सुदूरपश्चिमको आइकोनिक खेलाडीमा वसन्त खत्री छनोट
सुदूरपश्चिमको आइकोनिक खेलाडीमा वसन्त खत्री छनोट काठमाडौं । नेपाल प्रिमियर लिगको लागि फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टबाट आइकोनिक खेलाडीमा अलराउन्डर वसन्त खत्रीलाई छनोट गरेको छ । धनगढी क्रिकेट एकेडेमीको मैदानमा आइतबार संचालन भएको ट्यालेन्ट हन्टबाट वसन्त आइकोनिक खेलाडीको भूमिकामा टोलीमा समावेश भएका हुन् । उनी अब एनपिएल खेल्ने सुदूरपश्चिम रोयल्सको अधिकारिक टोलीमा हुनेछन् । यसबाहेक ट्यालेन्ट हन्टबाट उत्कृष्ट प्रतिभा छनोट गर्दै ७ खेलाडीलाई सुदूरपश्चिम रोयल्स हिरोजको पहिचानका साथ टोलीमा राख्नेछ । आयुब चन्द, अभिषेक पाल, वसन्त सिंह कार्की, भूपेश जोशी, धर्मराज जोशी, सुसिल रावल र टेक रावतले एनपिएल अवधिभर टोलीसँग प्रशिक्षण गर्ने अवसर पाउनेछन् । रोयल्सले पछिल्लो केही दिनदेखि…
