समाचार

देशका विभिन्न प्रदेशमा मनसुनी र पश्चिमी वायुको प्रभाव

देशका विभिन्न प्रदेशमा मनसुनी र पश्चिमी वायुको प्रभाव

देशका विभिन्न प्रदेशमा मनसुनी र पश्चिमी वायुको प्रभाव काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा मनसुनी र पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ। कोशी, मधेश, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायु सक्रिय छ। साथै, पूर्वी र मध्य नेपालमा भारतको उत्तर पश्चिम बंगालमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै भागबाट मनसुन बिदा लिन सुरु गरेको छ । हाल, कोशी, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारण बदली देखिनेछ भने बाँकी भूभागमा मौसम सफा…
Read More
हेटौँडा–काठमाडौं जोड्ने सडक आज दिउँसोबाट सञ्चालनमा आउने

हेटौँडा–काठमाडौं जोड्ने सडक आज दिउँसोबाट सञ्चालनमा आउने

हेटौँडा–काठमाडौं जोड्ने सडक आज दिउँसोबाट सञ्चालनमा आउने हेटौँडा । गत ११ र १२ असोजको अविरल वर्षापछि आएको बाढीपहिरोले विभिन्न स्थानमा क्षति पु¥याएपछि अवरुद्ध रहेको हेटौँडा–कुलेखानी–फाखेल–हुमाने हुँदै काठमाडौं जोड्ने सडक आज दिउँसोबाट सञ्चालनमा आउने भएको छ । यस सडकखण्डअन्तर्गत कुलेखानी ड्याममुनि डाइभर्सन निर्माण र महालक्ष्मी खोलाले भत्काएको बाटो मर्मत भएपछि आजबाट सवारीसाधन सञ्चालन हुने भएको हो । यातायात पूर्वाधार निर्देशनालय बागमती प्रदेशका निर्देशक पुष्करप्रसाद पोखरेलले फाखेल सडकखण्डमा भएका अवरोध पन्छाउने क्रम अन्तिम चरणमा रहेकाले आजबाट  सडक सञ्चालन आउने बताए । उनले भने, ‘फाखेल सडक खण्ड आज दिउँसो १ बजेबाट सञ्चालन गर्ने विषयमा छलफल भएको छ। हामीले तत्काल यातायात सञ्चालनका लागि आवश्यक…
Read More
दशैंमा भीडभाड हुने चर्चित शक्तिपीठहरु

दशैंमा भीडभाड हुने चर्चित शक्तिपीठहरु

दशैंमा भीडभाड हुने चर्चित शक्तिपीठहरु काठमाडौं । चाडपर्वको समयमा हिन्दुहरु मन्दिरमा पुगेर दर्शन गर्न र पूजाआजा गर्न अनिवार्य ठान्छन् । धार्मिक स्थलहरूमा पुगेर दर्शन गर्ने अनि घुमेर रमाइलो गर्नेहरू पनि प्रशस्त भेटिन्छन् । विशेषगरी वडादशैंका बेला यस्ता मन्दिरहरुमा झनै भीडभाड बढ्ने गरेको पाइन्छ । नेपालमा यस्ता चर्चित शक्तिपीठहरू छन्, जहाँ विजयादशमीका बेला हर्षोल्लासका साथ पूजाआजा चल्ने गर्छ । पाथिभरा पूर्वी नेपालको चर्चित धार्मिक स्थलहरूमध्ये पाथिभरा देवी मन्दिर पुग्ने धेरैको इच्छा हुन्छ । चाडबाडको फुर्सदको समयमा पाथिभरा पुग्नेहरूको भीड नै लाग्छ । दसैंमा यहाँ भक्तजनहरूको घुइँचो लाग्छ । ताप्लेजुङको सदरमुकाम फुङलिङदेखि १९ किलोमिटर उत्तरपूर्वमा पर्ने मन्दिर अग्लो डाँडामा पर्दछ । ३…
Read More
मध्यपुर थिमि सहकारीको सम्मान, उत्तरदायी संस्थालाई सुधारको मौका दिइने

मध्यपुर थिमि सहकारीको सम्मान, उत्तरदायी संस्थालाई सुधारको मौका दिइने

मध्यपुर थिमि सहकारीको सम्मान, उत्तरदायी संस्थालाई सुधारको मौका दिइने भक्तपुर । मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्थाले थिमि भैलः २०८१ का कलाकार तथा व्यवस्थापन समितिलाई सम्मान गरेको छ । आनुष्ठानिक नाच मध्येको थिमि भैलःलाई जीवन्त राख्ने, प्रवद्र्धन गर्ने र नयाँ पुस्तामा हस्तान्तरण गर्ने क्षेत्रमा ताहाननि टोलको भूमिकालाई मूल्यांकन गरी संस्थाले सम्मान गरेको बताइएको छ । संस्थाको १७ औं वार्षिक साधारणसभामा थिमि भैलः २०८१ व्यवस्थापन समितिका माइला प्रजापति तथा कलाकारहरु क्रमशः तृशल प्रजापति (ज्यापुंगः), अशोक प्रजापति (न्हापा भैलः), बाल मुकुन्द प्रजापति (लिपा भैलः), आयुष प्रजापति (न्हापा दागिं) र शाहील प्रजापति (लिपा दागिं)लाई दोसल्ला ओडाएर कदरपत्रसहित सम्मान गरेको हो । कार्यक्रमलाई…
Read More
आजको मौसम, केही प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

आजको मौसम, केही प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

आजको मौसम, केही प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पूर्वी र मध्य भागमा बंगलादेशको उत्तर भूभाग तथा भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । सोही कारण अहिले देशको पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ । गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानमा भने हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम लगायत अन्य प्रदेशका केही स्थानमा मेघ गर्जनसहित…
Read More
कर्णालीको परिचय अब क्रिकेट ः सांसद गौतम

