समाचार

पर्यटन व्यवसायीहरुलाई फेवातालमा ढल नफाल्न मेयर आचार्यले गरे आग्रह

पर्यटन व्यवसायीहरुलाई फेवातालमा ढल नफाल्न मेयर आचार्यले गरे आग्रह

पर्यटन व्यवसायीहरुलाई फेवातालमा ढल नफाल्न मेयर आचार्यले गरे आग्रह पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पर्यटन व्यवसायीहरुलाई फेवातालमा ढल नफाल्न आग्रह गरेका छन् । शनिबार दिउँसो पोखराको लेकसाइडमा आयोजित २६ औं सडक महोत्सव उद्घाटन गर्दै उनले पटक पटक फेवातालमा ढल नफाल्न पत्र लेखे पनि १९ जना व्यवसायीहरुले टेर्ने नगरेको बताएका हुन् । उनले पर्यटन व्यवसायीहरुप्रति लक्षित गर्दै भने, ‘महानगरले पटक – पटक फेवातालमा ढल नफाल्न पत्र लेख्छ । तर १९ जना व्यवसायीहरुले टेर्दै टेर्नुहुन्न । २४ घण्टाभित्र खुरुक्क फेवातालमा ढल फाल्न रोक्नुहोस् न । किन रोक्नु हुन्न ?’ उनलें अन्यथा महानगरले त्यस्ता संस्था वा व्यक्तिहरुलाई कानून अनुसार कारबाही गरेर…
Read More
दक्षिण कोरिया विमान दुर्घटना अपडेट ः मृतकको सङ्ख्या ८५ पुग्यो

दक्षिण कोरिया विमान दुर्घटना अपडेट ः मृतकको सङ्ख्या ८५ पुग्यो

दक्षिण कोरिया विमान दुर्घटना अपडेट ः मृतकको सङ्ख्या ८५ पुग्यो काठमाडौं । दक्षिण कोरियामा विमान दुर्घटना हुँदा ८५ यात्रुको मृत्यु भएको छ । चालक दलका ६ जना सदस्य र १७५ यात्रु बोकेको जेजु एअरको बोइङ–७३७ विमान आज बिहान अवतरणका क्रममा दुर्घटना भएको हो । थाइल्यान्डको राजधानी ब्यांककबाट कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको हो । धावनमार्गमा चिप्लिएको विमान पर्खालमा ठोक्किएको हो । दुर्घटनामा मृत्यु हुनेको संख्या ८५ पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । मृत्यु हुनेमा ४६ महिला र ३९ पुरुष रहेका छन् । मृतकको संख्या अझै बढ्न सक्ने जनाएको छ । घाइतेको अवस्था गम्भीर रहेको छ ।
Read More
नेपाली कांग्रेस विधि र नीतिमा अडिग छ : प्रवक्ता डा.महत

नेपाली कांग्रेस विधि र नीतिमा अडिग छ : प्रवक्ता डा.महत

नेपाली कांग्रेस विधि र नीतिमा अडिग छ : प्रवक्ता डा.महत नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले विधि र नीतिमा नेपाली कांग्रेस अडिग रहेको बताएका छन् । नुवाकोटको पञ्चकन्या–४ घ्याङस्वारामा नेपाल तरुण दल, नुवाकोट क्षेत्र नं १ को आयोजनामा ‘नेपाली कांग्रेसको एकसय दिने कार्यक्रम’ अन्तर्गत प्रशिक्षण कार्यक्रममा उनले पार्टी स्थापना गर्ने संस्थापक नेताहरूको त्याग र योगदानबाट सिर्जित विधि र नीतिले मुलुकको विश्वासिलो र भरपर्दो पार्टीको छवी कायम राख्न कांग्रेस सफल हुँदै आएको बताएका हुन्  ।     प्रवक्ता डा. महतले नेतृत्वलाई प्रश्न उठाएकै कारण अन्य पार्टीमा कारबाही, निलम्बन र निष्काशन हुने गरेको भन्दै वाक–स्वतन्त्रता, लोकतान्त्रिक पद्दतिको अभ्यास, विधिको शासन, नीति प्रधान…
Read More
इटा उद्योगका मजदुर भन्छन् ः पारिश्रमिक थोरै भएपनि बाँच्नै परेको छ

