समाचार

प्रदेश र स्थानीय तहको अनुदान कटौती भएकोप्रति ध्यानाकर्षण

प्रदेश र स्थानीय तहको अनुदान कटौती भएकोप्रति ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले प्रदेश र स्थानीय तहमा वित्तीय समानिकरण अनुदान कटौती गरिएको विषयमा सरकारको ध्यानाकर्षण गराएकी छन् । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रदेश तथा स्थानीय तहमा पठाइने अनुदान रकममा निरन्तर कटौती भइरहेको भन्दै सरकारको आलोचना गरिन् । उनले भनिन्, ‘यो सदनमार्फत प्रदेश र स्थानीय तहमा वित्तीय समानिकरण अनुदान काटिएको विषयमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । पूराना सरकारले त गरे होलान तर यो सरकारले पनि त्यही थितिलाई निरन्तरता दिँदा अचम्मित परेकी छु ।’ उनले नेपालको संविधानको धारा २५१ ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको भूमिका र अधिकार स्पष्ट रूपमा परिभाषित गरेको उल्लेख…
Read More
विद्यालय शिक्षा क्षेत्र योजनाको समीक्षा बैठक सुरु

विद्यालय शिक्षा क्षेत्र योजनाको समीक्षा बैठक सुरु

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा क्षेत्र योजना ‘स्कुल एजुकेशन सेक्टर प्लान’ (एसइएसपी) योजनाको समीक्षा बैठक प्रारम्भ गरेको छ । आगामी आर्थिक वर्षको बजेट निर्माणको प्रक्रिया चलिरहेको सन्दर्भमा मन्त्रालयले दातृनिकायहरुसँग सञ्चालित एसइएसपी कार्यक्रमको प्रगीत तथा बजेट समीक्षा गर्दै आगामी दिनमा शिक्षा क्षेत्रमा लिनुपर्ने पहलकदमीहरूको बारेमा छलफल गरेको हो । पाँच दिनसम्म चल्ने बजेट समीक्षा बैठकमा शिक्षा मन्त्रालय, मन्त्रालय अन्तर्गतका शिक्षा तथा मानव स्रोत विकास केन्द्र, पाठ्यक्रम विकास केन्द्र लगायत विभिन्न निकाय तथा एसइएसपीमा सहयोग गर्ने विकास साझेदारहरूको सहभागिता रहेको छ । मन्त्रालयका सचिव चूडामणि पौडेलको अध्यक्षता सुरु भएको पहिलो दिनको बैठकमा विकास साझेदारको संयोजक युरोपेली सङ्घ (इयू) को…
Read More
मेडिकल व्यवसायी दुर्गा प्रसाईँ वीरगन्जबाट पुन: पक्राउ परेपछि समर्थकहरूद्वारा टायर बालेर प्रदर्शन

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ वीरगन्जबाट पुन: पक्राउ परेपछि समर्थकहरूद्वारा टायर बालेर प्रदर्शन

रौतहट ।‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ का संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ वीरगन्जबाट पक्राउ परेका छन्। उनलाई सोमबार बेलुका वीरगन्जको आदर्शनगरस्थित दियोले होटेलबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।प्रहरी स्रोतका अनुसार प्रसाईँलाई ‘माथिको आदेश’ भन्दै नियन्त्रणमा लिइएको हो। उनी पक्राउ परेको पुष्टि भए पनि प्रहरीले हालसम्म कुन कसुर वा अभियोगमा पक्राउ गरिएको हो भन्नेबारे आधिकारिक रूपमा केही खुलाएको छैन । महाअभियानको कार्यक्रमका लागि प्रसाईँ सोमबार दिउँसो सिमरा विमानस्थल हुँदै वीरगन्ज आइपुगेका थिए। जिल्ला प्रशासन कार्यालय पर्साले उनलाई वीरगन्जमा सभा तथा कार्यक्रम गर्न स्वीकृति दिइसकेको पत्र समेत सार्वजनिक भएको थियो। प्रशासन आफैँले लिखित अनुमति दिएर पनि होटेलबाटै…
Read More
बडीमालिका जाने क्रममा एक जनाको मृत्यु

