जलविनायकमा बेवारिसे अवस्थामा मोटरसाइकल फेला, धनीलाई प्रहरीमा सम्पर्क गर्न आग्रह

ललितपुर। ललितपुर महानगरपालिका–१८, जलविनायकस्थित सडक किनारमा बेवारिसे अवस्थामा एउटा मोटरसाइकल फेला परेको छ।

प्रहरीका अनुसार २०८३ मंसिर १ गते बिहान करिब ७ बजे सडक किनारमा पार्किङ गरिएको अवस्थामा उक्त मोटरसाइकल फेला परेको हो। प्रहरीले मोटरसाइकललाई नियन्त्रणमा लिई प्रहरी प्रभाग बुंगमतीमा राखेको जनाएको छ।

फेला परेको मोटरसाइकल बजाज कम्पनीको पल्सर १५० सीसी, रातो र कालो रङको रहेको छ। यसको सवारी नम्बर बा ८८ प ३२८८ रहेको प्रहरीले जनाएको छ।

मोटरसाइकलसँगै चाबी र हेल्मेटसमेत फेला परेको छ।

उक्त मोटरसाइकलका धनी वा हकवालालाई आवश्यक कागजातसहित प्रहरी प्रभाग बुंगमतीमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.