समाचार

यस्तो छ, आजको मौसम

यस्तो छ, आजको मौसम

यस्तो छ, आजको मौसम काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर कुनै किसिमको विशेष मौसम प्रणाली रहेको छैन् । हाल कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ भने तराईका केही स्थानमा हुस्सु लागेको छ । आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । आज पनि राति कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।
Read More
एनपिएल अन्तर्गत आज पनि दुई खेल ः लुम्बिनी लायन्स पहिलो पटक मैदानमा उत्रिदैँ

एनपिएल अन्तर्गत आज पनि दुई खेल ः लुम्बिनी लायन्स पहिलो पटक मैदानमा उत्रिदैँ

एनपिएल अन्तर्गत आज पनि दुई खेल ः लुम्बिनी लायन्स पहिलो पटक मैदानमा उत्रिदैँ काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बुधबार दुई पनि खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगितामा आजको पहिलो खेल कर्णाली याक्स र काठमाडौं गोर्खाजबीच हुनेछ । खेल बिहान ९ बजे सुरु हुन्छ । कर्णालीका कप्तानीमा सोमपाल कामी छन् भने काठमाडौं गोर्खाजका कप्तानमा करण केसी छन् । कर्णाली र काठमाडौं दुवै यो दोस्रो खेल हो, यो भन्दा अगाडिको खेलमा दुवै टिमले जित हासिल गर्न सकेको थिएन् । कर्णाली पहिलो खेलमा जनकपुरसँग आठ विकेटले पराजित हुँदा काठमाडौं पहिलो खेलमा चितवनसँग पाँच विकेटले पराजित भएको थियो । …
Read More
राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना

राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना

राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन् । बुधबार बिहान प्रोस्टेटसम्बन्धी उपचार गर्नका लागि उनी अस्पताल भर्ना भएका हुन् । अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डा.घनश्याम गुरुङका अनुसार राष्ट्रपतिलाई आज बिहान अस्पताल भर्ना गरिएको हो ।
Read More
नेपाल समाजवादी पार्टीनिकट प्रेस नेपालका अध्यक्ष शर्मा माओवादी केन्द्रमा प्रवेश

नेपाल समाजवादी पार्टीनिकट प्रेस नेपालका अध्यक्ष शर्मा माओवादी केन्द्रमा प्रवेश

नेपाल समाजवादी पार्टीनिकट प्रेस नेपालका अध्यक्ष शर्मा माओवादी केन्द्रमा प्रवेश काठमाडौं । नेपाल समाजवादी पार्टी निकट प्रेस नेपालका केन्द्रीय अध्यक्ष मनोज शर्मा ढोडारी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज उनलाई खाँदा लगाएर पार्टी प्रवेश गराएका हुन् । शर्मालाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले माओवादी आन्दोलन एकता र ध्रुवीकरणको प्रक्रियामा अघि बढेकाले विभिन्न घटकहरुसँग एकता प्रक्रिया सुरु भएको बताए । व्यक्तिगत रुपमा ध्रुवीकृत हुने क्रम पनि बढेको भन्दै उनले यसले आगामी यात्रालाई थप सहज र प्रभावकारी बनाउने विश्वास व्यक्त गरे । प्रवेश गरेका शर्माले माओवादी स्कुलिङबाट विभिन्न ठाँउमा छरिएकाहरु सबैलाई समेटेर विशाल पार्टी बनाउने…
Read More
यस्तो छ, आजको मौसम

यस्तो छ, आजको मौसम

यस्तो छ, आजको मौसम काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसम सफा रहने छ । आज दिउँसो भने कोशी प्रदेशको पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भागमा मौसम सफा रहने छ । यस्तै, आज राती कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ ।
Read More
अपाङ्गता भएका व्यक्तिहरूलाई थप सशक्त बनाउने काङ्ग्रेसको प्रतिबद्धता

