जसपा नेपालले तय गर्यो अधिवेशनको कार्यतालिका
जसपा नेपालले तय गर्यो अधिवेशनको कार्यतालिका काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेश तहदेखि जिल्ला र स्थानीय तहसम्मको अधिवेशनका लागि कार्यतालिका तय गरेको छ ।मंसिर २८ र २९ गते पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रदेश र स्थानीय तहको अधिवेशनको कार्यतालिका तय गरेको पार्टीका केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।प्रमुख बस्नेतका अनुसार बैठकले सबै स्थानीय तह वडा, पालिका र जिल्ला समितिहरुको अधिवेशन २०८१ चैत्र मसान्तभित्रसम्पन्न गरिसक्नुपर्ने निर्णय गरेको छ सातै प्रदेश समिति र राष्ट्रिय समितिहरुको आगामी २०८२ बैशाख २५ गतेभित्र अधिवेशन सम्पन्न गरिसक्नुपर्ने छ । पार्टी मातहतका समितिको…
