समाचार

आज र भोलि रात्रिबस चलाउन नपाइने

आज र भोलि रात्रिबस चलाउन नपाइने

आज र भोलि रात्रिबस चलाउन नपाइने काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि राति रात्रिबस चलाउन नपाइने भएको छ । विपदका घटना बढ्न सक्ने भन्दै मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टले रातको समयमा असोज ११ र १२ गते रात्रिकालीन बस चलाउन नपाइने निर्णय गरेको हो । बिहीबारदेखि आइतबारसम्म चार दिन भारीदेखि अति भारी मनसुनी वर्षा हुने मौसम विभागले जनाएको छ । बंगालको खाडी र अरब सागरतिरबाट उच्च जलवाष्पयुक्त वायु नेपाल सोझिएकाले भारी वर्षा प्रक्षेपण गरिएको हो । प्राधिकरणले धान नकाट्ने, काटिसकेको भए तत्काल थन्काउने, तराई तथा मधेस क्षेत्रमा भुइँतालमा अन्नपात नराख्ने, पहिरो जोखिम भएका स्थानमा…
Read More
शान्ति, दिगो विकास र मानव मर्यादाको उन्नतिका लागि एकजुट हुन विश्व समुदायलाई प्रधानमन्त्रीको आह्वान

शान्ति, दिगो विकास र मानव मर्यादाको उन्नतिका लागि एकजुट हुन विश्व समुदायलाई प्रधानमन्त्रीको आह्वान

शान्ति, दिगो विकास र मानव मर्यादाको उन्नतिका लागि एकजुट हुन विश्व समुदायलाई प्रधानमन्त्रीको आह्वान काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रसंघीय शान्ति अभियानमा आफ्नो योगदान थप गर्न तयार रहेको बताएका छन् । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कसैलाई पनि पछाडि नपारी वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको उन्नतिका लागि एकजुट हुन विश्व समुदायलाई आह्वान गरेका हुन् । सशस्त्र द्वन्द्वपछि नेपालको शान्ति स्थापनाका प्रयासका आरोह अवरोहको व्याख्या गर्दै प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई संसदबाट हालै पारित गराएको महासभालाई अवगत गराए । उनले भने, ‘दुई ठूला राजनीतिक…
Read More
प्रतिकुल मौसमले हवाई उडान प्रभावित 

प्रतिकुल मौसमले हवाई उडान प्रभावित 

प्रतिकुल मौसमले हवाई उडान प्रभावित  काठमाडौं । प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको हो । काठमाडौँ विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) उडान भइरहे पनि काठमाडौं बाहिरका विराटनगर, सिमरालगायत गन्तव्यको उडान प्रभावित भएका छन् । खराब मौसम तथा कम भिजिविलिटीका कारण आजका उडानहरु प्रभावित भएका बुद्ध एअरले जनाएको छ । पश्चिममा धनगढी, नेपालगञ्ज तथा भैरहवा तथा पूर्वमा सिमरा र जनकपुरका उडानहरु सुचारु रहेपनि अन्य गन्तव्यहरुमा उडान हुन नसकेको कम्पनीले जनाएको छ । विमानस्थल प्रशासनका अनुसार ‘इनरुट वेदर’ बिग्रिएकाले केही विमानसथलमा हवाई सुचारु रहेपनि माउनटेन फ्लाइटहरु रद्द…
Read More
प्रधानमन्त्री ओली अमेरिकी राष्ट्रपति बाइडेनद्वारा आयोजित स्वागत समारोहमा सहभागी

प्रधानमन्त्री ओली अमेरिकी राष्ट्रपति बाइडेनद्वारा आयोजित स्वागत समारोहमा सहभागी

प्रधानमन्त्री ओली अमेरिकी राष्ट्रपति बाइडेनद्वारा आयोजित स्वागत समारोहमा सहभागी कठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा आयोजित स्वागत समारोहमा सहभागी भएका छन् । संयुक्त राष्ट्र संघको ७९ औँ महासभाका क्रममा राष्ट्रपतिले आयोजना गरेको समारोहमा प्रधानमन्त्री ओली, प्रथम महिला राधिका समेत सहभागी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले ओलीले बिहीबार राति महासभालाई सम्बोधन गरेका थिए ।
Read More
देशभर मनसुनी वायुको प्रभाव ः यी स्थानमा हुनेछ मुलधारे वर्षा

देशभर मनसुनी वायुको प्रभाव ः यी स्थानमा हुनेछ मुलधारे वर्षा

देशभर मनसुनी वायुको प्रभाव ः यी स्थानमा हुनेछ मुलधारे वर्षा काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै नेपालमा उत्तरी मध्य महाराष्ट्रमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ । हाल देशभर साधारणतया बदली देखि पूर्णतया बदली भइरहेको छ। कोशी प्रदेशका केही स्थान र बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भैरहेको छ ।  आज दिउँसो देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन–चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको…
Read More
‘गलत सूचना अभिव्यक्ति स्वतन्त्रताका लागि गम्भीर चुनौती’

‘गलत सूचना अभिव्यक्ति स्वतन्त्रताका लागि गम्भीर चुनौती’

