बरु बाघ भालु लैजानुहोस्, चिडियाखाना कुनै हालमा सार्न दिँदैनौं ः नगरप्रमुख महर्जन
बरु बाघ भालु लैजानुहोस्, चिडियाखाना कुनै हालमा सार्न दिँदैनौं ः नगरप्रमुख महर्जन काठमाडौं । ललितपुर महानगरपािलकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुरको जावलाखेलमा रहेको नेपालको एक मात्र अन्तराष्ट्रिय स्तरको सदर चिडियाखाना भक्तपुरको सूर्यविनायकमा सार्न नदिने प्रष्ट पारेका छन् ।बुधबार वातावरण दिवसको अवसर पारेर ललितपुरको जावालाखेलमा राष्ट्रिय प्रकृतिक संरक्षण कोषले आयोजना गरेको कार्यक्रममा नगरप्रमुख महर्जनले महानगरले चिडियाखानाको विकासमा सहकार्य गर्दै आएको र थप गर्ने बताए ।यस्तै, उनले चिडियाखाना भित्र रहेको पोखरीमा पानीको मुहान सुकेको प्रति चिन्ता व्यक्त गरे । उक्त पोखरीको संरक्षण गर्न टिकाभैरवबाट पानी ल्याएर पोखरीमा पानी हाल्ने महानगरको योजना टेण्डर प्रकृयामा पुगेको जानकारी गराउँदै उनले उनले भने, ‘हामीले टेण्डर गरिसकेका छौं…
