राजनिति

बाबुराम भट्टराई भोलि भारत भ्रमणमा जाने

बाबुराम भट्टराई भोलि भारत भ्रमणमा जाने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाने भएका छन् ।उनको सचिवालयका अनसार भट्टराई भोलि (आइतबार) भारत प्रस्थान गर्ने छन् ।भ्रमणका क्रममा उनी भारतको ग्वालियरस्थित आईटीएम युनिभर्सिटीको औपचारिक निमन्त्रणामा १ वैशाखमा आयोजना हुने ‘डा. राममनोहर लोहिया स्मृति व्याख्यान’ कार्यक्रममा प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन् ।उक्त कार्यक्रम राममनोहर लोहियाको स्मृतिमा आयोजना हुँदै आएको हो भने भीमराव अम्बेडकरको जन्मजयन्तीको अवसरसँग पनि जोडिएको छ ।भट्टराईसँगै उनकी पत्नी तथा पूर्वमन्त्री हिसिला यामी पनि भारत जाने कार्यक्रम रहेको छ ।
Read More
सेनाका नवआयुक्त अधिकृतहरूलाई जिम्मेवार भएर राष्ट्रसेवामा समर्पित हुन प्रधानमन्त्रीको आग्रह

सेनाका नवआयुक्त अधिकृतहरूलाई जिम्मेवार भएर राष्ट्रसेवामा समर्पित हुन प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ, अनुशासित र जिम्मेवार भएर राष्ट्रसेवामा समर्पित हुन आग्रह गरेका छन् ।भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा आज आयोजित अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कवाज समारोहलाई सम्बोधन गर्दै उनले करिब ३६ महिनाको कठिन प्रशिक्षण सफलतापूर्वक पूरा गरी अधिकृत पद प्राप्त गर्न सफल क्याडेटहरूलाई बधाई तथा शुभकामना व्यक्त गरे ।प्रधानमन्त्री शाहले मातृभूमि र जनताप्रति पूर्ण समर्पित भएर आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गर्दै सैनिक आचरण, ‘चेन अफ कमान्ड’ र अनुशासनको दायराभित्र रही सदैव आफ्नो कर्तव्यप्रति सजग रहनुपर्नेमा जोड दिए । फरक सामाजिक पृष्ठभूमिका जवानहरूको नेतृत्व गर्दै एकीकृत र सक्षम टोली निर्माण गर्न…
Read More
देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी, सम्पत्ति शुद्धीकरण अनुसन्धान तीव्र

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी, सम्पत्ति शुद्धीकरण अनुसन्धान तीव्र

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वमन्त्री आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको विभिन्न स्रोतहरूले जनाएका छन्। अदालतले पक्राउका लागि अनुमति दिइसकेको भए पनि देउवा दम्पती हाल विदेशमा रहेकाले उनीहरूलाई तत्काल नियन्त्रणमा लिन नसकिएको बताइएको छ। स्रोतका अनुसार उनीहरू १३ फागुनमा स्वास्थ्य उपचारका लागि सिंगापुर गएका थिए र त्यहाँबाट हङकङतर्फ गएको सूचना सार्वजनिक भएको छ। हाल उनीहरूको सम्पत्ति स्रोत, आर्थिक कारोबार तथा बैंकिङ गतिविधिबारे विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ। यसअघि जेनजी आन्दोलनका क्रममा देउवा दम्पतीमाथि आक्रमण भएको, बुढानीलकण्ठस्थित निवासमा आगजनी…
Read More
ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइमा आज सरकारी वकिलले बहस गर्ने

ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइमा आज सरकारी वकिलले बहस गर्ने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ आज पनि हुने भएको छ । ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइमा आज महान्यायाधिवक्ता कार्यालयका तर्फबाट सरकारी वकिलले बहस गर्ने छन् ।आइतबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ भएको थियो । ओली र लेखकको तर्फबाट कानुन व्यवसायीहरूको बहस सकिएको छ । ओली र लेखकलाई प्रहरीले चैत १४ गते पक्राउ गरेको थियो । उनीहरुलाई भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनामा अनुसन्धानका लागि पक्राउ थियो । अध्यक्ष ओलीकी पत्नी राधिका शाक्य र नेता लेखककी पत्नी यशोदा लेखकले सरकारले…
Read More
प्रतिपक्षमा रहेर प्रश्न गर्ने र सरकारलाई समर्थन गर्ने छौँ : हर्क साम्पाङ

प्रतिपक्षमा रहेर प्रश्न गर्ने र सरकारलाई समर्थन गर्ने छौँ : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज हर्क साम्पाङले सरकारलाई सघाउने पक्षेमा रहेको बताएका छन् ।  शपथ ग्रहणका लागि सिंहदरबारस्थित संसद् भवन परिसर पुगेका साम्पाङले सञ्चारकर्मीसँग कुरा गर्दै सरकारको प्रतिपक्षमा रहेर प्रश्न गर्ने र सरकारलाई समर्थन गर्ने बताए ।  उनले भने, ‘सरकारको प्रतिपक्षमा रहेर प्रश्न गर्ने छौँ । सहयोग गछै्र । सरकाले गर्नु पर्ने काम त्यसलाई प्रतिपक्षमा रहेर सहयोग गर्ने छैँ । देशलाई सघाउने पक्षेमा रहेको छैँ ।’ राजनीति गर्ने मान्छेले सर्वोच्च पदमा पुग्ने उद्देश्य राख्नुपर्ने भएकाले भावी प्रधानमन्त्रीको रूपमा आफूलाई अघि सारेको उनले बताए । उनले भने, ‘राजनीति गर्ने मान्छेले सर्वोच्च स्थानमा पुग्ने उद्देश्य राख्छ, राख्नुपर्छ। यसलाई अन्यथा मान्नुभएन।…
Read More
प्रधानमन्त्री कार्कीद्वारा तीन वटा महत्त्वपूर्ण दस्ताबेज सार्वजनिक गर्ने निर्णय

प्रधानमन्त्री कार्कीद्वारा तीन वटा महत्त्वपूर्ण दस्ताबेज सार्वजनिक गर्ने निर्णय

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तीन वटा महत्त्वपूर्ण दस्ताबेज सार्वजनिक गर्ने निर्णय गरेकी छन् ।  प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन, नेपाल बाल संगठन र बाल मन्दिर सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट तयार गरिएको सुशासन मार्गचित्र, २०८२ सार्वजनिक गर्ने निर्णय गरेकी हुन् । प्रधानमन्त्री कार्कीले आज (बुधबार) भदौ २३ र २४ को घटनाका सम्बन्धमा जाँचबुझ आयोगले दिएको प्रतिवेदन संघीय संसद् सचिवालयको पुस्तकालयमा अभिलेख राखी सार्वजनिक गर्ने निर्णय गरेको प्रधानमन्त्रीको प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए ।  उनले मंगलबार नेपाल बाल संगठन र बाल मन्दिर सम्बन्धी…
Read More
कार्की आयोग निष्पक्ष छानबिनका लागि नबनेको पुष्टि भयो : शंकर पोखरेल

कार्की आयोग निष्पक्ष छानबिनका लागि नबनेको पुष्टि भयो : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोग निष्पक्ष छानबिनका लागि नबनेको बताएका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै महासचिव पोखरेलले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने धारणा आयोगको प्रतिवेदनले नै पुष्टि गरेको बताएका हुन् । ‘कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने धारणा आयोगको प्रतिवेदनले नै पुष्टि गरेको छ’, महासचिव पोखरेलले लेखेका छन्, ‘कार्की आयोग र आम निर्वाचन ०८२ अल्गोरिदममार्फत नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक र कानुनी वैधानिकता दिने प्रयास थियो भन्ने कुरा स्पष्ट छ । सोही अनुसारको निर्वाचनको परिणाम र आयोगको प्रतिवेदन आएको छ…
Read More
कांग्रेसले देशलाई दुर्घटना, द्वन्द्व वा अतिवादमा पर्न नदिनेगरी काम गर्छ : गगन थापा

