समाचार

आजको मौसमःकेही भूभागमा वर्षाको सम्भावना

आजको मौसमःकेही भूभागमा वर्षाको सम्भावना

आजको मौसमःकेही भूभागमा वर्षाको सम्भावना काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायु तथा पहाडी भूभागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको छ । आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने…
Read More
आज उमेदवारको विरोधमा उजुरी दिन सकिने

आज उमेदवारको विरोधमा उजुरी दिन सकिने

आज उमेदवारको विरोधमा उजुरी दिन सकिने काठमाडौं । स्थानीय तह उप–निर्वाचनअन्तर्गत आज उमेदवारको विरोधमा उजुरी दिन सकिने छ । निर्वाचन कार्यतालिका अनुसार बिहान १० देखि अपराह्न ३ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिन सकिने छ । स्थानीय तह उपनिर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त आठ पदका लागि ८४ जनाको उमेदवारी परेको छ जसमा ३५ महिला, ४८ पुरुष र एक अन्य छन् । कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा दुई महिला र ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुखमा एक पुरुषको उमेदवारी दर्ता भएको छ । गाउँपालिका र नगरपालिकाका वडाध्यक्षको रिक्त ३४ पदका लागि २९ महिला, २९३ पुरुष र एक…
Read More
आइकुको नयाँ फोनहरु नियो १० र १०प्रोः विशेषताहरू

आइकुको नयाँ फोनहरु नियो १० र १०प्रोः विशेषताहरू

आइकुको नयाँ फोनहरु नियो १० र १०प्रोः विशेषताहरू काठमाडौं । आइकुले आफ्नो नयाँ स्मार्टफोनहरू नियो १० र नियो १०प्रो सार्वजनिक गर्ने तयारी गरेको छ । गिकबेन्च लिस्टिङ अनुसार, नियो १० मा स्न्यापड्रागन ८ जेन ३ चिपसेट र नियो १० प्रोमा डाइमेंसिटी १४०० चिपसेट हुनेछ । दुबै फोनमा १६ जीबी र्याम, ६.७८ इन्च ओलेड डिस्प्ले, ६,१०० मिलिएम्पियर ब्याट्री, र १२० वाटको फास्ट चार्जिङ समर्थन हुनेछ । यी दुई नयाँ स्मार्टफोनहरूमा १.५के रिजोलुसन, १४४ हट्र्ज रिफ्रेस रेट, र क्यू२ सुपरकम्प्युटिङ चिप हुनेछ, जसले गेमिङ अनुभवलाई थप उत्कृष्ट बनाउनेछ । क्यामेरा सेटअपमा, आईकु नियो १० मा ५० मेगापिक्सेल र ८ मेगापिक्सेलको डुअल क्यामेरा…
Read More
सरकारले पूर्वसभामुख ढुंगानाको निधनमा आज सार्वजनिक बिदा दिने

सरकारले पूर्वसभामुख ढुंगानाको निधनमा आज सार्वजनिक बिदा दिने

सरकारले पूर्वसभामुख ढुंगानाको निधनमा आज सार्वजनिक बिदा दिने काठमाडौं ।सरकारले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । सोमबार विहान बसेको मन्त्रिपरिषद्को आकस्मिक  बैठकले ढुंगानाको निधनमा राष्ट्रिय शोक मनाउँदै आज सार्वजनिक बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुुरुङले जानकारी दिए । यस्तै उनले आज सरकारी कार्यालयहरुमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय पनि गरेको जानकारी दिए । उनले भने,‘सरकारले प्रतिनिधिसभाका पूर्व सभामुुख दमननाथ ढुंगानाको निधनमा गहिरो शोक र भावपूर्ण श्रद्धाञ्जली  तथा परिवारमा समवेदना व्यक्त गरेको छ ।  आज उहाँको  राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि हुन्छ । उहाँको निधनमा शोक जनाउँन आज मंसिर…
Read More
आजको मौसमःदेशका अधिकांश भूभागको मौसम सफा रहने