इटा उद्योगका मजदुर भन्छन् ः पारिश्रमिक थोरै भएपनि बाँच्नै परेको छ

इटा उद्योगका मजदुर भन्छन् ः पारिश्रमिक थोरै भएपनि बाँच्नै परेको छ काठमाडौं । काठमाडौं उपत्याका भित्रका इटा उद्योगहरुमा इटा निर्माणको काम सुरु भएको छ । यही माघ १ गतेदेखि भट्टाहरुमा इटा पोल्ने काम सुरु हुने व्यवसायीहरुको भनाइ छ ।इटा बनाउका लागि नेपालका विभिन्न जिल्लाहरुबाट मजदुरहरु उपत्यका भित्रिरहेका छन् । तर जोखिमपूर्ण मानिने इटा बनाउने कामप्रति मजदुर त्यति खुशी छैनन् । जीवन गुजारा चलाउन उद्योगहरु राम्रो भएपनि पारिश्रमिका हिसाबले मजदुर सन्तुष्ट छैनन् ।काभ्रेबाट आएका शिवबहादुर तामाङ ६ बर्षदेखि इटा बनाउँदै आएपनि पारिश्रमिकमा सन्तुष्ट हुन नसकेको बताए । ‘मैंले इटा बनाउन थालेको ६ वर्ष भयो । पहिला र अहिले काममा धेरै भिन्नता…
Read More
हिमाली र पहाडी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना

हिमाली र पहाडी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना

हिमाली र पहाडी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातका साथै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो हिमाली र पहाडी क्षेत्रमा साधारणतया बदली रही केही स्थानमा हल्का वर्षाका साथै हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । तराई क्षेत्रमा साधारणतया बदली रही एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । कोशी, बाग्मती, गण्डकी, कर्णाली र…
Read More
कांग्रेसका सभापतिद्वारा ‘क्रिसमस डे’ को शुभकामना

कांग्रेसका सभापतिद्वारा ‘क्रिसमस डे’ को शुभकामना

xr:d:DAFbpsAE51M:3904,j:1828882845220157668,t:24031202 कांग्रेसका सभापतिद्वारा ‘क्रिसमस डे’ को शुभकामना काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चाडपर्वहरूले सामुहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पु¥याएको बताएका छन् । बुधबार ‘क्रिसमस डे’ को अवसरमा शुभकामना सन्देश दिँदै उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले सम्पन्न मुलुक भएको भन्दै यिनै चाड–पर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाजहरूले सामुहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पु¥याएको बताएका हुन् । उनले लेखेका छन्, ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले सम्पन्न मुलुक हो । यिनै विविधता बीच मनाइने यहाँका विभिन्न चाड–पर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाजहरूलाई…
Read More
चाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत र सुदृढ बनाउँछ ः राष्ट्रपति

चाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत र सुदृढ बनाउँछ ः राष्ट्रपति

चाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत र सुदृढ बनाउँछ ः राष्ट्रपति काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चाडपर्वहरूको माध्यमबाट विविध साँस्कृतिक पहिचान एवम् धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यवद्धताको भावना अभिवृद्धि गर्न सकिने बताएका छन् । बुधबार ‘क्रिसमस डे’ को अवसरमा शुभकामना सन्देश दिँदै उनले चाडपर्वहरूको माध्यमबाट विविध साँस्कृतिक पहिचान एवम् धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यवद्धताको भावना अभिवृद्धि हुनुका साथै राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । सन्देशमा भनिएको छ, ‘इसाई धर्मावलम्बीहरूको महान् पर्व ‘क्रिसमस डे’ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा…
Read More
क्रिसमसको अवसर पारेर प्रदर्शन हुन लागेको फिल्म ‘देववाणी’को प्रवर्द्धन

