समाचार

रुस र युक्रेनी सेनाबीच भिडन्त, धेरै बस्तीहरूको कब्जा गरेको रुसको दाबी

रुस र युक्रेनी सेनाबीच भिडन्त, धेरै बस्तीहरूको कब्जा गरेको रुसको दाबी काठमाडौं । आइतबार रुसले आफ्नो सेनाले धेरै बस्तीहरू नियन्त्रण गरेको घोषणा गरेको छ । रुसी रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार रुसी सेनाले कुस्र्क ओब्लास्टका धेरै बस्तीहरूको कब्जा गरेको छ।रुसी टेलिभिजन च्यानल आरटी (रसिया टुडे)ले एउटा भिडियो क्लिप सार्वजनिक गर्दै रुसी सेनाले कुस्र्क क्षेत्रमा अमेरिकी निर्मित अब्राम्स ट्याङ्क कब्जा गरेको दाबी गरिएको थियो।रुसी सेनाले सुमी क्षेत्र र डोनेट्स्क क्षेत्रमा रहेका बस्तीहरू पनि नियन्त्रणमा लिएको थियो। त्यस्तै युक्रेनी पक्षले धेरै ठाउँमा रुसी सेनासँग युद्धमा संलग्न भएको प्रतिवदेन सार्वजनिक गरेको छ । युक्रेनी सेनाले रूसी हवाई रक्षा प्रणाली र तोपखानामा आक्रमण…
Read More
राप्रपालाई काठमाडौँ महानगरको एक लाख रुपैयाँ जरिवाना

राप्रपालाई काठमाडौँ महानगरको एक लाख रुपैयाँ जरिवाना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई एक लाख रुपैयाँ जरिवाना गरेको छ। आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा निकालिएको र्‍यालीका क्रममा सार्वजनिक स्थानमा फोहोर फैलिएको भन्दै महानगरले उक्त जरिवाना लगाएको हो। नगर प्रहरी निरीक्षक लिलाराज गाछा मगरद्वारा जारी सूचनाका अनुसार एयरपोर्ट, तिलगंगा, गौशाला लगायतका सार्वजनिक स्थानमा फोहोरमैला फालिएको, सडकपेटी तथा रेलिङ्गमा भौतिक क्षति पुर्‍याइएको भन्दै कारबाही गरिएको हो। फोहोरमैला व्यवस्थापन ऐन, २०६८, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७, र आर्थिक ऐन, २०८१ का प्रावधानअनुसार राप्रपालाई जरिवाना गरिएको महानगरपालिकाले जनाएको छ। महानगरपालिकाले सार्वजनिक स्थलमा फोहोर गर्ने वा सम्पत्ति नोक्सान गर्ने जोसुकैलाई कानुनी कारबाही गरिने चेतावनी समेत दिएको छ।
Read More
पूर्वराजाको स्वागतमा राजावादीको प्रदर्शन, काठमाडौंमा सुरक्षा हाई अलर्ट

पूर्वराजाको स्वागतमा राजावादीको प्रदर्शन, काठमाडौंमा सुरक्षा हाई अलर्ट

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराको एक साता बसाइँपछि काठमाडौं फर्किंदा राजावादी दल र समूहहरुले उनको स्वागतमा प्रदर्शन गर्दैछन् । उनीहरुको प्रदर्शनलाई मध्यनजर गरी काठमाडौंमा सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’मा राखिएको छ । आज बिहानैदेखि काठमाडौंको नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित चाबहिल, गौशाला लगायत संवेदनशील क्षेत्रहरुमा सुरक्षाकर्मीहरुलाई परिचालन गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका उपरीक्षक संजय बहादुर राउतले बताए । नेपाल न्यूज बैंकलाई जानकारी दिँदै उनले भने, ‘आज पोखराबाट  पूर्व राजा आउँदै  हुनुहुन्छ । बिहानैदेखि काठमाडौंको नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित चाबहिल, गौशाला, महाराजगञ्ज लगायत संवेदनशील क्षेत्रहरुमा सुरक्षाकर्मीहरु परिचालन छन् । आवश्यकता अनुसार सुरक्षाकर्मीहरु परिचालन गरिएका छन् ।…
Read More
मेयर शाहलाई राजीनामा दिएर अभियानमा जोडिन दुर्गा प्रसाईंको आग्रह