कर्णालीको परिचय अब क्रिकेट ः सांसद गौतम

कर्णालीको परिचय अब क्रिकेट ः सांसद गौतम काठमाडौं । प्रतिनिधि सभा सांसद सोविता गौतमले कर्णालीको परिचयमा अब क्रिकेट पनि थपिएको जनाएकी छिन् । बिहीबार पहिलो पटक हुन लागेको नेपाल प्रिमियर लिग ९एनपिएल० ले नयाँ अध्याय थपेको र कर्णाली याक्सले कर्णालीको परिचय थप भएको गौतमले बताइन् । ‘नेपाल प्रिमियर लिगले नेपाली क्रिकेटको इतिहासमा नयाँ अध्याय थप्दैछ । यो सुरूवातका लागि नेपाल क्रिकेट संघलाई हार्दिक धन्यबाद तथा बधाई,’ उनले भनिन् । काठमाडौं २ क्षेत्रबाट सांसदमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० गौतमले सामाजिक संञ्जालमा लेखेकी छिन्, ‘अनुपम प्राकृतिक सौन्दर्य, संस्कृती, भेषभुषा, जडिबुटी, अर्गानिक उत्पादनसँगै कर्णालीको परिचयमा अब क्रिकेट पनि थपिनेछ ।’ एनपिएल आगामी…
Read More
नवरात्रको दोस्रो दिन ः ब्रह्मचारिणी देवीको पूजा गरिँदै

नवरात्रको दोस्रो दिन ः ब्रह्मचारिणी देवीको पूजा गरिँदै

नवरात्रको दोस्रो दिन ः ब्रह्मचारिणी देवीको पूजा गरिँदै काठमाडौं । नवरात्रको दोस्रो दिन आज दशैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । नवरात्रको पहिलो दिन बिहीबार दशैंघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो ।  दोस्रो दिन आज पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिँदै छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य…
Read More
एनआरएनए एनसीसी मलेसियाले सिस्नेरी पहिरोमा निधन भएका खेलाडीहरुको परिवारलाई जनही एक लाख सहयोग गर्ने

एनआरएनए एनसीसी मलेसियाले सिस्नेरी पहिरोमा निधन भएका खेलाडीहरुको परिवारलाई जनही एक लाख सहयोग गर्ने

एनआरएनए एनसीसी मलेसियाले सिस्नेरी पहिरोमा निधन भएका खेलाडीहरुको परिवारलाई जनही एक लाख सहयोग गर्ने काठमाडौं । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद ९एनसीसी० मलेसियाले हालै आएको पहिरो परेर निधन भएका एन्फा यु १३ का खेलाडीका परिवारलाई सहयोग गर्ने भएको छ । एनसीसी मलेसियाले युवा खेलाडीका परिवारलाई जनही १ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको कोषाध्यक्ष बालध्वज लिम्बूले जानकारी दिए । एन्फा उपाध्यक्ष दावा लामासँगको समन्वयमा मृतक खेलाडीका परिवारलाई सहयोग रकम हस्तान्तरण गर्नका लागि आफूहरु चाँडै नेपाल आउने बताए । सिस्नेरी पहिरोमा परेर एन्फा एकेडेमीका ६ जना खेलाडीको निधन भएको थियो ।  शनिबार इन्द्रसरोवर गाउँपालिका– ३ टेकरमा सिस्नेरी खोलामा आएको…
Read More
वस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययनको व्यवस्था मिलाउनुपर्छ ः प्रचण्ड

वस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययनको व्यवस्था मिलाउनुपर्छ ः प्रचण्ड

वस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययनको व्यवस्था मिलाउनुपर्छ ः प्रचण्ड काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वस्ती विकास र पूर्वाधार निर्माण गर्नुअघि भौगर्भिक अध्ययन गर्ने व्यवस्था मिलाउनुपर्ने बताएका छन् । माओवादी केन्द्रको प्राकृतिक प्रकोप तथा विपत व्यवस्थापन विभागले विज्ञहरूको टोलीसहित विपत् प्रभावित क्षेत्रको स्थलगत अध्ययनपछि तयार पारेको प्रतिवेदन बुझ्दै उनले आफूले पहिलोपटक प्रधानमन्त्री भएदेखि व्यवस्थित वस्ती विकास र पूर्वाधार निर्माणमा जोड दिंदै आएको बताए । अहिले पहाडी क्षेत्रमा पहिरो र तराई तथा सहरी क्षेत्रमा बाढी डुबानको सबैभन्दा बढी जोखिम अव्यवस्थित वस्ती र पूर्वाधारकै कारण देखिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले बाढी, पहिरो, डुबान, भूकम्पलगायत सबैखाले विपतबाट बच्न…
Read More
पूर्व राजा शाहले दशैंमा सर्वसाधारणलाई टीका लगाइदिने

पूर्व राजा शाहले दशैंमा सर्वसाधारणलाई टीका लगाइदिने

पूर्व राजा शाहले दशैंमा सर्वसाधारणलाई टीका लगाइदिने काठमाडौं ।  पूर्व राजा ज्ञानेन्द्र शाहले विजया दशमीका दिन निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । पूर्व राजा शाह र पूर्वा रानी कोमल शाहले विजय दशमीका दिन अपराह्न ४ बजे शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने संवाद सचिवालयले जानकारी दिएको छ । पूर्व राजा शाह हाल भुटान भ्रमणमा रहेका छन् । उनी आइतबार स्वदेश फर्किने छन् । ०००
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.