समाचार

अगष्टमा एनआरएनए १७ औँ युरोप क्षेत्रीय सम्मेलन, आर्थिक वृद्धिका लागि एक्सन रोडम्याप निर्माण गरिने

अगष्टमा एनआरएनए १७ औँ युरोप क्षेत्रीय सम्मेलन, आर्थिक वृद्धिका लागि एक्सन रोडम्याप निर्माण गरिने

काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन अगष्टमा हुने भएको छ । आयरल्यान्डको डब्लिनमा अगष्ट १०–१२ तारिखमा आयोजना हुने सम्मेलनको ‘संकल्प’ नाम दिएर तयारी सुरु गरिएको युरोप क्षेत्रीय संयोजक रोबर्ट लिम्बुले जानकारी दिए । आइतबार सम्मेलनबारे प्रारम्भिक जानकारी दिन आयोजना गरिएको भर्चुअल पत्रकार सम्मेलनमा डबलिन डिक्लेरेसन जारी गर्ने मुख्य लक्ष्यसहित आयोजना हुन लागेको यस सम्मेलनले विशेष गरी नागरिकताको निरन्तरता, वैदेशिक लगानी र संस्थागत सुदृढीकरणलाई आफ्नो प्राथमिकतामा राखेको बताए ।  ड्युअल सिटिजनशिप दोहोरो नागरिकता, नागरिकताको अधिकार, एनआरएन हेडको विषय र गोर्खा भेटरन्सको अधिकारका बारेमा पैरवी गरिनेछ। साथै, डायस्पोराको राजनीतिक र नागरिक सहभागिताका विषयमा पनि बहस हुनेछ।…
Read More
न्यायपालिकालाई स्वार्थ संरक्षणको ‘मुकुन्डो’ बनाउन खोजिएको छ : प्रधानन्यायाधीश मल्ल

न्यायपालिकालाई स्वार्थ संरक्षणको ‘मुकुन्डो’ बनाउन खोजिएको छ : प्रधानन्यायाधीश मल्ल

विधिको शासनमाथि कुनैपनि प्रकारको हस्तक्षेप स्वीकार्य छैन्काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संविधान, संवैधानिक सर्वोच्चता र विधिको शासनमाथि कुनैपनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने बताएकी छिन् ।शनिबार काठमाडौंमा आयोजित कानुन दिवस कार्यक्रममा सम्बोधन गर्दै उनले संविधानको कार्यान्वयनका लागि उपयुक्त वातावरण निर्माण गर्नुको विकल्प नभएको बताइन् ।उनले अधिकार र कानुनको प्रयोगको नाममा कतै संवैधानिक सर्वोच्चता, स्वतन्त्रता र न्यायपालिकाको सार्वभौम भूमिकालाई कमजोर बनाउने प्रयास भइरहेको त छैन ? भन्ने गम्भीर प्रश्न उठेको बताएकी छिन् ।प्रधानन्यायाधीश मल्लले न्यायपालिकालाई निष्पक्ष न्यायको केन्द्र बनाउनुको सट्टा स्वार्थ संरक्षणको माध्यम बनाउन खोजिएको संकेतसमेत गरिन् ।उनले भनिन्,‘संविधान र संवैधानिक नैतिकताभन्दा माथि कोहीपनि हुन सक्दैन । संविधानको कार्यान्वयनको लागि…
Read More
प्रतिपक्ष कमजोर हुँदा सडकबाट आवाज उठाइरहेका छौं : दुर्गा प्रसाईँ

प्रतिपक्ष कमजोर हुँदा सडकबाट आवाज उठाइरहेका छौं : दुर्गा प्रसाईँ

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले वर्तमान राजनीतिक परिस्थितिमा प्रतिपक्ष कमजोर बनेको भन्दै आफूहरू सडकबाट जनताको आवाज उठाइरहेको बताएका छन् ।विशेष पत्रकार सम्मेलनमा बोल्दै प्रसाईँले देशमा प्रभावकारी प्रतिपक्ष नभएको दाबी गरे । उनले दलहरू भ्रष्टाचारका कारण बोल्न नसक्ने अवस्थामा पुगेको र विभाजित हुँदै गएको आरोप लगाए ।उनले भने, ‘आज देशमा प्रतिपक्ष नभएको अवस्था छ । दलहरू भ्रष्टाचारका कारण बोल्न नसक्ने अवस्थामा छन् । दलहरू टुक्राटुक्रा हुँदै गएका छन् र अब उठ्न नसक्ने अवस्थामा पुगेका छन् । हामी सदनमा नभएपनि सडकमा प्रतिपक्षको भूमिका निभाइरहेका छौं । सदनबाट उठ्नुपर्ने आवाज सडकबाट उठाइरहेका छौं ।’प्रसाईँले नयाँ…
Read More
सुकुम्बासी बस्ती नभत्काउन सर्वोच्च अदालतको अन्तरिम आदेश