अपाङ्गता भएका व्यक्तिहरूलाई थप सशक्त बनाउने काङ्ग्रेसको प्रतिबद्धता

अपाङ्गता भएका व्यक्तिहरूलाई थप सशक्त बनाउने काङ्ग्रेसको प्रतिबद्धता काठमाडौं । नेपाली काङ्ग्रेसले ३३ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा सम्पूर्ण अपाङ्गता भएका व्यक्तिहरू, परिवार तथा यस अभियानमा संलग्न सबैप्रति शुभकामना व्यक्त गरेको छ । एक विज्ञाप्ती जारी गर्दै काङ्ग्रेसले ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रवल नेतृत्व यसको आधार’ भन्ने यस वर्षको नाराले समावेशी समाज निर्माणमा अपाङ्गता भएका व्यक्तिहरूको नेतृत्वलाई थप सशक्त र प्रेरणादायी बनाउने बताए । अपाङ्गता भएका व्यक्तिहरूको अधिकारलाई सुनिश्चित गर्दै उनीहरूको अर्थपूर्ण सहभागिता र नेतृत्वलाई अझ व्यापक बनाउन नेपाली कांग्रेस सदैव प्रतिबद्धता पनि जनाएका छन् ।
Read More
होटल सब्रिना लिमिटेड आइपीओ निष्कासन गर्ने तयारीमा

होटल सब्रिना लिमिटेड आइपीओ निष्कासन गर्ने तयारीमा

होटल सब्रिना लिमिटेड आइपीओ निष्कासन गर्ने तयारीमा काठमाडौं । होटल सब्रिना लिमिटेडले आइपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीको सोमबार बसेको छैटौं साधारण सभाले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको संस्थापक तथा अध्यक्ष निराजन थापाले जानकारी दिए । ९० करोड अधिकृत पुँजी र ५३ करोड रुपैयाँ जारी पुँजी रहेको यस होटलको चुक्तापुँजी ३५ करोड ६५ लाख रुपैयाँ रहेको छ । कम्पनीले न्यूनतम १५ लाख कित्ताको १५ करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । यसका लागि गत असार अन्तिममा कम्पनीले संस्थागत परामर्श सेवा तथा प्राथमिक शेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल नियुक्त गरिसकेको छ ।…
Read More
प्रधानमन्त्री ओली र चिनियाँ उच्च नेतृत्वबीच आज द्विपक्षीय भेटवार्ता

प्रधानमन्त्री ओली र चिनियाँ उच्च नेतृत्वबीच आज द्विपक्षीय भेटवार्ता

प्रधानमन्त्री ओली र चिनियाँ उच्च नेतृत्वबीच आज द्विपक्षीय भेटवार्ता काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उच्च नेतृत्वबीच द्विपक्षीय औपचारिक भेटवार्ता हुँदैछ । मंगलबार ‘ग्रेट हल अफ पिपल’ मा हुने उनीहरुको भेटवार्तामा द्विपक्षीय सहयोग आदानप्रदानलगायत विषयमा सम्झौता हुने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली र प्रधानमन्त्री ली छ्याङ तथा चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लेजीसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । साथै प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिन फिङसँग आजै शिष्टाचार भेटवार्ता गर्ने तालिका छ । परराष्ट्र मन्त्रालयका प्रतिनिधिसहित प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी लीबिच आज नै द्विपक्षीय वार्ता हुनेछ । त्यसपछि दुई…
Read More

विराटनगरले टस जितेर बलिङ् गर्दै

विराटनगरले टस जितेर बलिङ् गर्दै काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आजको पहिलो खेलमा विराटनगरले पहिले बलिङ गर्दै छ । विराटनगरले टस जितेर पहिले बलिङ् रोजेको हो । आजको खेल विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबीच हुदैँछ ।  आफ्नो पहिलो खेलमा विराटनगर किङ्स जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो । सुदूरपश्चिमको भने यो एनपीएलमा पहिलो खेल हो विराटनगरका कप्तान तथा मार्की खेलाडी सन्दीप लामिछाने हुन् भने सुदूरपश्चिमका मार्की खेलाडी र कप्तान दिपेन्द्रसिंह ऐरी हुन् ।
Read More
यस्तो छ, आजको मौसम

यस्तो छ, आजको मौसम

यस्तो छ, आजको मौसम काठमाडौं । हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण हाल कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसमसफा रहेको छ । तराईका केही स्थानमा भने हल्का हुस्सु लागेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशको पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । यस्तै, आज राति पनि कोशी, गण्डकी र लुम्बिनि प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.