मेयर शाहलाई राजीनामा दिएर अभियानमा जोडिन दुर्गा प्रसाईंको आग्रह

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई राजीनामा दिएर आफूहरुको अभियानमा जोडिन आग्रह गरेका छन् ।शुक्रबार आफ्नै निवासमा पत्रकार सम्मेलनको आयोजना गरी उनले राजनीतिको खिचडीमा बस्नुभन्दा राजीनामा गरेर आफ्नो अभियानमा जोडिन सुझाएका हुन् ।उनले भने,‘म बालेन भाइलाई पनि के भन्न चाहन्छु भने छोड्दिनुहोस् त्यहाँ राजीनामा दिनुहोस् र त्यो खिचडीमा बस्नुभन्दा आउनुहोस् हाम्रो अभियानमा । तपाई महान हुनुहुन्छ । स्वतस्फूर्त रुपमा दोकान बन्द गरेर राजाको स्वागतमा आउनको लागि म सबै नेपालीहरुलाई आग्रह गर्दछु ।’प्रसाईंले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका लागि ढाडमा प्रेसर कुकर बम नबोकेको भए, सहयोग नगरेको भए आज आफ्नी नातिनीका लागि अमेरिकामा घर किन्न सक्थे…
Read More
एनआरएन महाधिवेशन पर सार्न मिल्दैन, सर्वोच्चको आदेश पालन गर्नुपर्छ : परराष्ट्रमन्त्री राणा

एनआरएन महाधिवेशन पर सार्न मिल्दैन, सर्वोच्चको आदेश पालन गर्नुपर्छ : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले गैर आवासीय नेपाली सङ्घ एनआरएनएको महाधिवेशन अदालतले तोकेकै मितिमा गर्न निर्देशन दिएकी छन् । नवौँ अधिवेशनपछि विभिन्न समूहमा विभाजित भएकोमा सर्वोच्च अदालतको गत वर्षको चैत २१ गतेको आदेश अनुसार उच्चस्तरीय समितिलाई एकताको अधिवेशन गर्ने जिम्मा दिइएको थियो ।सर्वोच्चका न्यायाधीश द्वय सपना मल्ल प्रधान र नहकुल सुवेदीको संयुक्त इजलासले डा. शेष घलेको नेतृत्वमा १३ सदस्यीय उच्चस्तरीय समिति गठन गरेर फैसलाको पूर्ण पाठ सार्वजनिक भएको ६ महिनाभित्र अधिवेशन गर्न परमादेश जारी गरेको थियो । सर्वोच्चको फैसला ढिलो गरी सार्वजनिक भएकाले आगामी मे १८ तारिखमा ६ महिना पुग्छ ।घले नेतृत्वको उच्चस्तरीय समितिले मे ३–५ काठमाडौँमा…
Read More
स्वास्थ्य मन्त्रालयको सचिव नियुक्तप्रति सांसद कार्कीको आपत्ति

स्वास्थ्य मन्त्रालयको सचिव नियुक्तप्रति सांसद कार्कीको आपत्ति

स्वास्थ्य मन्त्रालयको सचिव नियुक्तप्रति सांसद कार्कीको आपत्ति काठमाडौं । रास्वपा सांसद तोसिमा कार्कीले स्वास्थ्य मन्त्रालयको सचिव नियुक्त गर्दा वरीयता र जेष्ठता मिचिएको बताएकी छिन् । शुक्रबार बसेको प्रतिनिधिसभाको  बैठकमा बोल्दै उनले बढुवा गर्दा सरकारले वरीयता मिचेको भन्दै आपत्ति जनाएकी हुन् । उनले भनिन्, ‘संविधानमा लैङ्गिक समानताको धारा त राख्यौँ तर राज्यले महिलामाथि हेर्ने दृष्टिकोण परिवर्तन हुन सकेन । स्वास्थ्य मन्त्रालयमा नयाँ स्वास्थ्य सचिवको नियुक्ति भएको  छ । सिफारिसको आधारमा र वरिष्ठताका आधारमा एक नम्बरमा रहेकी डा.संगीता मिश्रलाई पन्छाएर अर्कैलाई सचिव नियुक्ति गरियो । क्याबिनेटले यस्तो निण्र्नय किन गर्यो, पुरुष मन्त्रीले महिला सचिवसँग कामै गर्न नसक्ने हो, कि महिला नेतृत्व स्वीकार…
Read More

पूर्वराजा ज्ञानेन्द्रले आफ्नो हैसियत बिर्से ः मन्त्री गुरुङ

पूर्वराजा ज्ञानेन्द्रले आफ्नो हैसियत बिर्से ः मन्त्री गुरुङ काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पूर्वराजा ज्ञानेन्द्रले आफ्नो हैसियत बिर्सेको आरोप लगाएका छन् । शुक्रबार मन्त्रिपरिषद्को बैठकका निर्णय सार्बजनिक गर्ने क्रममा उनले व्यवस्था नै पल्टिएपछि नागार्जुन दरबारमा राखेको बताउदै व्यवस्था र राजनीतिक दलहरूप्रति कटाक्ष गर्दै फेरि फर्किन्छु भनेर ज्ञानेन्द्रले आफ्नो हैसियत बिर्सेको बताएका हुन् । उनले भने, ‘नेपालमा उदार लोकतन्त्र छ । अरू मुलुकमा भएको भए ४०÷५० वर्षसम्म शोषण गर्ने, जनतालाई दुःख दिने राजसंस्था र त्यसको परिवार, व्यक्तिहरूलाई नयाँ व्यवस्था आइसकेपछि जेलमा बस्नुपर्ने हो । तीनको सम्पत्ति सबै हरण हुनुपर्ने हो । दुनियाँमा त्यही इतिहास…
Read More
श्रम मन्त्रालय घुस सङ्कलन गर्ने अड्डा बन्यो ः डीपी अर्याल

