समाचार

सामाजिक अभियन्ता सुनिता दनुवारको निधन

सामाजिक अभियन्ता सुनिता दनुवारको निधन

सामाजिक अभियन्ता सुनिता दनुवारको निधन काठमाडौं ।  मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन भएको छ ।  आज बिहान ५ बजे जोरपाटीस्थित निवासमा सुतेकै स्थानमा उनी अचेत अवस्थामा फेला फेला परेकी हुन् । अचेत अवस्थामा फेला परेकी उनलाई नेपाल मेडिकल कलेज जोरपाटी पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । उनको मृत्युको कारण खुल्न भने बाँकी छ । सुनिता मानव बेचबिखनबाट प्रभावित महिलाहरुको अगुवाइमा स्थापित शक्ति समूहकी अध्यक्षसमेत हुन् । उनलाई अमेरिकाको फर्च्युन म्यागेजिनले विश्वका ५० विशेष नेतृत्वकर्ता (नेता)को सूचीमा राखेको थियो ।  दनुवारलाई अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा ‘टिप हिरो’ को रूपमा सम्मान समेत गरेको थियो ।
Read More
मौसम पूर्वानुमान : उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

मौसम पूर्वानुमान : उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

मौसम पूर्वानुमान : उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशका सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । तराईका केही भूभागमा हुस्सु लागेको छ । आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यस्तै, आज राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी…
Read More
देशको प्रतिष्ठा र आर्थिक विकासका लागि खेलको विकास महत्वपूर्णः प्रचण्ड

देशको प्रतिष्ठा र आर्थिक विकासका लागि खेलको विकास महत्वपूर्णः प्रचण्ड

देशको प्रतिष्ठा र आर्थिक विकासका लागि खेलको विकास महत्वपूर्णः प्रचण्ड काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको प्रतिष्ठा र आर्थिक विकासका लागि खेल क्षेत्रको विकास महत्वपूर्ण हुने बताएका छन् ।गोरखा ताकुकोट सेवा समाज, काठमाडौको नवौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राख्नुभएको हो ।अध्यक्ष प्रचण्डले नेपाली युवाहरुमा क्रिकेटको क्रेज बढ्दै जानु देशका लागि महत्वपूर्ण पक्ष भएको बताए । सकिएको नेपाल प्रिमियर लिग (एनपीएल)को सन्दर्भमा चर्चा गर्दै उनले भने,‘अहिले क्रिकेटमा देशभरि युवाहरुमा निकै ठूलो क्रेज छ । मैले आफ्नो तर्फबाट प्रधानमन्त्री हुँदा होस् वा विपक्षी दलको नेताहरुको रुपमा क्रिकेटको विकासका लागि धेरै मेहनत गरेको छु । क्रिकेटको…
Read More
रवि लामिछानेविरुद्ध आज कास्की जिल्ला अदालतमा मुद्दा दर्ता हुँदै

रवि लामिछानेविरुद्ध आज कास्की जिल्ला अदालतमा मुद्दा दर्ता हुँदै

रवि लामिछानेविरुद्ध आज कास्की जिल्ला अदालतमा मुद्दा दर्ता हुँदै काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध आज कास्की जिल्ला अदालतमा मुद्दा दर्ता हुने भएको छ ।आइतकार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले सभापति रविविरुद्ध मुद्दा दायर गर्न लागेको हो ।रविविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरी ३ वटा अभियोग दर्ता गर्ने तयारी सरकारी वकिलको रहेको छ । हाल थुनामा रहेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, नेटवर्कका सञ्चालक एवं पूर्व डीआईजी छविलाल जोशी बञ्जाडे, लीला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङसहित ५१ जनाविरुद्ध आइतबार अभियोग दर्ताको तयारी छ ।
Read More
जनकपुर बोल्ट्सले एनपीएल जितेकोमा गाउँपालिकामा आज सार्वजनिक बिदा

जनकपुर बोल्ट्सले एनपीएल जितेकोमा गाउँपालिकामा आज सार्वजनिक बिदा

जनकपुर बोल्ट्सले एनपीएल जितेकोमा गाउँपालिकामा आज सार्वजनिक बिदा काठमाडौँ । पर्साको सखुवा प्रसौनी गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ। जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो सिजनको उपाधि जितेकोमा गाउँपालिकाको कार्यपालिका बैठकको निर्णयअनुसार आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो। पालिकाले सूचना जारी गर्दै आइतबार सबै वडा कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, सबै स्वास्थ्य चौकीमा अत्यावश्यक बाहेक सबैमा स्थानीय बिदा दिइएको जानकारी गराएको छ ।
Read More
नेपालका होटलहरुलाई उद्योगको मान्यता दिलाउन ढिला भइसक्यो ः अन्जन बगाले

नेपालका होटलहरुलाई उद्योगको मान्यता दिलाउन ढिला भइसक्यो ः अन्जन बगाले

नेपालका होटलहरुलाई उद्योगको मान्यता दिलाउन ढिला भइसक्यो ः अन्जन बगाले नेपालमा लग्जरी होटल नभएका होइनन् । वितेको पाँच वर्षको अवधिमा ब्राण्ड होटलहरु संचालनमा आएका छन् । हिल्टन त्यसको उदाहरण हो । अब चाँडै अन्नपूर्ण स्क्वायर आउँदैछ । अरुपनि खुल्नेक्रममा छन् ।अन्जन बगालेजनरल म्यानेजरअन्नपूर्ण ग्रुपअफ होटल नेपालका होटलहरुलाई उद्योगको मान्यता दिलाउन ढिला भइसक्यो ः अन्जन बगाले नेपालमा अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउने मेकानिजम सुस्त छ ःकनेक्टिविटीमा सुधार गर्न नसकेसम्म पर्यटनको विकास संभव छैन् ःअन्जन बगाले हस्पिटालिटी क्षेत्रको परिचित नाम हो । पर्यटन क्षेत्रको मेरुदण्ड मानिने हस्पिटालिटी व्यवस्थापनमा अब्बल उनी ऐतिहासिक पाँचतारे होटल डेल अन्नपूर्ण(हालअन्नपूर्ण स्क्वायरका रुपमा रुपान्तरण हुँदै)संचालन गर्ने व्यवसायिक समूह अन्नपूर्ण ग्रुपअफ…
Read More
१३ अर्ब चार करोड रुपैयाँ बराबरको बिजुली भारत निर्यात