कांग्रेसले देशलाई दुर्घटना, द्वन्द्व वा अतिवादमा पर्न नदिनेगरी काम गर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीले निर्वाचनमा गरेको प्रतिज्ञा अनुसार नै प्रतिपक्षको भूमिका जिम्मेवार ढंगले निर्वाह गर्ने बताएका छन्। मंगलबार केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उनले मतदाताले सरकार सञ्चालन गर्न मत नदिएपनि प्रतिपक्षको जिम्मेवारी दिएको बताएका हुन्। उनले भने, ‘हामी नागरिकहरूको बीचमा पाँच वर्ष मतको सम्मान गर्ने प्रतिबद्धता लिएर गएका थियौं । त्यो मतले सरकार सञ्चालन गर्न नदिएपनि प्रतिपक्षको जिम्मेवारी दिएको छ, र हामी त्यस प्रतिज्ञामा बाधिएका छौं ।’ उनले सरकारमा हुँदा मात्र होइन, प्रतिपक्षमा हुँदा पनि प्रतिवद्धताबाट पछि हट्न नहुने स्पष्ट पारे । ‘हामी सरकारमा हुँदा मात्र प्रतिज्ञामा बाधिने र नहुँदा नबाधिने भन्ने हुँदैन,’ उनले भने । थापाले…
Read More
गगन थापाको राजीनामा अस्वीकृत

गगन थापाको राजीनामा अस्वीकृत

काठमाडौं । नेपाली कांग्रेस ले भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनसम्बन्धी घटनाको न्यायिक जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ। सानेपास्थित केन्द्रीय कार्यालयमा शुक्रबारदेखि आइतबारसम्म बसेको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्नुपर्ने निष्कर्ष निकाल्दै औपचारिक माग अघि सारेको हो। बैठकले सभापति गगन थापा को भूमिकाको आवश्यकता अझै रहेको औंल्याउँदै उनको राजीनामा सर्वसम्मत रूपमा अस्वीकृत गर्ने निर्णय गरेको छ। विशेष महाधिवेशनले सुम्पेको जिम्मेवारी पूरा गर्न उनलाई पुनः सक्रिय भूमिकामा फर्किन आग्रह गरिएको छ। त्यसैगरी, बैठकले हर्मुज क्षेत्रको बन्दर अब्बास बन्दरगाहमा इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत झालाई सकुशल स्वदेश फर्काउन नेपाल सरकारसँग माग गरेको छ।…
Read More
प्रधानमन्त्री कार्की–रवि लामिछाने भेट: बधाईसँगै सहकार्य र स्थिरताको सन्देश

प्रधानमन्त्री कार्की–रवि लामिछाने भेट: बधाईसँगै सहकार्य र स्थिरताको सन्देश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आइतबार बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरी ऐतिहासिक निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा बधाई ज्ञापन गरेका छन्। लामिछानेले समयमै निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सम्पन्न हुनु मुलुकका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै प्रधानमन्त्री, मन्त्रिपरिषद् र सचिवालय टोलीको प्रशंसा गरे। उनले प्रधानमन्त्रीको दृढ नेतृत्वका कारण देशले लोकतान्त्रिक निकास पाएको भन्दै उच्च सम्मान व्यक्त गरे। प्रधानमन्त्री कार्कीले पनि रास्वपाले निर्वाचनमा हासिल गरेको सफलताप्रति बधाई दिँदै युवाहरूले देशप्रति देखाएको अपेक्षा पूरा गर्न इमानदारीपूर्वक काम गर्नुपर्नेमा जोड दिइन्। उनले चुनौतीहरूबीच एकताबद्ध भएर अघि बढ्न र आलोचनालाई कामबाटै जवाफ दिन सुझाव दिइन्। भेटमा समसामयिक राजनीतिक विषयमा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.