समाचार

बागमती प्रदेशका १० जिल्लामा जडान गरिएको सीसीटीभीको उद्घाटन, अपराध नियन्त्रण मजबुत हुने अपेक्षा हेटौंडा । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री सुरज चन्द्र लामिछानेले प्रदेशका १० जिल्लामा जडान गरिएको प्रविधियुक्त ‘सीसीटीभी निगरानी प्रणाली’को मंगलबार हेटौंडामा एक समारोहबीच उद्घाटन गरेका छन् । कुल २ करोड ८४ लाख ११ हजार ७३४ रुपैयाँ लागतमा जडान गरिएका १२० वटा सीसीटीभी क्यामेरा आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएका छन् । उद्घाटन समारोहमा मन्त्री लामिछानेले प्रदेशमा अपराध नियन्त्रण र शान्ति सुरक्षाको प्रवद्र्धनमा यो प्रणालीले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । सीसीटीभीले अपराध रोकथाममा उल्लेखनीय सहयोग गर्नेछ, उनले भने, यसले प्रहरीलाई निगरानीमा सजिलो हुने मात्रै होइन,…
Read More
रुस द्वारा युक्रेनी सैन्य क्षेत्रमा आक्रमणक काठमाडौं । रूसले मंगलबार युक्रेनी सैन्य क्षेत्रमा आक्रमण जारी राखेको छ । रुसको रक्षा मन्त्रालयको दैनिक ब्रीफिंग अनुसार, रुसको सेनाले विगत २४ घण्टामा सुमी, खार्किभ र डोनेट्स्क लगायत युक्रेनी क्षेत्रहरूमा आक्रमण गरेको हो । आक्रमणका क्रममा रुसले युक्रेनका धेरै इलेक्ट्रोनिक युद्ध स्टेशनहरू, राडार स्थापनाहरू र गोलाबारुद डिपोहरू ध्वस्त पारेको छ ।कककक रुसी आक्रमणको प्रतिबाद गर्दै युक्रेनले सोही दिन १७८ वटा रूसी ड्रोनहरू खसालेको छ । रुसी वायु रक्षा एकाइहरूले सोही अवधिमा सात युक्रेनी बम, रकेट र १०३ फिक्स्ड–विङ ड्रोनहरू रोकेको मन्त्रालयले जनाएको छ । युक्रेनको सशस्त्र बलको जनरल स्टाफले एक युद्ध रिपोर्टमा भनेको छ…
Read More
नवनियुक्त सामान्य प्रशासन मन्त्री न्यौपानेले सपथ लिँदै काठमाडौं । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले आज सपथ लिने भएकी छिन् । बुधबार साझ ६ बजे राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपतिले उनलाई सपथ ग्रहण गराउने छन् । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका थिए । न्यौपाने राष्ट्रियसभामा एमाले संसदीय दलको प्रमुख सचेतकको भूमिकामा छिन् । घुस डिल अडियो प्रकरणमा मुछिएका राजकुमार गुप्ताले मंगलबार नै पदबाट राजीनामा दिएका थिए । उनले अनुसन्धानलाई सघाउन आफूले राजीनामा दिएको बताउँदै खाँदै नखाएको विष आफूलाई लागेको दाबी गर्दै आएका छन् ।
Read More
प्रचण्ड–बाबुरामले बुर्जुवा लोकतान्त्रिक गणतन्त्रमा सम्झौता गरे, जनयुद्धलाई धोका दिए’ प्रचण्ड–बाबुरामले धोका दिएका कारण क्रान्ति सफल भएन M गजुरेल काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यबाहक महासचिव सिपी गजुरेलले जनगणतन्त्रका लागि नेपालका सबै कम्युनिस्ट पार्टीहरु एकजुट हुन अह्वान गरेका छन् । मंगलबार राजधानीको संवाद डबलीमा पार्टीको काठमाडौं जिल्लाले आयोजना गरेको अन्तरक्रियमा गजुरेलले प्रचण्ड–बाबुरामले धोका दिएका कारण क्रान्ति सफल नभएको आरोपसमेत लगाए । काठमाडौं जिल्ला सेक्रेटरी केदार खतिवडाले प्रस्तुत गरेको ‘दलाल संसदीय व्यवस्थाको विकल्पमा संघीय जनगणतन्त्र’ सम्बन्धी कार्यपत्रमाथि चर्चा गर्दै गजुरेलले समयको मगअनुसार विषय उठान भएको बताए । गजुरेलले जनयुद्धमा लिएको उद्देश्य पूरा नहुँदा पश्चगामी र बुर्जुवाहरुले देशलाई अस्थिर बनाएको आरोप लगाउँदै…
