समाचार

आजको मौसम ः यी स्थानमा वर्षा र हिमपातको सम्भावना

आजको मौसम ः यी स्थानमा वर्षा र हिमपातको सम्भावना

आजको मौसम ः यी स्थानमा वर्षा र हिमपातको सम्भावना काठमाडौं । हाल देशभर पश्चिमी वायुको साथै पश्चिमी न्यून चापिय प्रणालीको पनि प्रभाव रहेको छ । जसका कारण हाल देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा र कोशी, बागमती प्रदेशको पहाडी क्षेत्रमा सामान्य बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै, सुदूरपश्चिम र कर्णाली प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षा र हिमपात भइरहेको छ भने तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु र कुहिरोको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो हिमाली क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ…
Read More
नेपाललाई हिन्दु राष्ट्रको रुपमा पुनःस्थापना गर्न माग

नेपाललाई हिन्दु राष्ट्रको रुपमा पुनःस्थापना गर्न माग

नेपाललाई हिन्दु राष्ट्रको रुपमा पुनःस्थापना गर्न माग काठमाडौं । काठमाडौंमा दुई दिनसम्म चलेको धार्मिक संघ संस्थाहरुको राष्ट्रिय सम्मेलनले नेपाललाई हिन्दु राष्ट्रको रुपमा पुनस्थापना गर्न माग गरेको छ।  नेपाल सन्त समाजका विशिष्ट स्वामीजीहरुको संरक्षकत्वमा वैदिक, बौद्ध, जैन, सिख, किराँत, बोनलगायत समग्र ॐकार धार्मिक संघसंस्थाहरु आयोजक रहेको सम्मेलनको संयोजन विश्व ॐकार एकता महाभियानले गरेको थियो । सम्मेलनमा विश्व ॐकार एकता महाभियानका संयोजक डा.चिन्तामणि नाथ योगीले नेपाललाई सनातन हिन्दु राष्ट्र कायम गर्नुपर्ने मागलाई विशेष प्रस्तावको रुपमा प्रस्तुत गरेका थिए । सो प्रस्तावलाई सम्मेलनले ध्वनि मतले पारित गरेको थियो । नेपालमा राजसंस्थाको पुनर्स्थापनाको बारेमा भने सम्मेलन मौन रहेको थियो। चाबहिलमा पुस ५ र ६…
Read More
जनकपुर बोल्ट्स टीम बिहीबार जनकपुरधाम आउने

जनकपुर बोल्ट्स टीम बिहीबार जनकपुरधाम आउने

जनकपुर बोल्ट्स टीम बिहीबार जनकपुरधाम आउने काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)का विजेता जनकपुर बोल्ट्स टीम बिहीबार जनकपुरधाम आउने भएको छ । जनकपुर बोल्ट्स टीम बिहीबार साँझ जनकपुरधाम आउने र शुक्रबार रजौलस्थित रामजानकी स्टेडियमबाट खेलाडीहरूको सम्मानमा नगरपरिक्रमा गरिने जिल्ला क्रिकेट संघ धनुषाका अध्यक्ष शोभाकान्त पाण्डे (गुड्डु)ले जानकारी दिए । उनले सोही साँझ जानकी मन्दिरमा ट्रफीसमेत प्रदर्शन गरिने बताए । खेलाडीहरूको सम्मानमा बाजागाजासहितको टोली जनकपुरधाम विमानस्थल पुग्ने छ । जिल्ला क्रिकेट संघले टोलीलाई भव्य स्वागतसहित नगरपरिक्रमा गराउने जनाएको छ । टीमलाई स्वागत तथा सम्मान गर्न जानकी मन्दिर, राजदेवी मन्दिर, युवा क्लबहरु, प्याबसन, एनप्याबसन धनुषा, उद्योग वाणिज्य संघ धनुषालगायत विभिन्न संघ संस्थाले…
Read More
जेसीजको अध्यक्षमा थापा निर्वाचित

जेसीजको अध्यक्षमा थापा निर्वाचित

जेसीजको अध्यक्षमा थापा निर्वाचित काठमाडौं । नेपाल जेसीज वर्ष २०२५ को राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित भएकी छिन् । इटहरीमा सम्पन्न ५१औं महाधिवेशनबाट अर्का प्रतिस्पधी जीवन कार्कीलाई हराउँदै थापा निर्वाचित भएकी हुन् । थापाले ७६२ मत पाएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी कार्की ४५३ मतमा सिमित रहे । यसअघि थापा जेसीज वर्ष २०२४ का अध्यक्ष रबिन केसीसँग पराजीत भएकी थिईन् । यस्तै जेसीजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा गणेश सापकोटा, एलिना महर्जन, कृष्ण सापकोटा, र सौरभ श्रेष्ठ निर्वाचित भए । यस्तै, उपाध्यक्षहरूमा सन्दीप खत्री, दीपक अधिकारी, सुमित्रा भट्टराई, धनराज कँडेल, सुजन थापा काजी, संगम कार्की, बबिता पाण्डे, अभिषेक दुलाल, उज्वल काबरा, सुवास गौतम,…
Read More
संघीय संसद अन्तरगत तीन समितिको बैठक बस्दैँ

