आजको मौसम : पहाडी र तराई भू–भागमा मध्यम वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव क्रमशः कमजोर हुँदै गएको छ । साथै, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भाग प्राय र गण्डकी प्रदेशको पश्चिमी भागको थोरै स्थानहरूमा भने अझै पश्चिमी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिनमा गण्डकी, लुम्बिनी , कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही तराई भू–भागमा आंशिक बदली रहने छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिमलगायत अन्य प्रदेशका पहाडी र तराई भागका थोरै स्थानहरूमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ । आज राती भने, कोशी, लुम्बिनी , कर्णाली र सुदुरपश्चिम…