बडीमालिका जाने क्रममा एक जनाको मृत्यु

बाजुरा । बाजुराको धार्मिक आस्थाको धरोहर भू-स्वर्ग बडीमालिका जाने क्रममा एकजना तीर्थयात्रीको मृत्यु भएको छ । भैरहवा स्थायी घर भई हाल राष्ट्रिय सतर्कता केन्द्र काठमाडौंमा कार्यरत लेखा अधिकृत ५६ वर्षीय विश्वराज पन्थीको मृत्यु भएको हो । मृतक पन्थीसहित ३ जनाको टोली बडीमालिका दर्शनको लागी जाने क्रममा बडीमालिका नगरपालिका वडा नम्बर ८ स्थित खारेको जंगलमा पुग्दा पन्थी एक्कासि बेहोस भएका थिए । बेहोस भएका उनलाई सोही टोलीले उद्धार गरी जिल्ला अस्पताल पु¥याई उपचारको क्रममा डाक्टरले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी नरेश बहादुर शाहीले बताए । उनले दिएको जानकारी अनुसार,मृतक पन्थीको शव अहिले जिल्ला अस्पताल…
Read More
वीरगन्ज महानगरपालिकाका मेयरविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता

वीरगन्ज महानगरपालिकाका मेयरविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहसहित चार जनाविरुद्ध पर्सा जिल्ला अदालतमा लिखत सम्बन्धी कसुर मुद्दा दर्ता भएको छ । झुटा प्रमाण पेस गरी नागरिकता तथा राहदानी (पासपोर्ट) बनाएको उजुरीका आधारमा जिल्ला महान्यायाधिवक्ता कार्यालयले नगर प्रमुख सिंहसहित चार जनाविरुद्ध शुक्रबार पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । वीरगन्ज महानगरपालिका वडा नं. ३ मा झुटा विवरण पेस गरी अर्काकी छोरीलाई नागरिकता तथा पासपोर्ट बनाएको उजुरीका आधारमा नगर प्रमुख सिंहलगायत व्यक्तिविरुद्ध पर्सा जिल्ला अदालतको मुद्दा नं ८२–सी–१–१०८३ मा लिखत सम्बन्धी कसुर मुद्दा दर्ता भएको पर्सा जिल्ला अदालतका श्रेस्तेदार प्रभाकर कुमार मलिकले जानकारी दिए । मुद्दामा महानगरपालिकाका नगर प्रमुख सिंह, सिन्धुपाल्चोक…
Read More
सर्लाहीमा इट्टा भट्टाको चयाङ खस्दा तीन जना मजदुरको मृत्यु, दुई जना घाइते

सर्लाहीमा इट्टा भट्टाको चयाङ खस्दा तीन जना मजदुरको मृत्यु, दुई जना घाइते

सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका – ५ मजुर्वास्थित कृष्ण इट्टा उद्योगमा शुक्रबार साँझ इट्टाको चयाङ खस्दा तीन जना मजदुरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार साँझ करिब ६ बजे इट्टा निकाल्ने क्रममा अचानक इट्टाको प्रखाल भत्किँदा काम गरिरहेका मजदुरहरू माटो र इट्टाले पुरिएका थिए। स्थानीयले घटनाबारे जानकारी गराएपछि प्रहरीको टोली घटनास्थल पुगेर उद्धार कार्य गरेको थियो। घाइते तथा पुरिएकाहरूलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा पठाइएको प्रहरीले जनाएको छ। उपचारका क्रममा गौडेता नगरपालिका – ७ रामवनका ५० वर्षीय फिताई मंसुर, गौडेता नगरपालिका – ९ का ३५ वर्षीय शम्भु राउत तथा भारतको लखेमपुर…
Read More
सरकारले छानबिन समिति बनायो, सत्य तथ्य बाहिर ल्याउनेमा ढुक्क छु : सुधन गुरुङ