संघीय संसद अन्तरगत तीन समितिको बैठक बस्दैँ

संघीय संसद अन्तरगत तीन समितिको बैठक बस्दैँ काठमाडौं । संघीय संसद अन्तरगत आज तीन समितिको बैठक बस्ने भएको छ । मंगलबार प्रतिनिधि सभा अन्तरगत कानून, न्याय तथा मानव अधिकार समिति, राज्य व्यवस्था तथा सुशासन समिति र पूर्वाधार विकास समितिको बैठक बस्न लागेको हो । कानून, न्याय तथा सत्व अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग सम्बन्धित दफाहरुमा छलफल हुने कार्यसूचि रहेको छ । बैठकको समय बिहान ११ः०० बजे छ । यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा विज्ञसँग…
Read More

मौसम पूर्वानुमान ः सातवटै प्रदेशमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान ः सातवटै प्रदेशमा वर्षाको सम्भावना काठमाडौं । हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण देशको सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशको पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो भने कोशी प्रदेशका हिमाली क्षेत्रमा बदली रही केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा बदली रहने सम्भावना रहेको छ भने तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने छ । यस्तै, विभागका अनुसार आज सातवटै प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । कोसी, वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा…
Read More
कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती मनाइँदै

कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती मनाइँदै

कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती मनाइँदै काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको आज १०१औँ जन्मजयन्ती मनाइँदैछ । नेपाली कांग्रेस, यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विभिन्न कार्यक्रमका साथ मनाउन लागेको हो । विसं २०४७ मा अन्तरिम सरकारका प्रधानमन्त्री बनेका भट्टराई २०४८ मा प्रधानमन्त्री निवासबाट एउटा टयाङ्का, सुराही र छाता लिएर कुपण्डोल डेरामा फर्किएका थिए ।
Read More
सहकारी ठगी प्रकरण मुद्दामा रविविरुद्ध आजदेखि थुनछेक बहस

सहकारी ठगी प्रकरण मुद्दामा रविविरुद्ध आजदेखि थुनछेक बहस

सहकारी ठगी प्रकरण मुद्दामा रविविरुद्ध आजदेखि थुनछेक बहस पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध कास्की अदालतमा दायर सहकारी ठगी प्रकरण मुद्दामा आजदेखि थुनछेक बहस हुने भएको छ । अदालतमा आज गोला प्रथापछि न्यायाधीशको बेन्च तय हुनेछ । बेन्चले सुनुवाइ सकिएपछि लामिछाने लगायतलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पूर्पक्षमा पठाउने भन्नेबारे आदेश दिनेछ । सरकारी वकिलको कार्यालय, कास्कीले लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित ४४ जनालाई आइतबार सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ । पाँच जनालाई बिगो अनुसारको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको छ । लामिछानेविरुद्ध भने तीन वटा कसुरमा मुद्दा…
Read More
भ्रष्टाचार अभियोगमा आठ जनाविरुद्ध मुद्दा दायर

भ्रष्टाचार अभियोगमा आठ जनाविरुद्ध मुद्दा दायर

भ्रष्टाचार अभियोगमा आठ जनाविरुद्ध मुद्दा दायर काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अभियोगमा आठ जनाविरुद्ध मुद्दा दायर गरेको छ । धादिङको रुबीभ्याली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत टङ्कबहादुर नेगी, वडाध्यक्ष प्रशान्त तामाङ, उपभोक्ता समितिका अध्यक्षसमेत आठ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । शाखा सडक निर्माण कार्यमा अनियमितता गरेको पाइएकाले उनीहरुविरुद्ध आइतबार मुद्दा दायर गरिएको आयोगले जनाएको छ । आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत नेगी, इञ्जिनियर सुदीप रेग्मी, लेखापाल बाबुलाल नेगी र असिष्टेन्ट सवइञ्जिनियर लालमान तामाङ विरुद्ध रु १० लाख ८९ हजार नौ सय ८९ बराबरको बिगो दाबी गरेको छ । यसैगरी, रुबीभ्याली गाउँपालिकाका–४ का तत्कालीन वडाध्यक्ष प्रशान्त…
Read More
काठमाडौं महानगरले माग्यो ‘इन्टर्न’ मा न्यायिक सहजकर्ता

काठमाडौं महानगरले माग्यो ‘इन्टर्न’ मा न्यायिक सहजकर्ता

xr:d:DAFZTz0hTIo:1118,j:3969129210,t:23050407 काठमाडौं महानगरले माग्यो ‘इन्टर्न’ मा न्यायिक सहजकर्ता काठमाडौं । काठमाडौं महानगरपालिकाले न्यायिक सहजकर्ता (इन्टर्न) का रूपमा काम गर्न इच्छुक विद्यार्थीलाई आवेदन दिन आह्वान गरेको छ । महानगरपालिका केन्द्रीय कार्यालय र  अन्तर्गतका वडा कार्यालयमा सेवाग्राहीको आवश्यकता अनुसार निःशुल्क कानूनी सेवा प्रवाह गर्न न्यायिक सहजकर्ता (इन्टर्न) का रूपमा काम गर्न आवेदन आह्वान गरेको हो  कानून क्याम्पसमा कम्तीमा तीन वर्ष अध्ययन गरिसकेका इच्छुक विद्यार्थीलाई आवेदन दिन सक्ने छन् ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.