सुकुम्बासी बस्ती नभत्काउन सर्वोच्च अदालतको अन्तरिम आदेश

काठमाडौं — सर्वोच्च अदालतले विभिन्न क्षेत्रमा रहेका सुकुम्बासी बस्ती तत्काल नभत्काउन अन्तरिम आदेश जारी गरेको छ। अदालतले वैकल्पिक व्यवस्थाबिना बस्ती हटाउँदा प्रभावित नागरिकको आधारभूत आवास अधिकार प्रभावित हुने भन्दै सम्बन्धित निकायलाई यथास्थितिमा राख्न निर्देशन दिएको हो। उक्त आदेशसँगै स्थानीय तह तथा सम्बन्धित सरकारी निकायले सञ्चालन गरिरहेका हटाउने अभियान केही समयका लागि रोकिएका छन्। अदालतले प्रभावित पक्षको सुनुवाइ तथा दीर्घकालीन समाधानको प्रक्रिया अघि बढाउन पनि सरकारलाई सुझाव दिएको बताइएको छ। हाल काठमाडौं उपत्यकाका नदी किनार तथा सार्वजनिक जग्गामा रहेका सुकुम्बासी बस्तीको व्यवस्थापनलाई लिएर बहस जारी छ।
Read More
समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम जेठ पहिलो हप्ताबाट फिर्ता गरिने

समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम जेठ पहिलो हप्ताबाट फिर्ता गरिने

काठमाडौं । सरकारले आगामी जेठ पहिलो सातादेखि समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने भएको छ । वैशाख ९ गते काम थालेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारी र बचतकर्ताको आवश्यक विवरण संकलन गरेर बचत रकम फिर्ता गर्ने तयारी गरेको हो । समितिका अनुसार समस्याग्रस्त सहकारीका करिव ७६ हजार बचतकर्ताहरुको करिब ४६ अर्ब रुपैयाँ बचत फिर्ता गर्नुपर्ने छ । तीमध्ये अधिकांश साना बचतकर्ता रहेका छन् । पाँच लाखभन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र पाँच लाखभन्दा बढी रकम बचतकर्तालाई ठूला बचतकर्ताका रुपमा वर्गीकरण गरिएको छ । कूल ७६ हजारमध्ये पाँच लाखभन्दा बढी बचत गर्ने जम्मा १८ हजार रहेको समितिले जनाएको छ ।…
Read More
‘लालीबजार’ सम्बन्धी मुद्दाको सुनुवाइ बुधबार हुने

‘लालीबजार’ सम्बन्धी मुद्दाको सुनुवाइ बुधबार हुने

काठमाडौं । नेपाली फिल्म ‘लालीबजार’ सम्बन्धी मुद्दाको सुनुवाइ बुधबारका लागि सारिएको छ । उच्च अदालत पाटनका न्यायाधीश गिता प्रसाद तिम्सिना र दीपक खनालको संयुक्त इजलासले सेन्सर बोर्डमार्फत सेन्सर कपी पेश गर्न आदेश दिएको छ । मंगलबार भएको सुनुवाइमा अदालतले यसअघि १५ वैशाखमा दिएको प्रदर्शन रोक्ने आदेशमा छलफल गर्दै सेन्सर बोर्डमार्फत सक्कल कपी मगाउँदै बुधबारलाई छलफलमा बोलाएको छ ।१८ वैशाखदेखि प्रदर्शनको तयारीमा रहेको, निर्देशक यम थापाको उक्त फिल्म अदालतको आदेशपछि रोकिएको थियो । भोलि बुधबार हुने सुनुवाइमा पेश गरिने सेन्सर कपीका आधारमा फिल्मको प्रदर्शनबारे निर्णय हुनेछ । आमा र छोरीको कथामा आधारित फिल्म ‘लालीबजार’ कुनै समुदाय विशेषलाई लक्षित गर्दै भावनामा ठेस…
Read More
पशुपति धर्मशाला पशुपतिमै फिर्ता, मारवाडीले हडपेको जग्गा कोषमै ल्याउने बाटो खुल्ला

पशुपति धर्मशाला पशुपतिमै फिर्ता, मारवाडीले हडपेको जग्गा कोषमै ल्याउने बाटो खुल्ला

