आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुन्छ ?

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाह मर्यादा र परम्परा विपरीत गएको आरोप लगाएका छन् ।बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संसदमा छलफल भइरहेका बेला प्रधानमन्त्रीले नीति तथा कार्यक्रमको छलफलमा ध्यान नदिएको गुनासो गरे । साम्पाङका अनुसार प्रधानमन्त्रीले प्रत्यक्ष रूपमा छलफल नसुनेको तर पछि वा लाइभमार्फत सुन्ने अवस्था संसदको परम्परा र मर्यादाविपरीत हो ।उनले संसदमा उठेको प्रश्नको जवाफ प्रधानमन्त्रीले नै दिनुपर्ने भन्दै ‘आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन् ’ भन्दै कटाक्ष गरे ।उनले भने,‘जीवन सिकाइ हो । हरेक पल हामीले सुनिरहनुपर्छ । अरूले के भन्छन्, हामीले सिकिरहनुपर्छ । महत्त्वपूर्ण विषयमा छलफल भइरहँदा सरकार प्रमुख,…
Read More
रास्वपाद्वारा संगठन विस्तार, विभिन्न विभागमा नयाँ नेतृत्व चयन

रास्वपाद्वारा संगठन विस्तार, विभिन्न विभागमा नयाँ नेतृत्व चयन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न विभाग तथा प्रदेश तहमा नयाँ जिम्मेवारी बाँडफाँट गरेको छ ।आइतबार वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले शिक्षा, स्टार्ट–अप तथा ¥यापिड एक्सन टिम (आरएटी) लगायतका विभागमा नयाँ पदाधिकारी मनोनयन गर्ने निर्णय गरेको हो ।बैठकले मिलन पाण्डेलाई पार्टीको केन्द्रीय शिक्षा विभाग प्रमुखमा मनोनयन गरेको छ । शिक्षा क्षेत्रसँग सम्बन्धित नीति, कार्यक्रम तथा संगठनात्मक गतिविधिलाई प्रभावकारी बनाउने जिम्मेवारी उनलाई दिइएको पार्टीका प्रवक्ता मनिष झाले बताए ।त्यसैगरी, स्टार्ट–अप तथा उद्यमशीलता क्षेत्रलाई प्राथमिकतामा राख्दै डा. प्रभात अधिकारीलाई स्टार्ट–अप विभाग प्रमुखको जिम्मेवारी प्रदान गरिएको छ ।प्रवक्ता झाले युवामाझ उद्यमशीलता प्रवद्र्धन…
Read More
रास्वपाको ‘सक्षम सांसद, सशक्त संसद्’ प्रशिक्षण आजदेखि सुरु

रास्वपाको ‘सक्षम सांसद, सशक्त संसद्’ प्रशिक्षण आजदेखि सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय प्रशिक्षण विभागको आयोजनामा पार्टीका प्रतिनिधिसभा सदस्यहरूका लागि ‘सक्षम सांसद, सशक्त संसद्’ संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण शृङ्खलाको पहिलो चरण आजदेखि सुरु हुँदैछ ।वैशाख २६ र २७ गते ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा सञ्चालन हुने यस कार्यक्रमको औपचारिक उद्घाटन पार्टी उपसभापति एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिहान ११ बजे गर्ने छन् । संसद्लाई जनताको पक्षमा थप प्रभावकारी बनाउन र सांसदहरूको कानुनी एवं नीतिगत सीप विकास गर्न यो प्रशिक्षण कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ ।प्रशिक्षणको पहिलो दिन सदन र सरकारको अन्तरसम्बन्ध एवं संसदीय प्रक्रियामा केन्द्रित रहनेछ । जसअन्तर्गत पार्टी, सरकार र सदनबीचको समन्वयकारी…
Read More
सुधारको नाममा राज्यका संस्थाहरू क्रमश: व्यक्ति केन्द्रित बनाइँदै गएको खुश्बु ओलीको दाबी

सुधारको नाममा राज्यका संस्थाहरू क्रमश: व्यक्ति केन्द्रित बनाइँदै गएको खुश्बु ओलीको दाबी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले सुधारको नाममा राज्यका संस्थाहरू क्रमशः व्यक्ति केन्द्रित बनाइँदै गएको बताएकी छन् ।  आज सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सुधारको नाममा राज्यका संस्थाहरू क्रमशः व्यक्ति केन्द्रित बनाइँदै गएको टिप्पणी गर्दै स्थापित प्रक्रिया र संस्थागत मर्यादामाथि हस्तक्षेप भइरहेको दाबी गरिन् । उनले लेखेकी छन्, ‘आज सुधारको नाममा राज्यका संस्थाहरू क्रमशः व्यक्ति केन्द्रित बनाइँदै छन् । स्थापित मापदण्ड र संस्थागत प्रक्रियालाई कमजोर बनाउँदै राज्य आत्मघातक र खतरनाक दिशातर्फ अगाडी बढ्दै छ ।’ उनले वरिष्ठता केवल उमेर वा रोल क्रमको विषय मात्र नभई संस्थागत स्मृति, कानुनी स्थिरता, अनुभव, निर्णय क्षमता, कार्यसम्पादन र…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.