चिनियाँ सैन्य शक्तिको भित्री पाटोगणेश अम्गाई, नेपाल न्यूज बैक
चिनियाँ सैन्य शक्ति आज विश्वकै ठूलो मध्ये एक मानिन्छ, जसको रक्षा बजेट अमेरिकापछि दोस्रो स्थानमा छ । यति ठूलो शक्ति र आधुनिक हतियार भएर पनि चीनले विगत ४५ वर्षदेखि कुनै पनि ठूलो युद्ध लडेको छैन। यो चीनको कमजोरी मात्र नभएर एउटा नापतौल गरिएको रणनीतिक छनोटु हो। ताइवानमा सैन्य आक्रमणको धम्की सन् १९९० देखि नै दिइदै आए पनि चीनले अहिलेसम्म प्रत्यक्ष द्वन्द्वको बाटो रोजेको छैन। यसको पछाडि चीनको आन्तरिक सामाजिक संरचना, आर्थिक परनिर्भरता र सैन्य अनुभवको कमी जस्ता गम्भीर कारणहरू लुकेका छन्। वास्तवमा, चीनले बाहिर जतिसुकै आक्रामक मुद्रा देखाएपनि भित्रभित्रै उसले युद्धबाट हुने अपूरणीय क्षतिलाई निकै गहिरो गरी मूल्याङ्कन गरिरहेको छ।…
