ललितपुर। चेक अनादर बिगो मुद्दामा कैद सजाय तोकिएपछि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
ललितपुर महानगरपालिका–४ निवासी ४९ वर्षीय राज केसीलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले २०८३ मंसिर १ गते गोप्य सूचनाका आधारमा उनलाई पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार केसीलाई चेक अनादर बिगो मुद्दामा २ वर्ष ६ महिना कैद सजाय र ३४ लाख २२ हजार ५०० रुपैयाँ बिगो कायम हुने फैसला भएको थियो।
पक्राउ परेका केसीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्मानित जिल्ला अदालत ललितपुरमा पेस गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
