समाचार

तीनवटा संसदीय समितिको बैठक बस्दै

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत आज विभिन्न तीनवटा समितिको बैठक बस्दै छ । आइतबार अर्थ समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने छ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवाला र विज्ञहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ । यस्तै,राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो सवा १२ बजे सिंहदरबारमा बस्दै छ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची  छ । त्यस्तै, विधायन व्यवस्थापन समितिको बैठक पनि बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने छ । बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१…
Read More
अप्राकृतिक भएकै कारण अब ओली सरकार चल्दैन – प्रचण्ड

अप्राकृतिक भएकै कारण अब ओली सरकार चल्दैन – प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अप्राकृतिक भएकाले अब एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार नचल्ने बताएका छन् ।शुक्रबार सिंहदरबारमा विपक्षी दलका नेताहरुसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले बर्तमान गठबन्धन अप्राकृतिक, अलोकतान्त्रिक र अपादर्शि रहेकोले नचल्ने दाबी गरेका हुन् ।उनले भने,‘यो गठबन्धन अप्राकृतिक,अलोकतान्त्रिक र अपादर्शी छ भनेर मैले गम्भीर रुपले भनिसकेको छु ।अप्राकृतिक भएकाले अब यो चल्दैन ।’यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले ०८७ सम्म चुनावै नगरी बस्न खोजेको बताए ।प्रधानमन्त्रीले ओली संसद नै भंग गर्ने मान्छेले भएको भन्दै संसद भंग गरेर ठेलेको ठेलै गरेर अझै ६ बर्ष बसांैला भन्ने सोच…
Read More
पोखरामा स्कुटर चोरी गर्ने तीनजना पक्राउ

पोखरामा स्कुटर चोरी गर्ने तीनजना पक्राउ

पोखरा । पोखरामा मोटरसाइकल तथा स्कुटर चोरी गर्ने कार्यमा संलग्न तीन जनालाई वडा प्रहरी कार्यालय बैदाम पोखराले पक्राउ गरेको छ ।  पोखरा महानगरपालिका वडा नं.११ बस्ने बर्ष २६ को सन्तोष लामिछाने र कास्कीको मादी गाउँपालिका वडा नं.३ घर भई हाल पोखरा १५ बस्ने बर्ष २७ को किरन परियार र नवलपरासीको पश्चिम सुस्ता गाँउपालिका वडा नं.५ बस्ने बर्ष ३० को प्रहलाद कोहारलाई पोखरामा स्कुटर चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।  पक्राउ परेका तीन जनामध्ये लामिछाने र परियारले गएको पुष ९ गते मध्यराति पोखराको पृथ्वीचोकमा पार्किङ गरी राखेको ग २५ प ७१३ नम्बर र ग १८ प २७३७ नं.को स्कुटर…
Read More
विभिन्न मुद्दाका २० जना फरार प्रतिवादी पक्राउ

विभिन्न मुद्दाका २० जना फरार प्रतिवादी पक्राउ

रौतहट । रौतहट प्रहरीले अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएका विभिन्न मुद्दाका २० जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यलय तथा मातहतबाट खटिएको टोलिले खोज तलास गरि पक्राउ गरेको हो । रौतहट प्रहरी निरीक्षक राम कुमार महतोका अनुसार यहि पुस २३ गतेअदालतको फैसला कार्यान्वयन अन्तर्गत फरार प्रतिवादीलाई पक्राउ गरि आवश्यक कारबाहीका लागी रौतहट जिल्ला अदालतमा पठाइएको छ ।पक्राउ पर्नेमा जालसाजी मुद्दाका अभियुक्त धेरै रहेको उनले जानकारी दिए ।जालसाजी मुद्दामा हुलास दास तत्मा , दीपलाल दास, जयलाल दास तत्मा , अखिलेन्द्र कुमार , सुखलाल महरा , फेकु महरा चमार , प्रेमचन्द्र महरा चमार, दशरथ दास तत्मा, शिव दास तत्मा,…
Read More
राष्ट्रिय बिमा कम्पनीको दोस्रो वार्षिक प्रतिवेदन सार्वजनिक, पारित भए ६ वटा प्रस्तावहरु

राष्ट्रिय बिमा कम्पनीको दोस्रो वार्षिक प्रतिवेदन सार्वजनिक, पारित भए ६ वटा प्रस्तावहरु

काठमाडौं । राष्ट्रिय बिमा कम्पनीको दोस्रो वार्षिक प्रतिवेदन सार्वजनिक भएको छ।बुधबार एक विशेष कार्यक्रमकाबीच बिमा कम्पनीले आफ्नो वार्षिक साधारण सभामा दोस्रो वार्षिक प्रतिवेदन सार्वजनिक गरेको हो ।दोस्रो वार्षिक प्रतिवेदनमा ६ वटा सामान्य प्रस्तावहरु पारित भएका छन् ।यस्ता छन् ६ वटा सामान्य प्रस्तावहरु(१) सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गरेको राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७३÷७४ र आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रतिवेदन पारित भएको छ ।(२) राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७३÷७४ र आर्थिक वर्ष २०७४÷७५ को लेखापरीक्षकको प्रतिवेदन सहितको आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित…
Read More
विद्यालय पाठ्यक्रममा स्वास्थ्य सचेतनाका विषय परिमार्जनका लागि मन्त्री पौडेलले गरे शिक्षामन्त्रीसँग आग्रह

विद्यालय पाठ्यक्रममा स्वास्थ्य सचेतनाका विषय परिमार्जनका लागि मन्त्री पौडेलले गरे शिक्षामन्त्रीसँग आग्रह