श्रम मन्त्रालय घुस सङ्कलन गर्ने अड्डा बन्यो ः डीपी अर्याल

श्रम मन्त्रालय घुस सङ्कलन गर्ने अड्डा बन्यो ः डीपी अर्याल काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डीपी अर्यालले श्रम मन्त्रालय श्रमिकहरुसँग घुस सङ्कलन गर्ने अड्डा बनेको आरोप लगाएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रत्येक दिन ताहाचल कार्यालयमा करिब ७५ लाख घुस असुली भइरहेको छ । मन्त्री र डीजीलाई जानकारी गराउँदासमेत पनि बेखबर छन् । अब मन्त्रालय घुसको अड्डा बनेको हो,’ उनको प्रश्न थियो । ‘देशमा रोजगार नपाएर हरेक दिन युवाहरू विदेशिन परेको समाचार अब नयाँ रहेन । हामीसँग श्रम मन्त्रालय छ । मन्त्रालयको उद्देश्य र काम भनेको रोजगार सिर्जना, युवाहरुलाई देशमा बस्ने वातावरण बनाउने हुनुपर्ने हो ।…
Read More
प्रेस स्वतन्त्रतामाथि बन्देज लगाउने काम हुन दिने छैन् ः सभामुख घिमिरे

प्रेस स्वतन्त्रतामाथि बन्देज लगाउने काम हुन दिने छैन् ः सभामुख घिमिरे

प्रेस स्वतन्त्रतामाथि बन्देज लगाउने काम हुन दिने छैन् ः सभामुख घिमिरे काठमाडौं । सभामुख देवराज घिमिरेले प्रेस स्वतन्त्रतामाथि कुनै पनि हालतमा बन्देज लगाउने काम नहुने बताएका छन् ।शुक्रबार इकोनमिक मिडिया एसोसिएसन नेपाल(इमान) इमानको दोस्रो वार्षिकोत्सव तथा तेस्रो वार्षिक साधारणसभा कार्यक्रममा बोल्दै उनले सञ्चारसम्बन्धी कुनैपनि कानुनी व्यवस्था गर्दा संविधान प्रदत्त प्रेस स्वतन्त्रताको मर्म विपरीत जान नहुने बताए ।उनले भने,‘संसदमा विचाराधिन विधेयकमाथि तपाईहरुको चासोबारे म जानकार छु । प्रेस स्वतन्त्रतामाथि कुनैपनि हालतमा कुनैपनि किसिमको बन्देज लगाउने काम हुने छैन् । सञ्चारसम्बन्धी कुनै पनि कानुनी व्यवस्था संविधान प्रदत्त प्रेस स्वतन्त्रताको मर्म विपरित जानुहुँदैन । कुनै पनि कानुनले पत्रकारिताको स्वतन्त्र अभ्यासमा अवरोध पुर्याउने, सूचनाको…
Read More
अध्यक्ष नेपालले जन्म दिनमा फलको बिरुवा रोप्ने, अभियानमा ऐक्यवद्धता जनाउने

अध्यक्ष नेपालले जन्म दिनमा फलको बिरुवा रोप्ने, अभियानमा ऐक्यवद्धता जनाउने

अध्यक्ष नेपालले जन्म दिनमा फलको बिरुवा रोप्ने, अभियानमा ऐक्यवद्धता जनाउने काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको जन्म दिन आज विशेष तरिकाले मनाइँदैछ ।उनले आफ्नो जन्मदिनमा रौतहटबाट पहिलोपटक अभियानका रूपमा सुरुवात गरिएको ‘जन्मदिनलाई सतकर्ममा जोडौैं’ अभियानमा ऐक्यवद्धता जनाउने कार्यक्रम छ । जन्मदिवसका अवसरमा फलको बिरुवा रोप्दै महत्त्वपूर्ण धारणा राख्ने कार्यक्रम तय भएको छ ।निवासमा बिरुवा रोपेर जनस्वास्थ्य र पर्यावरण संरक्षणका महत्वकांक्षी उद्देश्यलाई जोड्ने अवसरमा एक अभिनव पहल सुरु गरेका छन् ।रौतहटबाट शुरू भएको यस अभियानको उद्देश्य सत्कर्ममा जोड दिने र समाजलाई सकरात्मक परिवर्तनको मार्गमा अगाडि बढाउने रहेको छ । विशेष कार्यक्रमको दौरान, पार्टी अध्यक्ष नेपालले फलको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.