सरकारले छानबिन समिति बनायो, सत्य तथ्य बाहिर ल्याउनेमा ढुक्क छु : सुधन गुरुङ

काठमाडौं । तत्कालीन गृहमन्त्री तथा सांसद सुधन गुरुङले आफूविरुद्ध छानबिन समिति बनेको र सरकारले सत्य तथ्य बाहिर ल्याउनेमा आफू ढुक्क रहेको बताएका छन् । यदि आफूबाट गल्ती भएको प्रमाणित भए वर्तमान सरकारले कुनै हालतमा नजोगाउने र कारबाही गर्ने भन्दै उनले आफूले कुनै पनि गलत काम नगरेको दाबी गरे । गुरुङले भने, “हाम्रो सरकारले कसैलाई पनि छाड्दैन। हाम्रै श्रम मन्त्रीलाई समेत सरकारले छाडेन भने मलाई त झन् कुनै हालतमा छाड्दैन । पहिलेका दलहरूजस्तो यताउति म्यानिपुलेट गरेर ‘वासिङ मेसिनमा धोएर ल्यायो’ भन्ने हाम्रोमा हुँदैन ।” गुरुङले समिति गठन हुनुअघि नै दलका प्रमुख नेताहरूले आफूलाई “कुनै गलत काम त छैन नि ?” भनेर…
Read More
संविधान संशोधन अग्रगमनका लागि हुनुपर्नेमा सांसद नेम्वाङको जोड

संविधान संशोधन अग्रगमनका लागि हुनुपर्नेमा सांसद नेम्वाङको जोड

काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले संविधान संशोधन केवल संशोधनका लागि मात्र नभई जनताको अधिकारलाई थप सुदृढ गर्दै अग्रगमनतर्फ उन्मुख हुनुपर्ने बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संविधान संशोधनको प्रक्रिया जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्दै देशलाई प्रगतितर्फ लैजाने उद्देश्यका साथ अघि बढ्नुपर्ने धारणा राखे । उनले भने, ‘संविधान संशोधन केबल संशोधनको लागी मात्र होइन । जनताले प्राप्त गरेको अधिकारको कसिमा राखेर अग्र गमनको लागी होइन । अग्रगमनको लागी हुनु पर्छ । न कि पश्चगमनको लागी ।’ उनले संविधानलाई केवल अक्षरहरूको संग्रह नभई नेपाली जनताको रगत र पसिनाले लेखिएको साझा सहमतिको दस्तावेज भएको उल्लेख गरे। ‘संविधान…
Read More
लागू औषधसहित ५ जना पक्राउ, ट्रामाडोल क्याप्सुल र गाँजा बरामद

लागू औषधसहित ५ जना पक्राउ, ट्रामाडोल क्याप्सुल र गाँजा बरामद

ललितपुर । जिल्ला प्रहरी परिसर ललितपुर मातहत प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले लागू औषध कारोबारमा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार २०८३ वैशाख २९ र ३० गते ललितपुर महानगरपालिका वडा नं. २३ र २८ क्षेत्रमा लागू औषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा चेकजाँच गर्दा विभिन्न प्रकारका लागू औषध तथा सामग्रीसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका–१० स्थायी घर भई हाल ललितपुर–२३ बस्दै आएका ४३ वर्षीय अनिल कुँवर, सुनसरी गढी गाउँपालिका–१ स्थायी घर भई हाल ललितपुर–२८ बस्ने २१ वर्षीय गौतम शर्मा, ललितपुर महानगरपालिका–२८ नयाँबाटो बस्ने २८ वर्षीय रोहन पोडे, कैलाली टिकापुर नगरपालिका–२…
Read More
एम्बुलेन्समा करीब साढे चार सय किलो गाँजा फेला, चालक फरार

एम्बुलेन्समा करीब साढे चार सय किलो गाँजा फेला, चालक फरार

एम्बुलेन्समा करीब साढे चार सय किलो गाँजा फेला, चालक फरार विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थितबाट प्रहरीले करीब साढे चार सय किलोग्राम गाँजा सहित एउटा एम्बुलेन्स नियन्त्रणमा लिएको छ । मंगलबार राति इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँचका क्रममा को १ च ७३५९ नम्बरको एम्बुलेन्सलाई रोकी जाँच गर्दा प्लास्टिकको बोरामा प्याक गरी राखिएको ४४० किलो गाँजा बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बरामद गाँजाको तौल ४४० किलोग्राम रहेको छ । गाँजा फेला परेपछि एम्बुलेन्स चालक तथा घटनामा संलग्न अन्य व्यक्तिहरू फरार रहेको र उनीहरूको खोजी कार्य तीव्र पारिएको जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट उक्त एम्बुलेन्स…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.