समाचार

पार्टी कार्यालयमै संविधान दिवस मनाउँदै एमाले

पार्टी कार्यालयमै संविधान दिवस मनाउँदै एमाले

काठमाडौं । नेकपा एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासलमा संविधान दिवस मनाउने भएको छ । कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरू सहभागी हुनेछन् । जेनजीको आन्दोलनपछि उनी पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिन लागेका हुन् । ओली बिहीबार मात्र सेनाको शिवपुरी ब्यारेकबाट भक्तपुर स्थित डेराको घरमा सरेका थिए । त्यसैले उनको सुरक्षालाई ध्यानमा राख्दै बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । जेनजी प्रदर्शनपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको हो । एमाले पार्टी कार्यालयमा ठूलो संख्यामा प्रहरी तैनाथ छ । कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरू सहभागी हुनेछन् ।
Read More
जेनजी आन्दोलन: ६८ वटा बैंकको शाखा कार्यालयमा आक्रमण

जेनजी आन्दोलन: ६८ वटा बैंकको शाखा कार्यालयमा आक्रमण

काठमाडौं । जेनजी पुस्ताको आन्दोलन हिंसात्मक भएपछि देशभर ६८ वटा बैंकहरुको शाखा कार्यालयहरूमा आक्रमण भएको र ६९ वटा एटिएममा केही असर परेको छ ।नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्व पौडेलले जेन जी आन्दोलनका क्रममा बैंकहरुको कार्यालयहरूमा आक्रमण भएपनि बैंकिङ प्रणाली भने सबै ठिकठाक रहेको जानकारी दिए ।सोमबार नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालको पदभार ग्रहण कार्यक्रम पश्चात् बोल्दै गभर्नर पौडेलले यस्तो जानकारी दिएका हुन् । तर, आन्दोलनकारीहरूले बैंकहरु नै टार्गेट गरेको जस्तो देखिँदैन । उनले भने,‘ अहिलेको अवस्थामा सबैको मनोबल घटेका कारण उनीहरूको मनोबल बढाउनुपर्ने आवश्यकता छ ।’रहेको गभर्नर पौडेलले बताए ।सो क्रममा डा. पौडेलले अनुभवी अर्थमन्त्री आनुभएकाले काम गर्न सहज हुने…
Read More
हाम्रो मूल कार्यभार निष्पक्ष निर्वाचन हो ः मन्त्री अर्याल

हाम्रो मूल कार्यभार निष्पक्ष निर्वाचन हो ः मन्त्री अर्याल

काठमाडौं । गृह एंव कानूनमन्त्री ओमप्रकाश अर्यालले निष्पक्ष निर्वाचनको लागि काम गर्ने मूल कार्यभार लिएर सरकार गठन भएको बताएका छन् । सोमबार सपथ ग्रहणपछि उनले तत्कालको अवस्थालाई सामान्यकरण गर्न प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषद्मा स्वतन्त्र पृष्ठभूमि रहेका सदस्यहरु राखेको भन्दै सबैको मूल कार्यभार निष्पक्ष निर्वाचन नै रहेको बताए । उनले भने, ‘प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषद्मा पनि स्वतन्त्र पृष्ठभूमि रहेका सदस्यहरु रहेर निष्पक्ष निर्वाचनको लागि काम गर्नुपर्ने मूल कार्यभार छ । यहीसँग सम्बन्धित रहेर सरकार गठन भएको हो । तत्कालको अवस्थालाई हेर्दा स्थिति सामान्यकरण गर्नुपर्ने छ । आन्दोलनमा सरिक भएर ज्यान गुमाउने पीडितहरु जो हुनुहुन्छ उहाँहरुलाई सहिद पनि घोषणा गरिएको छ ।’…
Read More
डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने मन्त्री घिसिङको पहिलो निर्णय 

डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने मन्त्री घिसिङको पहिलो निर्णय 

काठमाडौं । नवनियुक्त उर्जामन्त्री कुलमान घिसिङले डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने निर्णय गरेका छन् । सोमबार सिहंदरबास्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने पहिलो निर्णय गरेको जानकारी दिए । उनले भने, ‘आजको यस पदबहालीको पहिलो निर्णय चाँही डेडिकेटेड र ट्रंकलाइनको विद्युत महशुलको जुन बक्यौता छ, त्यो बक्यौता रकम असुल्ने निर्णय भएको छ ।’ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा उनले बक्यौता असुल्ने प्रयास गरेपनि तत्कालीन सरकारले यसमा रोक लगाएको थियो । त्यस्तै उनले अब कसैले र कुनैपनि निकायले भ्रष्टाचार र अनियमितता गरेको कतै पनि भेटियो भने कडा भन्दा कडा कारबाही गर्ने चेतावनी समेत दिए । भ्रष्टाचार नियन्त्रणको विषयलाई…
Read More
गृह मन्त्रालयको काम अब पूरानो परराष्ट्रको भवनबाट

गृह मन्त्रालयको काम अब पूरानो परराष्ट्रको भवनबाट

काठमाडौं । हालको लागि गृह मन्त्रालयलाई पुरानो परराष्ट्र मन्त्रालयको भवनमा सार्ने काम भइरहेको छ ।  भदौ २४ गते भएको जेनजी प्रदर्शनकारीहरुले सिंहदरबारमा आगजनी गर्ने क्रममा गृहमन्त्रालय पनि जलेर ध्वस्त भएको थियो । त्यहाँबाट काम गर्न सकिने जस्तो अवस्था नभएपछि बन्द रहेको पुरानो परराष्ट्र मन्त्रालयबाट गृह मन्त्रालयको काम कारबाही अगाडि बढाउन लागिएको हो । हाल पुरानो परराष्ट्र मन्त्रालय सरसफाई गरि सामान सार्ने काम भईरहेको छ । नयाँ अन्तरिम सरकारमा गृहमन्त्रालयको जिम्मेवारी ओमप्रकाश अर्यालले पाएको छ ।
Read More
नवनियुक्त प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्दै