१३ अर्ब चार करोड रुपैयाँ बराबरको बिजुली भारत निर्यात

xr:d:DAFbpsAE51M:2728,j:2010139329985838071,t:23110302 १३ अर्ब चार करोड रुपैयाँ बराबरको बिजुली भारत निर्यात काठमाडौं । पाँच महिनामा १ अर्ब ७६ करोड युनिट विद्युत् भारत निर्यात भएको छ । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा १३ अर्ब ४ करोड रुपैयाँ बराबरको बिजुली भारत निर्यात भएको हो ।नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारत निर्यात गरिएको जनाएको हो । साउन, भदौ, असोज, कात्तिक र मंसिरमा देशभित्र खपतगरी अतिरिक्त भएको वर्षायामको विद्युत भातरतर्फ निर्यात गरिएको हो । भारततर्फ निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट ७ रुपैयाँ ३९ पैसा छ । नेपाल–भारतबीचको सम्झौता अनुसार विद्युत निर्यात गरिएको हो ।बाढी पहिरो र सुख्खायामका कारण तुलनात्मक…
Read More
आजको मौसमः यी स्थानमा वर्षा र हिमपातको सम्भावना

आजको मौसमः यी स्थानमा वर्षा र हिमपातको सम्भावना

आजको मौसमः यी स्थानमा वर्षा र हिमपातको सम्भावना काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक सामान्य प्रभाव रहेको छ। महाशाखाका अनुसार ,कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदलीको अवस्था रहेको छ भने  बाँकी भू–भाग सामान्यतया सफा रहेको छ। यस्तै,दिउसो कोशी, बाग्मती, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा आंशिक बदली रही एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ र पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ। तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ। त्यस्तै,राति भने हिमाली क्षेत्रमा आंशिक बदली रही हिमपातको…
Read More
लैङ्गिकताको मुद्दामा पुरुषहरुको समान सहभागिता ‘वाउ फेस्टिभल’को मुख्य सन्देश ः उपप्रमुख डंगोल 

लैङ्गिकताको मुद्दामा पुरुषहरुको समान सहभागिता ‘वाउ फेस्टिभल’को मुख्य सन्देश ः उपप्रमुख डंगोल 

लैङ्गिकताको मुद्दामा पुरुषहरुको समान सहभागिता ‘वाउ फेस्टिभल’को मुख्य सन्देश ः उपप्रमुख डंगोल  काठमाडौं । काठमाडौंमा महानगरपालिका उपप्रमुख सुनिता डंगोलले लैङ्गिकताका मुद्दामा पुरुषहरुको समान सहभागिताा हुनु ‘वाउ फेस्टिभल’को मुख्य सन्देश भएको बताएकी छिन् । मंसिर ८ र ९ गते काठमाडौँको नन्दीकेशर बगैँचामा आयोजना भएको फेस्टिभलको समीक्षा गर्दै आज उपप्रमुख डंगोलले लैङ्गिमैत्री समाज निर्माण गर्न आपसी ज्ञान, सिप, अनुभव, भोगाइ र सिकाइका कोणबाट महोत्सव उत्कृष्ठ रहेको बताइन् । उनले भनिन्,‘लैङ्गिकताका मुद्दामा पुरुषहरुको समान सहभागिताा हुनु ‘वाउ फेस्टिभल’को मुख्य सन्देश हो । लैङ्गिमैत्री समाज निर्माण गर्न आपसी ज्ञान, सिप, अनुभव, भोगाइ र सिकाइका कोणबाट महोत्सव उत्कृष्ठ रह्यो । महानगरपालिकाले प्रवर्धन गरेको एक वडा…
Read More
जनकपुरधाममा एक जनाको शव फेला

जनकपुरधाममा एक जनाको शव फेला

जनकपुरधाममा एक जनाको शव फेला जनकपुर । जनकपुरधाममा विहानै एक जना पुरुषको शव फेला परेको छ । जनकपुरधामको विद्यापती चोकस्थित दुर्गा मन्दिर परिषर भित्रै एक जना पुरुषको शव फेला परेको छ । अन्दाजि ४५, ५० वर्षको पुरुष रहेको तर पहिचान खुल्न नसकेको धनुषा प्रहरीले जनाएको छ । शवको मुखमा कुनै वस्तुले प्रहार गरेको देखिएको छ र छेउमै ईटा पनि फेला परेको धनुषाका एसपी भुवनेश्वर तिवारीले जानकारी दिएका छन् । घटना स्थलमा तालीम प्राप्त कुकुरको टोली परिचालन गरिएको छ, उनले भने । एता स्थानीयहरुले राती मापसे गरेर केही व्यक्तिले होहल्ला गर्दै गरेको सुनेको बताए । उनीहरुले दिनहु मापसे गरेर मन्दिर छेउछेउबाट…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.