Read More
निजी क्षेत्रले दिने सुझाव सरकारको तर्फबाट सुनुवाई भईरहेको छ :अध्यक्ष ढकाल काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अनौपचारिक व्यवसायलाई औपचारिकतामा ल्याउन सके मात्र प्रतिस्पर्धामा जाने वातारण बन्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपालमा औपचारिकीकरणको प्रगति र महत्त्व सम्बन्धी कार्यक्रममा बोल्दै, उनले अनौपचारिक व्यवसायलाई औपचारिकतामा ल्याउनुपर्ने बताएका हुन् । उनले भने, ‘खासगरी व्यवसायलाई दर्ता प्रक्रिया अझैपनि जटिल महङगो तथा कर प्रणालीप्रति चेनताको कम भएको देखिन्छ । अनौपचारिक व्यवसायलाई औपचारिकतामा ल्याउन सके सबैकुरा सिस्टममा आउन सक्छ । सबै सिस्टममा आए भने प्रतिस्पर्धामा जाने वातावरण हुन्छ ।’ उनले व्यवसायको औपचारीकरण अव विकल्प नभएर आवश्यकता रहेको धारणा राखे । उनले…
Read More
ओझा निलम्बनमा परेपछि पोखरेलले लिए अध्यक्षको सपथ काठमाडौं । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्षको सपथ लिएका छन् । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष पोखरेलले सपथ लिएका हुन् । सोमबारको मन्त्रिपरिषद्को बैठकले सहसचिव पोखरेललाई अर्को व्यवस्था नहुँदासम्मका लागि बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष भइ काम गर्ने गरी तोक्ने निर्णय गरेको थियो । नेपाल बीमा प्राधिकरण सञ्चालक समितिका अध्यक्ष शरद ओझाका बारेमा उजुरी परेपछि मन्त्रिपरिषद्को बैठकले बीमा ऐन २०७९ को दफा १२ को उपदफा २ बमोजिम उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा तीन सदस्यीय छानविन समिति गठन गरेको थियो । छानबिन समिति गठन भएपछि ओझा स्वतः निलम्बन…
Read More
गतबर्ष भीषण पहिरो गएको झ्याप्ले खोला क्षेत्रमा पुनर्निर्माण धमाधम काठमाडौं । गत असोज १२ मा नागढुंगा–नौबिसे सडक खण्डको झ्याप्ले खोलामा लेदोसहितको भिषण पहिरो गएको स्थानमा अहिले पुनर्निर्माण कार्य तिब्र गतिमा भइरहेको छ ।चीनियाँ कम्पनी जियाङसु र नेपाली साझेदार कम्पनी सगुन कन्स्ट्रक्सनले उक्त स्थानमा अहिले पुनर्निर्माणसँगै पहिरो रोकथामको काम समेत गरिरहेको हो । कम्पनीका प्रतिनिधि ज्ञानेन्द्र घिमिरेले सो सड्क खण्डको पहिलो खण्डमा करीब ८० प्रतिशत सड्क कालोपत्रे भइसकेको बताए ।उनका अनुसार पहिरो गएको स्थानमा फेरी पहिरो जाने खतरालाई कम गर्न काम भइरहेको छ । गत वर्षको पहिरोका कारण यातायातका साधन समेत पुरिएका कारण ३५ जनाभन्दा धेरैले ज्यान गुमाएका थिए ।बाटोभदा करीब…
Read More
मोटरसाइकल र पिकअप ठोक्किदा सेनासहित पाँच घाइते