नवनियुक्त प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्दै

काठमाडौँ । अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् । प्रधानमन्त्री कार्कीले आज बिहान ११ बजे सिंहदरबार पदभार ग्रहण गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ ।  गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी पदभार ग्रहणको तयारी भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पनि आन्दोलनको क्रममा क्षति पुगेपछि प्रधानमन्त्री कार्की  आफ्नै निजी निवासमा बसिरहेकी छिन् ।
Read More
खपिन्छें न्यौट चोकमा आज साँझ श्रद्धाञ्जली कार्यक्रम

खपिन्छें न्यौट चोकमा आज साँझ श्रद्धाञ्जली कार्यक्रम

ललितपुर । भ्रष्टाचारविरुद्ध सुशासन र स्वाधीनताको लागि Gen-Z को अगुवाइमा सुरु भएको आन्दोलनमा शहादत प्राप्त गरेका वीर शहीदहरूको सम्झनामा आज साँझ ५ बजे ललितपुर महानगरपालिका स्थित खपिन्छें न्यौट चोकमा श्रद्धाञ्जली सभा हुने भएको छ। गत भदौ २३ गते (सेप्टेम्बर ८) देखि देशव्यापी रूपमा सुरु भएको भ्रष्टाचारविरोधी आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने वीर शहीदहरूको स्मरण, बलिदानको कदर र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै श्रद्धाञ्जली सभा आयोजना गरिएको आयोजक समितिले जनाएको छ।खपिन्छें टोल सुधार समितिको आयोजनामा हुने सो कार्यक्रममा सम्पूर्ण टोलवासीसँगै नेपाली जनतालाई समेत उपस्थित हुन आह्वान गरिएको छ।
Read More
सशस्त्र प्रहरीमा खुल्यो नयाँ भर्ना

सशस्त्र प्रहरीमा खुल्यो नयाँ भर्ना

काठमाडौं । सशस्त्र प्रहरी बलले नयाँ जनशक्ति भर्ना गर्न आवेदन खुला गरेको छ । सशस्त्र प्रहरी जवान र सशस्त्र प्रहरी परिचर (विभिन्न ट्रेड) पदमा नयाँ भर्ना खोलेको हो । सशस्त्र प्रहरी बल, प्रधान कार्यालय, मानवस्रोत विभागले आज आवेदनका लागि एक महिनाको समयावधि तोकेर नयाँ भर्नाका लागि आवेदन खुला गरेको हो । जवानमा ७८६, भान्छेमा १६ कूचिकारमा १०, सूचिकारमा १३, केशकर्तकमा १० र चर्मकर्मीमा १ जना भर्ना गर्ने गरी आवेदन खुला गरिएको हो ।
Read More
आज ‘विश्व फोटोग्राफी दिवस’ मनाइदैँ

आज ‘विश्व फोटोग्राफी दिवस’ मनाइदैँ

काठमाडौं । आज ‘विश्व फोटोग्राफी दिवस’ विश्वभर विभिन्न प्रकारको कार्यक्रमहरु गरि मनाइन्छ । हरेक वर्षको अगस्ट १९ तारिखको दिनमा फोटोग्राफीमा रुचि राख्ने मानिसहरुलाई प्रोत्साहन गर्न र व्यवसायिक रुपमा फोटोग्राफी गरेर बसिरहेका मानिसहरुको सम्मान गर्न विश्व फोटोग्राफी दिवस मनाइन्छ । संसारमा सबैभन्दा पहिलो तस्वीर सन् १८२६ मा फ्रान्समा खिचिएको थियो । त्यसबेला जोसेफ नाइस्पÞmोर नाइप्सीले हेलियोग्राफीको सहायताबाट पहिलो तस्वीर खिचेका थिए । हेलियोग्राफी भनेको पनि फोटोग्राफीकै एक प्रक्रिया हो । त्यतिबेला एउटा तस्वीर खिच्न निक्कै समय लाग्थ्यो । तर अहिलेको अवस्था त्यस्तो छैन् । त्यसबेला देखि अहिले सम्म फोटोग्राफीको तरिका र स्तरमा धेरै परिवर्तन भएको छ । फोटोग्राफीको विकासक्रम हेर्ने हो…
Read More
काठमाडौं महानगरले कालीमाटी र कुलेश्वर क्षेत्रका पुलमा चलायो डोजर

काठमाडौं महानगरले कालीमाटी र कुलेश्वर क्षेत्रका पुलमा चलायो डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नम्बर १३ र १४ स्थित कालीमाटी र कुलेश्वर क्षेत्रमा स्थानीयले बनाएका पुल भत्काएको छ । स्थानीयले आफूखुसी अवैध रूपमा निर्माण गरेको भन्दै काठमाडौं महानगरपालिकाले ती पुल भत्काएको हो । स्थानीयल बनाएका पुलका कारण बर्षायाममा पानी जम्ने, फोहोरमैला थुप्रेर बस्ने भएकाले पुल भत्काएको महानगरले जनाएको छ । त्यस्तै काठमाडौ महानगरपालिका वडा नम्बर १४ का वडा सदस्य नविन नकर्मीले आफ्नो प्रयोजनको लागि मात्र पुल बनाएको तर त्यसले सबैलाई समस्या गराएकाले पुल भत्काइएको बताए । उनले स्थानीयहरुको गुनासोकै आधारमा पुल भत्काइएको समेत बताए । त्यस्तै १४ नम्वरकै महिला वडा सदस्य शोभा खड्काले वडा नम्बर १३ लाई अर्को विकल्प…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.