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विद्यालय पाठ्यक्रममा स्वास्थ्य जनचेतनाका विषय परिमार्जन गर्नका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईसँग आग्रह गरेका छन् । मन्त्रालयमा मन्त्रीद्वयबीच यसबारे छलफल भएको छ । छलफलमा मन्त्री पौडेलले विद्यालय तहमा रहेका स्वास्थ्य सम्बन्धी विषय परिमार्जनका लागि विज्ञ समिति बनाएर काम गर्न सहकार्यको प्रस्ताव गरे । उनले नसर्ने रोग बढ्दै गएकाले यसलाई रोकथाम गर्न विद्यालय तहबाटै सचेतनामूलक सामग्री प्रभावकारी बनाउनुपर्ने आवश्यकता महसुस गरेको भन्दै पाठ्यक्रम विकास केन्द्रलाई स्तरीय सामग्री तयार पार्न मन्त्रालय सहकार्य गर्न तयार रहेको उल्लेख गरे । उनले पाठ्यक्रममा स्वस्थ खानपिन तथा मादक पदार्थबिरुद्धका सचेतनाका विषय पनि समावेश गर्नका लागि सघाउने…
Read More
५० केजी लागुऔषध गाँजासहित चार जना पक्राउ

५० केजी लागुऔषध गाँजासहित चार जना पक्राउ

पर्सा । लागुऔषध गाँजा ५० केजी सहित पर्सा प्रहरीले बिरगञ्जबाट चार जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी  कार्यलय  तथा मातहतबाट खटिएको प्रहरी टोलीले  बिरगञ्जको हानगरपालिका –२० हरपतगञ्जबाट मंगलबार राति नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ७ तीनटोलियाका ३६ वर्षीय अकबर मियाँ , वडा नम्बर ७ कै छपकैयाका ४५ वर्षीय शिव महत्तो र वडा नम्बर १ विश्रामपुरका ४० वर्षीय पारस यादव, ५२ वर्षीय मैनुदिन मियाँ रहेका छन् । पर्साका प्रहरी प्रवक्ता किशोर लम्सालका अनुसार कुलोको बाटो भएर टाउकोमा गाँजा बोकेर जाँदै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो । गाँजासहित नियन्त्रणमा लिइएकाहरूलाई जिल्ला प्रहरी कार्यालय पर्साको…
Read More
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैँ

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैँ

काठमाडौं । संघीय संसद राष्ट्रिय सभा अन्तरगत आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैँ छ । बुधबार बिहान ११ः०० बजे उक्त समितिको बैठक बस्न लागेको हो । आजको बैठकमा मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यान्वयन प्रगति अवस्था, समस्या, चुनौती र भावी कार्यायोजना सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
Read More
विभागीय प्रमुखहरुबाट अहिलेसम्मका प्रगतिका विषयमा संक्षिप्त प्रस्तुति

विभागीय प्रमुखहरुबाट अहिलेसम्मका प्रगतिका विषयमा संक्षिप्त प्रस्तुति

काठमाडौं । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले दायित्व निर्वाह गर्ने क्रममा नियत सफा राखेर काम गर्नुपर्ने बताएकी छन् । मंगलबार वार्षिक लक्ष्य, लक्ष्यमा पुग्न विभागहरुले अहिलेसम्म सम्पादन गरेका काम र यसबाट प्राप्त नतिजाका विषयमा जानकारी लिँदै उनले काम गर्दै जाँदा परिस्थितिजन्य प्रशासनिक संकटबाट केवल कानुनले मात्र बचाउन सक्ने भन्दै कानुनी व्यवस्थाप्रति पूर्ण इमान्दार र प्रतिवद्ध हुनुपर्ने बताइन् । उनले भनिन्, ‘दायित्व निर्वाह गर्ने क्रममा नियत सफा राखेर काम गर्नुपर्छ । यो कर्मचारीको धर्म हो । काम गर्दै जाँदा परिस्थितिजन्य प्रशासनिक संकट आउन सक्छ । यो संकटबाट केवल कानुनले मात्र बचाउन सक्छ । यसकारण तपाईँहरु कानुनी व्यवस्थाप्रति पूर्ण इमान्दार र…
Read More
सहकारी पीडितहरुले सरकारलाई पठाए १६ बुँदे चेतावनी पत्र

सहकारी पीडितहरुले सरकारलाई पठाए १६ बुँदे चेतावनी पत्र

काठमाडौं । सहकारी पीडितले ओली सरकारले ल्याएको सहकारी अध्यादेश पीडितको समस्या समाधान भन्दा पनि सहकारी ठग बचाउने खेल भएको आरोप लागाएको छ ।मंगलबार राजधानीमा कार्यक्रमको आयोजना गरी समस्या समाधानका लागि १६ बुँदे चेतावनी पत्रसमेत सार्वजनिक गरेको छ ।सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान(महासंघ)का अध्यक्ष कुशलभ केसीले देशभरी सहकारी बचतकर्ताहरु तनाबमा भएको बेला अध्यादेश पीडितमैत्री भन्दा पनि ठग बचाउने योजनामा ल्याइएको बताए ।केसीले पीडितहरु घरबार विहीनको अवस्थामा पुगेको बेला सरकारले ल्याएको अध्यादेश आगोमा घ्यू जस्तै भएको बताए ।उनले भने, ‘हामीले ओली सरकारले आफूलाई सच्याएर अघि बढ्ला भनेको त झन पीडितको उठिवास लगाउने कार्य भयो । हामीले १६ बुँदे सुझाव पत्रसहित सरकालाई यो…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.