मोटरसाइकल र पिकअप ठोक्किदा सेनासहित पाँच घाइते

मोटरसाइकल र पिकअप ठोक्किदा सेनासहित पाँच घाइते रौतहट । सर्लाहीमा मोटरसाइकल र पिकअप ठोक्किएर आगलागी हुँदा नेपाली सेनाका सिपाही सहित पाँचजना घाइते भएका छन् । ईश्वरपुर नगरपालिका–१३, बाँके चोक नजिकै रेल्वे ट्रयाकमा बयलवासबाट बाँके खोलातर्फ जाँदै गरेको बा. ८ च ६५ नम्वरको पिकअप र बाँके–संग्रामपुर सडकखण्डमा श्रीनगरबाट बाँके चोकतर्फ आउँदै गरेको प्रदेश ०३–०२८ प २१९१ नम्वरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईका अनुसार सोमबार बिहान दुर्घटना हुँदा भगवती दल गण इटहरीमा कार्यरत नेपाली सेनाका सिपाही २३ वर्षीय चन्द्रदेव धामी, मध्य पश्चिम पृतना बुटवलमा कार्यरत सिपाही २२ वर्षीय…
Read More
केही पाइन्छ कि भनेर १० करोडको भवन हस्तान्तरण गरेको होइन ः मीन बहादुर गुरुङ

केही पाइन्छ कि भनेर १० करोडको भवन हस्तान्तरण गरेको होइन ः मीन बहादुर गुरुङ

केही पाइन्छ कि भनेर १० करोडको भवन हस्तान्तरण गरेको होइन ः मीन बहादुर गुरुङ काठमाडौं । भाटभटेनी सुपर मार्केटका सञ्चालक एवम उद्योगी मीन बहादुर गुरुङले टियू शिक्षण अस्पताललाई भवन हस्तान्तरण गर्न पाउँदा धेरै खुसी लागेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित टियू शिक्षण अस्पताललाई हस्तान्तरण गरेको भाटभटेनी सुपर मार्केटको सहयोगमा निर्मित भवनको उद्घाटन समारोहमा उनले स्वर्गीय बुुबा र आमाको स्मृतिमा १० करोडको लागतमा भवन निर्माण भएको भन्दै यो हस्तान्तरण गर्न पाउदा खुशी लागेको बताए । उनले भने, ‘टियू शिक्षण अस्पताललाई भवन हस्तान्तरण गर्न पाउँदा धेरै नै खुसी लागेको छ । २०६८ सालमा स्वर्गीय बुुबा र आमाको स्मृतिमा १० करोडको लागतमा…
Read More
जनकपुरधाम उपमहानगरपालिकाको बजेट ३ अर्ब १ करोड

जनकपुरधाम उपमहानगरपालिकाको बजेट ३ अर्ब १ करोड

जनकपुरधाम उपमहानगरपालिकाको बजेट ३ अर्ब १ करोड जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि ३ अर्ब १ करोड ९ हजार ४ सय ६३ रुपैयाँको बजेट ल्याएको छ । सोमबार जनकपुरधाम उपमहानगरपालिकाले १३ औँ नगरसभाबाट प्रस्तुत गरिएको बजेटमा चालुतर्फ १ अर्ब ६० करोड ११ लाख ३८ हजार ४ सय ६३, पुँजीगततर्फ १ अर्ब ४० करोड ८८ लाख ७१ हजार र सामाजिक सुरक्षा भत्तातर्फ ५० करोड रकम बजेट विनियोजन गरिएको जानकारी गराएको छ । आर्थिक वर्ष २०८१।०८२मा जनकपुरधाम उपमहानगरपालिकाले चालुतर्फ ८० प्रतिशत, पुँजीगततर्फ ८५ प्रतिशत र ७१ प्रतिशत वित्तिय प्रगति भएको जनाइएको छ । आगामी आर्थिक वर्षको बजेटमा भौतिक पूर्वाधार…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.