‘गलत सूचना अभिव्यक्ति स्वतन्त्रताका लागि गम्भीर चुनौती’ काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले यो मिडिया शिखर सम्मेलनले दुई देशका सञ्चारकर्मीहरुलाई ज्ञान आदानप्रदानको अवसर दिएको बताएका छन् ।बिहीबार काठमाडौंमा आयोजित तेस्रो चीन–नेपाल मिडिया शिखर सम्मेलनमा उनले दुई देशको सम्बन्ध पूर्वाधार र प्रविधिको क्षेत्रमा सहकार्यदेखि संस्कृती, शिक्षा आदान प्रदानसम्म फैलिएको भन्दै यो सम्मेलनले सम्बन्ध विस्तारमा थप सहयोग गर्ने बताएका हुन् ।उनले भने, ‘पूर्वाधार र प्रविधिको क्षेत्रमा सहकार्यदेखि संस्कृती र शिक्षा आदान प्रदानसम्म हाम्रो सम्बन्ध फैलिएको छ । दुई देशबीचको सम्बन्धलाई थप उचाईमा पु¥याउन समय समयमा दुई देशका उच्च स्तरिय भ्रमणहरु भईरहेको छ । आगामी दिनमा पनि यो शिलशिला…
Read More
जलवायु परिवर्तनको असर कम गर्न नेपाललाई सघाउन मन्त्री पौडेलको आग्रह

जलवायु परिवर्तनको असर कम गर्न नेपाललाई सघाउन मन्त्री पौडेलको आग्रह

जलवायु परिवर्तनको असर कम गर्न नेपाललाई सघाउन मन्त्री पौडेलको आग्रह जकार्ता । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपाल जलवायु परिवर्तनको प्रभावबाट अत्यधिक प्रभावित भएको भन्दै यसका असर न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय समुदायले सघाउनुपर्ने बताएका छन् । जलवायु परिवर्तनमा नेपालको योगदान कम भए पनि यसका कारण नेपाली नागरिक प्रभावित भएको भन्दै उनले जलवायु परिवर्तनका प्रतिकूल असरहरूलाई न्यूनीकरण गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा वकालत गर्दै आएको स्मरण गरे । इन्डोनेसियाको जकार्तामा आयोजित एसिया प्रसान्त क्षेत्रीय पाँचौं मन्त्रीस्तरीय बैठकमा बोल्दै उनले एक संसद सदस्यको हैसियतमा मैले नीतिगत तहबाट जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न नेपालमा जलवायु संसद गठन गर्न सधैं वकालत गर्दै आएको थिएँ…
Read More
ललितपुरमा एकसय ६ वर्ष पुरानो डेनिस दमकल सञ्चालनमा

ललितपुरमा एकसय ६ वर्ष पुरानो डेनिस दमकल सञ्चालनमा

ललितपुरमा एकसय ६ वर्ष पुरानो डेनिस दमकल सञ्चालनमा काठमाडौँ । ललितपुर महानगरपालिकाले एक सय ६ वर्ष पुरानो डेनिस दमकल सञ्चालनमा ल्याइएको छ ।महानगर क्षेत्रमा हुनसक्ने आगलागीको सम्भावित जोखिममा परिचालन गर्नका लागि महानगरपालिकाले एक सय ६ वर्ष पुरानो डेनिस दमकल मर्मत गरेर सञ्चालनमा ल्याएको हो।शुक्रबार सोही पुरानो दमकलका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा ललितपुरका मेयर चिरीबाबु महर्जनले विगत ४२ वर्ष देखि यसको पार्टस नपाएको कारणले यो दमकल थन्काएर राखेको अवस्था रहेकोमा अमेरिकाबाट पार्टहरु मगाएर मर्मत गरी सञ्चालनमा ल्याएको जानकारी दिए ।उनले भने,‘विगत ४२ वर्षदेखि यसको पार्टस नपाएको कारणले दमकल चलेको थिएन । रोक्की राखेको थियो । ७३–७४ सालमा दमकल लिलामीमा…
Read More
श्रमाधान रोजगार मेला’ ललितपुरमा आजदेखि

श्रमाधान रोजगार मेला’ ललितपुरमा आजदेखि

श्रमाधान रोजगार मेला’ ललितपुरमा आजदेखि काठमाडौं । ललितपुरमा आजबाट ‘श्रमाधान रोजगार मेला’ सुरु हुँदैछ । पाटन बहुमुखी क्याम्पसमा हुने मेलाको उद्घाटन मंगलबार बिहान शिक्षा तथा विज्ञान प्रविधि मन्त्री सुमना श्रेष्ठले गर्ने कार्यक्रम छ । मेलाको संयोजन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, नेपाल तालिम तथा रोजगार व्यवसायी, होटल एसोसियसन नेपाल (हान), नेपाल घरेलु तथा साना उद्योग महासंघ लगायतले गर्नेछन्। बुधबार सम्पन्न हुने मेलामा ८० निजी तथा सरकारी क्षेत्रका रोजगार कक्ष राखिने छन् । सातै प्रदेशमा सञ्चालन गरिएको मेलाको उद्घाटन यही जेठ १७ गते कोशी प्रदेशको विराटनगरबाट प्रधानमत्री पुष्पकमल दाहालले सुरु गरेका थिए । यस्तै, गण्डकीको…
Read More
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लिए सपथ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लिए सपथ

काठमाडौं । नरेन्द्र मोदीले तेस्रो पटक भारतीय प्रधानमन्त्रीको सपथ लिएका छन् । मोदीले राष्ट्रपति द्रौपदी मुर्मु समक्ष प्रधानमन्त्रीका रुपमा तेस्रो कार्यकालका लागि पद तथा गोपनीयताको सपथ लिएका हुन् । राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानमन्त्री मोदीसहित गठबन्धन सरकारका ७२ मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथ दिलाउँदै छिन। सपथ लिएकामध्ये ३० जना क्याबिनेट मन्त्री, ५ जना स्वतन्त्र प्रभार र ३६ राज्यमन्त्री रहेका छन् । विभागहरू पछि घोषणा गरिनेछ । प्रधानमन्त्रीको सपथ ग्रहण समारोहमा सहभागी हुन धेरै देशका सरकार प्रमुखहरु पनि  भारत आएका छन् । राष्ट्रपति मुर्मुको सरकारी निवासमा आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालसमेत सहभागी छन् ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.