देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी, सम्पत्ति शुद्धीकरण अनुसन्धान तीव्र

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वमन्त्री आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको विभिन्न स्रोतहरूले जनाएका छन्। अदालतले पक्राउका लागि अनुमति दिइसकेको भए पनि देउवा दम्पती हाल विदेशमा रहेकाले उनीहरूलाई तत्काल नियन्त्रणमा लिन नसकिएको बताइएको छ।

स्रोतका अनुसार उनीहरू १३ फागुनमा स्वास्थ्य उपचारका लागि सिंगापुर गएका थिए र त्यहाँबाट हङकङतर्फ गएको सूचना सार्वजनिक भएको छ। हाल उनीहरूको सम्पत्ति स्रोत, आर्थिक कारोबार तथा बैंकिङ गतिविधिबारे विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ।

यसअघि जेनजी आन्दोलनका क्रममा देउवा दम्पतीमाथि आक्रमण भएको, बुढानीलकण्ठस्थित निवासमा आगजनी भएको तथा जलेका नोटहरू फेला परेको घटनाले पनि यो प्रकरणलाई थप चर्चामा ल्याएको थियो। त्यसपछि सम्पत्ति शुद्धीकरण विभागले देउवा निवासमा पुगेर मुचुल्का उठाएको थियो।

हाल उक्त घटनासम्बन्धी अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले समेत अघि बढाइरहेको छ।

यस घटनाले नेपाली राजनीतिक वृत्तमा तरंग सिर्जना गरेको छ। देउवा दम्पती स्वदेश फर्किएपछि यस प्रकरणमा थप कानुनी प्रक्रिया अगाडि बढ्ने अपेक्षा गरिएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.