समाचार

आजको मौसम ःपश्चिमी वायुको सामान्य प्रभाव

आजको मौसम ःपश्चिमी वायुको सामान्य प्रभाव

आजको मौसम ःपश्चिमी वायुको सामान्य प्रभाव काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ । विभागका अनुसार देशको  पहाडी  भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। तराई भू–भागका केही स्थानहरूमा तथा पहाडी भू–भागका थोरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी…
Read More
गठ्ठाघर चोकमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु

गठ्ठाघर चोकमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु

xr:d:DAFbpsAE51M:3554,j:5900131764558555040,t:24012204 गठ्ठाघर चोकमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु काठमाडौं । भक्तपुरको गठ्ठाघर चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख २३११ नम्बरको १२ चक्के ट्रकले आज बिहान ७ बजे सोही दिशातर्फ गइरहेको बा.प्र. ०२–०३८ प ४४०१ नम्बरको स्कुटरलाई ठक्कर दिंदा एक महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा ४१ वर्षीया नवीना देउला रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । उनको उपचारको क्रममा भक्तपुर इन्टरनेशनल अस्पतालमा आज बिहान पौने ८ बजे मृत्यु भएको हो । ट्रक चालक मकवानपुरगढी–४ का ३८ वर्षीय बुद्ध बहादुर…
Read More
परराष्ट्रमन्त्री राणा आज चीन जाँदै

परराष्ट्रमन्त्री राणा आज चीन जाँदै

परराष्ट्रमन्त्री राणा आज चीन जाँदै काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवा आज चीन जाने कार्यक्रम रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर १७ गतेदेखि हुने भ्रमणको तयारीका लागि उनी आज चीन जान लागेकी हुन् । परराष्ट्रमन्त्री राणाले शुक्रबार चिनियाँ समकक्षी वाङ यी सँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । भेटमा प्रधानमन्त्रीको भ्रमणको तयारीलगायत दुई देशबीचको आपसी हितका विविध विषयमा छलफल हुने बताइएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री राणाको चीन भ्रमण स्वीकृत गरिसकेको छ । मुख्यतः चीनको ठूलो परियोजना बीआरआई कार्यान्वयन सम्झौता गर्ने विषयमा कांग्रेस–एमालेबीच बिबाद कायमै रहेको बेला त्यसको पृष्ठभूमी तयारीका लागि…
Read More
स्थानीय तह उपनिर्वाचन : आज रातिदेखि मौन अवधि सुरु हुँदै

स्थानीय तह उपनिर्वाचन : आज रातिदेखि मौन अवधि सुरु हुँदै

xr:d:DAFbpsAE51M:3090,j:7501157714431889710,t:23121702 स्थानीय तह उपनिर्वाचन : आज रातिदेखि मौन अवधि सुरु हुँदै काठमाडौं । यही मंसिर १६ गते हुने स्थानीय तहको उपनर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । मतदानको समयभन्दा ४८ घण्टाअघि निषेधित अवधि रहने व्यवस्था अनुसार आज राति १२ बजेदेखि नै लागू हुने निर्वाचन आयोगले जनाएको छ । मौन अवधिको समयमा कुनै पनि उम्मेदवार वा अन्य व्यक्तिले भौतिक वा सामाजिक सञ्जालमार्फत मत माग्नसमेत पाइने छैन ।  आगामी आइतबार ३३ जिल्लाका ४४ पदका लागि मतदान हुँदैछ । दुई जिल्ला समन्वय समिति प्रमुख, एक÷एक मेयर र उपमेयर, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ र ३४ वडाध्यक्ष पदका लागि निर्वाचन…
Read More
रोयल्सका विदेशी खेलाडी कुगेलेइन र जेब नेपालमा

रोयल्सका विदेशी खेलाडी कुगेलेइन र जेब नेपालमा

रोयल्सका विदेशी खेलाडी कुगेलेइन र जेब नेपालमा काठमाडौं । सुदूरपश्चिम रोयल्सबाट सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न न्युजिल्याण्डका स्कट कुगेलेइन र इंग्ल्यान्डका सेफ अली जेब नेपाल आइपुगेका छन् । दुवै खेलाडी बुधबार नेपाल आइपुगेका हुन् । उनीहरुलाई टोलीका व्यवस्थापक रवी तिमल्सिनाले विमानस्थलमा स्वागत गरे । न्युजिल्याण्डका लागि टेस्ट, ओडीआई र टि २० आई तीनै फर्म्याटमा खेलेका स्कटले पछिल्लो पटक यसै वर्ष मार्चमा अष्ट्रेलियाविरुद्ध टेस्ट खेलेका थिए । उनको आगमनले टोलीको बलिङ थप मजबुत हुने विश्वास टिमले लिएको छ । तीव्र गतिको बलिङ गर्ने तल्लोक्रममा ठूला सट खेल्ने क्षमता छ । स्कटसँग विश्वका क्रिकेटको शीर्ष फ्रेन्चाइज लिग खेलेको अनुभव छ…
Read More
आयल निगमको भलबारी डीपो स्थानान्तरणको तयारी, तीन अर्ब २० करोडमा अत्याधुनिक डीपो बन्ने

आयल निगमको भलबारी डीपो स्थानान्तरणको तयारी, तीन अर्ब २० करोडमा अत्याधुनिक डीपो बन्ने