आजको मौसमःदेशका अधिकांश भूभागको मौसम सफा रहने

आजको मौसमःदेशका अधिकांश भूभागको मौसम सफा रहने काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायु तथा पहाडी भूभागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । आज राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा…
Read More
राष्ट्रिय परीक्षा बोर्ड अध्यक्षलाई जिम्मेवार बन्न ध्यानाकर्षण

राष्ट्रिय परीक्षा बोर्ड अध्यक्षलाई जिम्मेवार बन्न ध्यानाकर्षण

राष्ट्रिय परीक्षा बोर्ड अध्यक्षलाई जिम्मेवार बन्न ध्यानाकर्षण काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डलाई जिम्मेवार बनाउन अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मालाई ध्यानाकर्षण पत्र बुझाएको छ।खोटाङ केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरस्थित थर्पुडाँडा माध्यमिक विद्यालयका छात्र शिवकुमार राईको उत्तरपुस्तिका निरीक्षकले नियतवस केरमेट गरेर अनुत्तीर्ण गराएको आरोपसहित ती छात्रका आफन्तले बोर्डमा उजुरी दिएको र उजुरीका आधारमा राष्ट्रिय परीक्षा बोर्डले पुनः उत्तरपुस्तिका परीक्षण गरी उत्तीर्ण भएको सूचना सार्वजनिक भए पछि अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीले यस प्रति चासो राखेको हो।अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज धर्मराज तिमिल्सीनाको नेतृत्वको टोलीले परीक्षा नियन्त्रक नन्दलाल पौडेलसंग यस विषयमा छलफल गरेको थियो र परीक्षा नियन्त्रकका अनुसार…
Read More
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सोमबार बस्दैछ । आज बिहान ८ बजे प्रचण्ड निवास खुमलटारमा बैठक बस्न लागेको हो  । आइतबार नै बैठक बस्ने भनिएपनि अध्यक्ष प्रचण्डको कार्यव्यस्तताका कारण स्थगित गरेर सोमबारका लागि सारिएको थियो । बैठकमा केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचन लगायत विषयमा छलफल हुने जनाइएको  छ।
Read More
उपनिर्वाचनमा रास्वपा हेटौंडा–१२ ले आशा बिर बललाई उम्मेद्वार बनाउने

उपनिर्वाचनमा रास्वपा हेटौंडा–१२ ले आशा बिर बललाई उम्मेद्वार बनाउने

उपनिर्वाचनमा रास्वपा हेटौंडा–१२ ले आशा बिर बललाई उम्मेद्वार बनाउने मकवानपुर  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरले हेटौंडा उपमहानगरपालिका वडा नम्बर– १२ को उपनिर्वाचनको उम्मेद्वार टुङ्गाएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर– १२ को वडा अध्यक्षका लागि  मंसिर १६ मा उपनिर्वाचन हुनेछ । आइतबार वडा,नगर र जिल्ला कार्यसमितिको सयुक्त बैठकले आशा बिर बललाई  वडा अध्यक्षको उम्मेदवारमा रास्वपा मकवानपुरले अघि सारेको हो । ‘हेटौंंडा उपमहानगरपालिका वडा नम्बर– १२ मा विभिन्न समाजिक कार्यहरूमा  सहभागिता जनाउँदै आइरहेका बललाई रास्वापाको उमेद्वार  पाएका छाँै, आशा बिर बल सक्षम उमेद्वार हुनुहुुन्छ’ नगर सभापति धुर्वबहादुर विष्टले भने । उक्त रिक्त रहेको पदमा रास्वपाले सर्वाधिक मत ल्याएर वडा अध्यक्ष…
Read More
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दैछ । बैठक संघीय संसद सचिवालय सिंहदरबारस्थित कानून न्याय तथा मानवअधिकार समितिको सभाकक्षमा दिउँसो सवा १२ बजे बस्नेछ । बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
Read More
मौसम पूर्वानुमान : यी स्थानमा वर्षा र हिमपातको सम्भावना

मौसम पूर्वानुमान : यी स्थानमा वर्षा र हिमपातको सम्भावना

मौसम पूर्वानुमान : यी स्थानमा वर्षा र हिमपातको सम्भावना काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ । आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.