समाचार

जसपा नेपालले तोक्यो केन्द्रीय समिति निर्वाचन मिति

जसपा नेपालले तोक्यो केन्द्रीय समिति निर्वाचन मिति

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको निर्वाचन मिति तय गरेको छ । जसपाले आगामी जेठ ३० गते निर्वाचन गर्न लागेको हो । बुधबार निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै जसपा नेपालले राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय समितिको निर्वाचन कार्यतालिका तयार पारेको जानकारी दिएको हो । केन्द्रीय निर्वाचन तदर्थ समितिको कार्यतालिकाअनुसार जेठ २८ गते दिनको १ बजे मतदाताको नामावली प्रकाशित हुनेछ । जेठ २९ गते बिहान १० बजेदेखि १२ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने सोही दिन १२ बजेदेखि २ बजेसम्म मनोनयपत्र माथि पर्ने दाबी विरोध दर्ता गर्ने र जाँचबुझ गरी त्यसैदिन ४ बजेसम्म निर्णय गरिसक्ने जसपाले जनाएको छ ।…
Read More
व्यवसाय गर्ने व्यक्ति र समाचार लेख्ने श्रमजीवी पत्रकार एकै होइनन् ः रास्वपा

व्यवसाय गर्ने व्यक्ति र समाचार लेख्ने श्रमजीवी पत्रकार एकै होइनन् ः रास्वपा

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउबारे राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन नभएको स्पष्ट पारेको छ । बुधबार दिउसो एक विज्ञप्ति जारी गर्दै पक्राउ परेको घटनाको अपव्याख्याले प्रेसलाई स्वतन्त्र होइन अनुचित लेनदेनको दासी सञ्जाल बनाउँने रास्वपाको तर्क छ । महामन्त्री तथा प्रवक्ता डा.मुकुल ढकालको हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,‘धनुषा जिल्ला अदालतको अनुमति लिएर किर्ते नागरिकताको गम्भीर अभियोगबारे अनुसन्धान गर्न प्रहरीले हिजो व्यवसायी कैलाश सिरोहियालाई पक्राउ गरिएको तथ्य हाम्रो जानकारीमा आएको छ । नागरिकको आत्मसम्मान र खुला लोकतान्त्रिक समाजका सम्पूर्ण हक(अधिकारको उपयोगमा आँच नपुग्ने गरी विधिको शासन अनुरूप कदम चाल्न नेपाल सरकार…
Read More
राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक फिर्ता, एक मतको अपमान

राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक फिर्ता, एक मतको अपमान

राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक फिर्ता, एक मतको अपमान काठमाडौं । सरकारले प्रतिनिधि सभाबाट राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक फिर्ता लिएको छ । मंगलबार निर्धारित समयभन्दा ढिलो सुरु भएको प्रतिनिधि सभा बैठकमा वेल घेरेर प्रमुख प्रतिपक्षी दल नारा लगाईरहेको थियो । त्यही समयमा सरकारले विधेयक फिर्ता लिएको हो । सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक २०८० सभामा पेश गर्न समय दिए । त्यसपछि मर्यादापालकको सुरक्षा घेरामा उभिएर गृहमन्त्री लामिछानेले सो विधेयक पेश गरे । त्यसपछि सभामुखले विधेयक फिर्ता लिने प्रस्तावमा कसैको विरोधको सूचना नपरेको उल्लेख गर्दै बहुमतले विधेयक फिर्ता लिन समर्थन गरेको…
Read More
सहकारी ठगीसम्बन्धी संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक सुरु