क्रिसमसको अवसर पारेर प्रदर्शन हुन लागेको फिल्म ‘देववाणी’को प्रवर्द्धन

क्रिसमसको अवसर पारेर प्रदर्शन हुन लागेको फिल्म ‘देववाणी’को प्रवर्द्धन नेपाली चलचित्र ‘देववाणी’ आजबाट प्रदर्शनमाकाठमाडौं । नेपाली फिल्म ‘देववाणी’ आज (बुधबार) बाट देशभर प्रदर्शनमा आउँदै छ ।आफू अभिनित नेपाली फिल्म ‘देववाणी’को प्रवर्द्धनका लागि बलिउड अभिनेता ह्यारी जोश हिजै नेपाल आएका छन् ।क्रिसमसको अवसर पारेर प्रदर्शन हुन लागेको फिल्म ‘देववाणी’को प्रवर्द्धनका लागि नेपाल आएका ह्यारी जोशले आज बेलुका सिभिल मलस्थित क्यूएफएक्सको हलमा उनले दर्शकसँगै फिल्म हेर्नेछन् ।भारतीय फिल्महरू वान्टेड, वेलकम, धुम २, सिंह इज ब्लिङ लगायतका फिल्ममा काम गरेका अभिनेता ह्यारीले काठमाडौँ विमानस्थलमा ओर्लिए लगत्तै आफूलाई नेपाल र नेपाली अत्यधिक मनपर्ने भन्दै नेपालीमा समेत तारिफ गरेका थिए ।थुप्रै बलिउड र तेलुगुका हिट…
Read More
बागमती प्रदेशले फुटबल प्रतियोगिता आजबाट हुने ,उद्घाटनमा काठमाडौँ र काभ्रे

बागमती प्रदेशले फुटबल प्रतियोगिता आजबाट हुने ,उद्घाटनमा काठमाडौँ र काभ्रे

बागमती प्रदेशले फुटबल प्रतियोगिता आजबाट हुने ,उद्घाटनमा काठमाडौँ र काभ्रे हेटौंडा । बागमती प्रदेश लिग फुटबल प्रतियोगिता आज बुधबारदेखि मकवानपुर जिल्लामा सुरु हुदै छ ।हेटौंडा–५ स्थित पिपले क्याम्प रंगशालामा हुने उद्घाटन खेलमा चित्लाङ फुटबल क्लब काठमाडौंले माउन्ट एभरेस्ट एफसी काभ्रेसँग प्रतिस्पर्धा गर्नेछ ।अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुन लागेको प्रतियोगितामा बागमती प्रदेशको मकवानपुरसहित ११ जिल्लाको फुटबल टिमको सहभागिता रहने छ ।अप्रतियोगितामा बिजेता तथा उपविजेताले नगद दुई लाख र एक लाख शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा ३१ लाख खर्च हुने अनुमान आयोजकले गरेको छ ।लिगमा यो वर्ष मकवानपुरबाट पदमपोखरी युवा क्लब, बिएफसी चितवन, धुनिवेशी युथ समाज धादिङ,…
Read More
हेटौँडा र काठमाडौं जोड्ने सडक आंशिक रूपमा सञ्चालनमा ल्याउने निर्णय

हेटौँडा र काठमाडौं जोड्ने सडक आंशिक रूपमा सञ्चालनमा ल्याउने निर्णय

हेटौँडा र काठमाडौं जोड्ने सडक आंशिक रूपमा सञ्चालनमा ल्याउने निर्णय हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने थानकोट–चन्द्रागिरि–चित्लाङ सडक स्थानीयको विरोधपछि आंशिक रूपमा सञ्चालनमा ल्याउने निर्णय भएको छ । यसअघि सडक स्तरोन्नतिको कारण काठमाडौँको सडक डिभिजन कार्यालयले पुस ७ गतेदेखि माघ ६ गतेसम्म २४ सै घण्टा बन्द गर्ने निर्णय गरेको थियो। तर स्थानीयवासीको विरोधपछि बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मात्र सडक बन्द गरिने र त्यस बाहेकका समय बिहान र बेलुका सञ्चालन गरिने सहमति भएको छ । सडक डिभिजन कार्यालयका अनुसार पानी घाटदेखि चन्द्रागिरि भञ्ज्याङसम्मको खण्डमा स्तरोन्नतिको काम भइरहेकाले दिनको समयमा सवारी आवागमनमा रोक लगाइएको हो। वैकल्पिक…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.