काठमाडौं । उच्च अदालत पाटनले मारवाडी सेवा समितिले कब्जा गर्दै आएको पशुपति गौशाला धर्मशालाको जग्गा खाली गराउने मार्ग प्रशस्त गरेको छ । अदालतले काठमाडौँ जिल्ला अदालतको फैसला सदर गर्दै उक्त जग्गामा समितिको मोही हक नलाग्ने ठहर गरेको हो । न्यायाधीशद्वय खड्गबहादुर केसी र रमेशप्रसाद ज्ञवालीको संयुक्त इजलासले सोमबार गरेको फैसलाअनुसार साविक पशुपति वडा नं. २ अन्तर्गतका कित्ता नम्बर ८३ र ८५ मा रहेको करिब ९ रोपनीभन्दा बढी जग्गामा समितिको दाबी अस्वीकार गरिएको छ। यससँगै पशुपति गौशाला धर्मशालाको सम्पूर्ण स्वामित्व पशुपति क्षेत्र विकास कोषमा फिर्ता भएको छ । यसअघि काठमाडौँ जिल्ला अदालतले २०८१ असोज १६ गते दिएको फैसलामा पनि उक्त जग्गामा…
Read More
शिक्षालय र कर्मचारीतन्त्रमा दलगत प्रभाव हटाउन चाहेका हौं : प्रधानमन्त्री

शिक्षालय र कर्मचारीतन्त्रमा दलगत प्रभाव हटाउन चाहेका हौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले शिक्षालय र कर्मचारीतन्त्रमा बढ्दो दलगत प्रभावप्रति भएको हुनले सुधारका लागि ठोस कदम चालिएको बताएका छन् । मंगलबार सामाजिक संजालमा लेख्दै उनले योग्यता र क्षमताभन्दा पहुँच र राजनीतिक निकटताको आधारमा अवसर बाँडिने प्रवृत्तिले राज्य प्रणालीप्रति जनविश्वास कमजोर बनाए । उले लेखेका छन्, ‘विद्यार्थी र कर्मचारीतन्त्रलाई पार्टीकरणले बिगा¥यो । वर्षौंदेखि धेरै संगठन विद्यार्थी र कर्मचारीको हितभन्दा बढी दलका “स्लिपर सेल” बने । योग्यता भन्दा पहुँच, क्षमता भन्दा झोला र झण्डाको मूल्य बढाइयो । यसले प्रणालीप्रति नै जनताको विश्वास कमजोर बनायो ।’ राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने निर्णय संगठन बनाउन नसकेर नभई, प्रणाली सुधारका…
Read More
राष्ट्रपतिद्वारा तीन अध्यादेश जारी

राष्ट्रपतिद्वारा तीन अध्यादेश जारी

काठमाडौं — राष्ट्रपतिको कार्यालयले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा तीन वटा महत्वपूर्ण अध्यादेश जारी गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेल ले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम उक्त अध्यादेशहरू जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ। जारी गरिएका अध्यादेशहरूमा: स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ सार्वजनिक पदाधिकारीको पदपूर्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ तीनवटै अध्यादेश २०८३ साल बैशाख १९ गते जारी गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। सरकारले विभिन्न क्षेत्रमा कानुनी तथा संरचनात्मक सुधार आवश्यक भएको जनाउँदै ती अध्यादेशहरू अघि सारेको हो। विशेषगरी स्वास्थ्य, सार्वजनिक पदपूर्ति तथा उच्च…
Read More
सर्लाहीमा ट्याक्टरले साइकललाई ठक्कर दिँदा ६ बर्षिया बालिकाको मृत्यु, बुबा घाइते

सर्लाहीमा ट्याक्टरले साइकललाई ठक्कर दिँदा ६ बर्षिया बालिकाको मृत्यु, बुबा घाइते

सर्लाही । सर्लाहीको लाल बन्दी नगरपालिका–४ हरि वनमा ट्याक्टरले साइकललाई ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ भने उनका बुबा घाइते भएका छन् । शुक्रबार दिउँसो हरिपुरबाट लाल बन्दीतर्फ आउँदै गरेको ना ५ त ३११३ नम्बरको ट्याक्टरले सोही दिशातर्फ गइरहेको साइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा साइकलको पछाडि सवार लाल बन्दी नगरपालिका–९ निवासी करिब ६ वर्षीया अन्सु भट्टराईको घटनास्थलमै मृत्यु भएको छ । साइकल चालक उनका बुबा करिब ४० वर्षीय सन्तोष भट्टराई घाइते भएका छन् । उनको शरीरका विभिन्न भागमा चोट लागेको छ भने मोडेल अस्पताल लाल बन्दीमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.