सहकारी ठगीसम्बन्धी संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक सुरु

सहकारी ठगीसम्बन्धी संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक सुरु काठमाडौं । सहकारीको बचत अपचलनसम्बन्धी संसदीय छानबिन समिति गठन गर्ने विषयमा छलफल गर्न गठित कार्यदलको बैठक सुरू भएको छ । सिंहदरबारस्थित कानून मन्त्रालयमा बसेको बैठकमा कानूनमन्त्री पदम गिरी, कांग्रेस सहमहामन्त्री जीवन परियार र नेता ज्ञानेन्द्रबहादुर कार्की, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सहभागी छन् । सोमबार नै कार्यदलको बैठक बसेर छलफल गर्ने तयारी भएपनि बैठक बस्न सकेको थिएन । मंगलबार बिहान फेरि बैठक बोलाइएका कारण आफूहरु छलफलमा सहभागी भएको र पुरानै अडान कायम रहेको कांग्रेस सहमहामन्त्री परियारले बताए । ‘हिजै बस्ने भनिएको थियो । तर…
Read More
प्रतिनिधि सभा बैठक स्थगित

प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा उपपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएपछि सभामुख देवराज घिमिरेले अन्य सबै पूर्वनिर्धारित कार्यक्रम कार्यसूचीबाट हटाइएको बताए । कार्यसूचीका सबै कार्यक्रम हटाएर बैठक स्थगत भएको घोषणा उनले गरेका हुन् ।  यसअघि लगातार सदन अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आइतबार शान्त थियो । 
Read More
सिडिओहरुलाई प्रतिवेदन बुझाएर मात्रै रमाना लिन निर्देशन

सिडिओहरुलाई प्रतिवेदन बुझाएर मात्रै रमाना लिन निर्देशन

काठमाडौं । गृहसचिव एकनारायण अर्यालले सरुवा भई जाने प्रमुख जिल्ला अधिकारी(प्रजिअ)लाई आफू कार्यरत रहँदासम्मको जिल्लाको समग्र प्रतिवेदन बुझाएर मात्रै जान निर्देशन दिएका छन् ।गृहसचिव अर्यालले जिल्लाको समग्र वस्तुस्थिति, शान्ति सुरक्षाको अवस्था एवं सुधार गर्नुपर्ने विषयहरू समेत समावेश गरी प्रतिवेदन तयार गरेर नयाँ आउने प्रमुख जिल्ला अधिकारीलाई बुझाउने र गृह मन्त्रालयमा पठाउने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।‘अन्य कर्मचारीहरूको हकमा प्रमुख जिल्ला अधिकारीले सम्बन्धित शाखा÷फाँटको कामको अद्यावधिक विवरण लिएर मात्र रमाना दिने प्रबन्ध मिलाउने,’ गृहसचिवस्तरीय निर्णयमा भनिएको छ । मुलुकको शान्ति सुरक्षाको जिम्मेवारी बोकेको गृहमा रेकर्ड सिस्टम कायम गर्न र थप व्यवस्थित तथा मजबुत बनाउन प्रतिवेदन अनिवार्य गरिएको गृह सचिव अर्यालको…
Read More
एकै परिवारका ४ सदस्यको ललितपुर आगलागीमा मृत्यु

एकै परिवारका ४ सदस्यको ललितपुर आगलागीमा मृत्यु

ललितपुर महानगरपालिका-१७ बाफलस्थित टहरामा भएको आगलागीमा परी घाइते भएका सञ्जय गिरीको पनि मृत्यु भएको छ। वैशाख २३ गतेको उक्त आगलागीमा एकै परिवारका पाँच जना घाइते भएका थिए। किष्ट अस्पतालमा उपचाररत सञ्जय गिरीको शनिबार मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख नरेशराज सुवेदीले जानकारी दिए। यससँगै उक्त आगलागीमा मृतकको संख्या चार पुगेको छ। गिरीकी श्रीमती रूपा र दुई छोरीहरू ८ वर्षीया अलिसा र ४ वर्षीया प्रियाको पनि उपचारकै क्रममा अघि नै मृत्यु भइसकेको थियो। उनीहरूको भतिज नित गिरी भने सामान्य घाइते रहेका छन् र उनको पनि किष्ट अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले मोबाइल खन्याउने क्रममा लाइटर बालेपछि आगलागी भएको जनाएको छ।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.