आयल निगमको भलबारी डीपो स्थानान्तरणको तयारी, तीन अर्ब २० करोडमा अत्याधुनिक डीपो बन्ने भैरहवा । नेपाल आयल निगमले भैरहवास्थित भलबारी प्रादेशिक कार्यालयको डीपो स्थानान्तरणका लागि काठमाडौ विश्वविद्यालयसँग डीपीआर सम्झौता गरेको छ। तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको डीपोको निर्माणका लागि डीपीआर भने ६ महिनाभित्र तयार हुनेछ । डीपीआर निर्माणका लागि बुधवार काठमाडौ विश्वविद्यालयको इन्जिनियरिङ विभागसँग निगमले भैरहवाको निर्माणाधीन आयोजना स्थलमा डीपीआर सम्झौता गरेको हो। डीपीआरको लागत १ करोड ९५ लाख ७६ हजार ५७८ रुपैयाँ छ। नयाँ बन्ने डीपो १४ बिगाहा र अन्य गरि २१ बिगाहा क्षेत्रफलमा रहनेछ। रुपन्देहीस्थित रोहिणी गाउँपालिका र सत्या गाउँपालिकाको सिमानामा पर्ने रोहिणी खोला किनारमा डीपो…
Read More
सुदूरपश्चिम रोयल्सको एअरलाइन्स पार्टनरमा नेपाल एअरलाइन्स

सुदूरपश्चिम रोयल्सको एअरलाइन्स पार्टनरमा नेपाल एअरलाइन्स

सुदूरपश्चिम रोयल्सको एअरलाइन्स पार्टनरमा नेपाल एअरलाइन्स काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदुरपश्चिम रोयल्स र नेपाल एअरलाइन्स कर्पोरेसनबीच प्रायोजन सम्झौता भएको छ । नेपाल एअरलाइन्स र रोयल्सबीच एअरलाइन्स पार्टनरका लागि एक कार्यक्रममाझ सम्झौता भएको हो । सम्झौता पत्रमा रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र एअरलाइन्सका कर्पोरेट विभागका निर्देशक अनिल घिमिरेले हस्ताक्षर गरे । सम्झौतापछि बोल्दै एअरलाइन्सका निर्देशक घिमिरेले सुदूरपश्चिमसँग जोडिन पाउँदा खुसी लागेको बताए । ’नेपालमा एनपिएल हुनु एकदम सुखद समाचार हो । सुदूरपश्चिम जस्तो राम्रो टिमसँग जोडिन पाउँदा हामी निकै खुसी छौं । एनपिएलको सफलतासँगै खेलको विकास अझै होस् भन्ने हाम्रो चाहना हो । प्रतियोगितामा…
Read More
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट

प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट

प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग फिनल्याण्डका विदेश मन्त्रालयका वैदेशिक व्यापार तथा विकासमन्त्री भिल्ले ताभियोले बुधबार शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुईपक्षिय हित र आपसी सम्बन्धका विविध पक्षमा कुराकानी भएको थियो । मन्त्री ताभियोले नेपालको जलविद्युत, फोहोरमैला व्यवस्थापन र पूर्वाधार विकासका क्षेत्रमा सहयोग बढाउन आफूहरु तत्पर रहेको प्रधानमन्त्री ओलीलाई अवगत गराए । प्रधानमन्त्री ओलीले  फिनल्याण्डबाट नेपालको विकासमा हुँदै आएको सहयोगका लागि धन्यवाद दिए । नेपाल र फिनल्याण्डको कूटनीतिक सम्बन्ध स्थापनाको ५० औँ वर्षगाँठका अवसरमा मन्त्री ताभियोको नेपाल भ्रमण भएको हो । भेटका अवसरमा नेपालका लागि फिनल्याण्डका राजदूत ऋना…
Read More
मौसम पूर्वानुमान : तराई र पहाडका केही भूभागमा हुस्सु र कुहिरो लाग्ने

मौसम पूर्वानुमान : तराई र पहाडका केही भूभागमा हुस्सु र कुहिरो लाग्ने

मौसम पूर्वानुमान : तराई र पहाडका केही भूभागमा हुस्सु र कुहिरो लाग्ने काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । तराई भूभागका केही स्थान तथा पहाडी भूभागका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा…
Read More
कर्णाली याक्सबाट खेल्न आइपुगे वाल्टन

कर्णाली याक्सबाट खेल्न आइपुगे वाल्टन

कर्णाली याक्सबाट खेल्न आइपुगे वाल्टन काठमाडौं । कर्णाली याक्समा अनुबन्ध भएका वेष्ट इन्डिजका चादविक एन्टोनिओ किर्कपाट्रिक वाल्टन नेपाल आइपुगेका छन् । मङ्गलबार अन्तर्राष्ट्रिय विमानस्थलमा झरेका उनलाई हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सका मालिक झनक दत्त खनाल, सह मालिक गृहेन्द्र घिमिरे र प्रशिक्षक ज्ञानेन्द्र मल्लले स्वागत गरेका थिए । सन् २०१४ मा अकल्यान्डमा घरेलु टोली न्युजिल्यान्डविरुद्ध डेब्यु गरेको वाल्टनले १९ टी–२०आई खेल खेलेका छन् । जसमा दुई सय २५ रन बनाएका छन् । त्यस्तै, २ टेष्ट र ९ एकदिवसीय खेले खेलेका छन् । ज्ञानेन्द्र मल्ल प्रशिक्षक तथा सोमपाल कामी मार्की रहेको कर्णाली याक्सले चार विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.